Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कमिशनको कारण वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्तिम अभाव, सर्वसाधारण मर्कामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन २३, २०७८
कमिशनको कारण वीरगन्जमा पेट्रोलियम पदार्थको कृत्तिम अभाव, सर्वसाधारण मर्कामा

वीरगन्ज । इन्धन विक्रेताहरुले कमिशनमा कमि भएको भन्दै इन्धन नउठाएको कारण वीरगन्जमा पेट्रोलको कृत्तिम अभाव सृजना भएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेसँगै इन्धन विक्रेता डिलरवालाहरुले कमिशन नबढाएको भन्दै अमलेखगन्ज स्थित डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी कार्य रोकेपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव सृजना भएको हो ।


यही हप्ता नेपाल आयल निगम कर्पोरेशन लिमिटेडले पेट्रोलियम पदार्थमा घाटा लागेको भन्दै मुल्य वृद्धि गरेसँगै विक्रेताहरुले पनि आफ्नो कमिशन बढाउनुपर्ने माग राख्दै इन्धन नल्याएपछि बारा, पर्सामा पेट्रोलियम पदार्थको कृत्तिम अभाव सृजना भएको छ । जसको कारण वीरगन्जका अधिकाँश पेट्रोल पम्पहरु बन्द रहेका छन् । आइतबार विहानैदेखि वीरगन्ज स्थितका पेट्रोल पम्पहरुले आफ्नो आयल स्टोर अगाडि ‘पेट्रोल छैन’ भनेर बोर्ड झुण्ड्याई सकेका छन् ।
वीरगन्ज नेश्नल ट्रेडिङ्ग स्थित श्री आयल डिस्ट्रिव्युटर्स, बाइपास रोडमा रहेको दिनबन्धु आयल स्टोर, शुभलाभ आयाल स्टोर लगायत वीरगन्जका सम्पूर्ण आयल स्टोरहरु अहिले पेट्रोल छैन भनेर बोर्ड झुण्ड्याई सकेका छन् । पेट्रोल नपाएर सर्वसाधारणहरु मर्कामा परेका छन् । वीरगन्जको पावरहाउस चोक स्थिट केडिया आयल स्टोरमा मात्रै पेट्रोल वितरण गरिएको कारण त्यहाँ सयौंको संख्यामा सर्वसाधारणहरुको भीड लागेको छ । पेट्रोलियम पदार्थ ढुवानी व्यवसायीहरुको निहित स्वार्थले गर्दा कृत्तिम अभाव सृजना भएपछि सर्वसाधारणहरु मर्कामा परेका छन् ।
पेट्रोलको लागि पुरै वीरगन्ज बजार घुमेपनि कुनैपनि आयल स्टोर खुल्ला नभएको कारण घरजान पनि समस्या परेको बताए । दिन प्रतिदिन पेट्रोलको मूल्य बढ्दा पनि सजिलै तरिकाले पेट्रोल नपाएको कारण सवारीसाधन कसरी चलाउने भन्ने चिन्ताले सताएको बताए । वीरगन्ज बजारको अधिकाँश पेट्रोल पम्पमा जाँदा विभिन्न बहाना बनाई पेट्रोल उपलब्ध नभएको भन्दै फर्काउने गरेको सर्वसाधारणहरुको भनाई छ ।
यता पेट्रोलियम पदार्थको कृत्तिम अभाव नेपाल आयल निगम क्षेत्रीय कार्यालय वीरगन्जका प्रमुख इ. मनोज कुमारले बारा, पर्साका पेट्रोलियम ढुवानी व्यवसायीले कमिशन घटाएको कारण इन्धन नल्याएको कारण बारा, पर्साका केही स्थानमा पेट्रोलियम पदार्थको अभाव सृजना भएको बताए । उनका अनुसार शुक्रबार केही ट्याँकरहरुले मात्रै अमलेखगन्जमा गएर इन्धन लोड गरेकोले केही सीमित पेट्रोल पम्पहरुमा इन्धन पाइरहेको भन्दै जसले कमिशनको कारण इन्धन नउठाएकोले उनीहरुको आयल स्टोरमा पेट्रोल अभाव देखिएको बताए ।
ढुवानी व्यवसायीहरुले इन्धन उठाउँदा उनीहरुलाई नेपाल आयल निगमले कमिशन दिने गरेको छ, आयल निगमले इन्धनको मूल्य वृद्धि गरेसँगै अचानक कमिशनमा कमि भयो भन्दै इन्धन विक्रेताहरुले पेट्रोल डिजल नउठाएको कारण यस्तो समस्या देखिएको हो, तर अब माग अनुसारको इन्धनको लागि अमलेखगन्ज स्थित डिपोमा पठाएका छौं, साँझदेखि सहज रुपमा इन्धन पाउने बताए । इन्धन विक्रेताहरुको कमिशनको विषयमा छलफलको लागि १५ दिनको समय दिइएको भन्दै तत्कालको लागि इन्धन ल्याएर विक्री गर्न विक्रेताहरुलाई भनि सकिएकोले अब इन्धन अभावको समस्या न्यूनीकरण हुने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि