Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बारागढी गाउँपालिका : अधिकृतको विवाद नसुल्झिदा शिक्षक कर्मचारीहरुले तलब पाएनन्

‘साढेको जुधाई बाछाको मिचाई’ भन्ने उखान चरितार्थ

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १, २०७८
बारागढी गाउँपालिका : अधिकृतको विवाद नसुल्झिदा शिक्षक कर्मचारीहरुले तलब पाएनन्

हरिशंकर शर्मा
बारागढी (बारा), १ चैत । बाराको बारागढी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवाद नसुल्झिदा शिक्षक कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । पालिका अन्तर्गत कार्यरत शिक्षक कर्मचारीहरुले समेत तलब नपाउँदा मर्कामा परेका छन् । तराईबासीको ठूलो पर्वको रुपमा रहेको होली पर्वको बेला शिक्षकहरुको तलब निकाशा नहुँदा मर्कमा परेको शिक्षकहरुले गुनासो पोखेका छन् ।
विगत दुई महिनादेखि प्रमुख प्रशाकीय अधिकृतको विवाददलाई लिएर पालिकाको कामकाज प्रभावित छ । यही २०७८ साल माघ ७ गते प्रमुख प्रशासकीय अधिकृत वकिल पाल हाजिर भएपछि विवाद उत्पन्न भएको थियो । तीन वर्षदेखि पालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हाल्दै आएको आमोद चौधरीको ठाउँमा अन्य अधिकृत हाजिर भएपछि त्यही दिनदेखि नेपाली काँग्रेस र संघीय समाजवादी फोरम पार्टीबीच विवाद उत्पन्न भएको थियो । नयाँ अधिकृत हाजिर भएपनि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत आमोद चौधरी नै चाहिन्छ भनेर नेपाली काँग्रेस पार्टी समर्थकहरुले पालिकामा विरोध प्रदर्शन गरेका थिए भने त्यसको दुई दिनपछि माघ १० गते सरुवा भएर आएका नयाँ अधिकृत नै चाहिन्छ भनेर संघीय समाजवादी पार्टीका समर्थकहरुले विरोध प्रदर्शन गरेका थिए ।
समग्रमा भन्नुपर्दा पालिकाका अध्यक्ष देवदत्त बछार नेपाली काँग्रेस पार्टीबाट निर्वाचित प्रतिनिधि हुन भने उपाध्यक्ष लक्ष्मी देवी राय संघीय समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् । अध्यक्ष र उपाध्यक्षको लडाईमा पालिका अन्तर्गत काम गर्ने कर्मचारीहरु पीडित बनेका छन् । नेपालीमा एउटा उखान छ ‘साढेको जुधाई बाछाको मिचाई’ भने जस्तै पालिकामा कार्यरत शिक्षक कर्मचारीहरु चेपुवामा परेका छन् । अध्यक्षले पहिलाकै अधिकृत चाहिन्छ भनेर अडान राखेका छन् भने उपाध्यक्षले नयाँ अधिकृत चाहिन्छ भनेर अडान राखेका छन् ।
यसरी अध्यक्ष उपाध्यक्षबीचको कुरा नमिलेपछि हालसम्म दुबै पक्षमध्ये कुनै पक्षका समर्थक अधिकृत पालिकामा हाजिर हुन सकेको छैन । जसले गर्दा पालिकाको कामकाज प्रभावित बनेको छ । पालिकामा कार्यरत सूचना अधिकृत महेश ठाकुरलाई निमित्त कार्यालय प्रमुखको जिम्मेवारी दिइएपनि आर्थिक कारोबार भने पुरै ठप्प छ । सामाजिक सुरक्षा भत्ता लगायत अन्य पालिकाका कामकाजहरु भइरहेको छ भने आर्थिक लेनदेनको सम्पूर्ण कामकाज ठप्प रहेको छ । शिक्षक कर्मचारीहरुले विगत दुई तीन महिनादेखि तलब पाएका छैनन् ।
त्यसमा पनि चाँड पर्वको बेला पनि तलब नपाएपछि मन दुःखित भएको शिक्षक भाग्वत साहले बताए । उनका अनुसार होली पर्वको बेला घर परिवारमा पैसा चाहिने भएकोले तलब माग गर्दा पालिकाले अधिकृतको सरुवा भएको कारण तलब दिन समस्या भएको बताएपछि रित्तै हात फर्किनु परेको बताए । चाँडपर्वको बेला एक अर्कासँग खुशी साटासाट गर्नु पर्ने बेलामा तलब नपाएर चाँड पर्व नै खल्लो हुने हो कि चिन्ताले सताएको बताए ।
यसबारे बुझ्नका लागि अध्यक्ष देवदत्त बछारलाई पटक पटक फोन गर्दा पनि फोट उठ्न सकेन् । यसैगरि उपाध्यक्ष लक्ष्मी देवी रायलाई पनि सम्पर्क गर्दा फोन उठेन । यसरी करिब दुई महिनादेखि जनप्रतिनिधिहरुको कारण पालिकाको कामकाज प्रभावित रहेपनि कोही कसैलाई कुनै वास्ता छैन । आफ्नो निहीत स्वार्थको लागि जनप्रतिनिधिहरुले प्रमुख प्रशासकीय अधिृकतको विषयलाई लिएर विवाद गर्दै आएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि