Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कालिकामाईकाे बजेट खर्चमा कैफियतै कैफियतः २४ करोड बेरुजु, एक वर्षमै ४ करोड ६० लाख

महालेखापरीक्षकको कार्यालय, प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, मधेश प्रदेशले २०८३ वैशाख ३० गते तयार पारेको प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्म गाउँपालिकाको नाममा २० करोड २४ लाख १० हजार रुपैयाँ बेरुजु कायम थियो । त्यसमध्ये चालु परीक्षण अवधिमा ८५ लाख ३५ हजार रुपैयाँ फछ्र्यौट भएको देखिएको छ । तर आर्थिक वर्ष २०८१/८२ मा थप ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएपछि कुल अद्यावधिक बेरुजु २४ करोड १० हजार रुपैयाँ पुगेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८३
कालिकामाईकाे बजेट खर्चमा कैफियतै कैफियतः २४ करोड बेरुजु, एक वर्षमै ४ करोड ६० लाख

वीरगंज (पर्सा), ११ मंसिर । पर्साको कालिकामाई गाउँपालिकामा बेरुजुको आकार करिब २४ करोड रुपैयाँ पुगेको छ । महालेखापरीक्षकको कार्यालयले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण परीक्षण गरी तयार पारेको लेखापरीक्षण प्रतिवेदनमा गाउँपालिकाको अद्यावधिक बेरुजु २४ करोड १० हजार रुपैयाँ बाँकी रहेको उल्लेख गरेको छ । सार्वजनिक स्रोतबाट सञ्चालन हुने स्थानीय सरकारको वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहितामाथि यसले गम्भीर प्रश्न उठाएको छ ।

महालेखापरीक्षकको कार्यालय, प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, मधेश प्रदेशले २०८३ वैशाख ३० गते तयार पारेको प्रतिवेदनअनुसार अघिल्लो वर्षसम्म गाउँपालिकाको नाममा २० करोड २४ लाख १० हजार रुपैयाँ बेरुजु कायम थियो । त्यसमध्ये चालु परीक्षण अवधिमा ८५ लाख ३५ हजार रुपैयाँ फछ्र्यौट भएको देखिएको छ । तर आर्थिक वर्ष २०८१/८२ मा थप ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएपछि कुल अद्यावधिक बेरुजु २४ करोड १० हजार रुपैयाँ पुगेको हो ।

यसले अघिल्लो वर्षदेखि थुप्रिँदै आएको बेरुजु घटाउन गाउँपालिकाले गरेको प्रयास पर्याप्त नभएको र नयाँ आर्थिक वर्षमा समेत वित्तीय अनुशासन कायम गर्न नसकेको अवस्था देखाउँछ ।

एक वर्षमै थपियो ४ करोड ६० लाख ५४ हजार बेरुजु
महालेखापरीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१/८२ मा गाउँ कार्यपालिकाको आय तथा व्ययतर्फ ८१ करोड ५७ लाख ७७ हजार रुपैयाँको कारोबार लेखापरीक्षण गरिएको थियो । उक्त परीक्षणका क्रममा ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको छ । प्रतिवेदनमा उक्त बेरुजुलाई विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ ।

जसअनुसार १ करोड २८ लाख १८ हजार रुपैयाँ असुल गर्नुपर्ने, २ करोड ६८ लाख ७० हजार रुपैयाँको प्रमाण कागजात पेस गर्नुपर्ने, २८ लाख ४४ हजार रुपैयाँ नियमित गर्नुपर्ने र ३६ लाख २३ हजार रुपैयाँ पेस्की बाँकी रहेको उल्लेख छ । यसरी असुल गर्नुपर्ने रकम, प्रमाण कागजात पेस गर्नुपर्ने रकम, नियमित गर्नुपर्ने रकम र पेस्कीसमेत जोड्दा एकै आर्थिक वर्षमा ४ करोड ६० लाख ५४ हजार रुपैयाँ बेरुजु देखिएको हो ।

बेरुजु देखिनु आफैँमा रकम हिनामिना वा भ्रष्टाचार प्रमाणित हुनु होइन । तर महालेखापरीक्षकले औँल्याएका कैफियतको प्रकृति, त्यसको फछ्र्यौट र जिम्मेवार पदाधिकारीको जवाफदेहिताले गाउँपालिकाको वित्तीय सुशासनको वास्तविक अवस्था स्पष्ट पार्नेछ ।

वित्तीय विवरणमै कमजोरी, लेखा प्रणाली पूर्ण रूपमा लागू नभएको ठहर
बेरुजुको ठूलो रकमसँगै महालेखापरीक्षकले गाउँपालिकाको वित्तीय विवरण तयार गर्ने प्रणालीमाथि पनि प्रश्न उठाएको छ । प्रतिवेदनको कैफियतसहितको रायमा गाउँपालिकाले अन्तरसरकारी अख्तियारी, आन्तरिक आय तथा विभिन्न कोषलगायतका वित्तीय विवरण तयार गर्दा महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा पूर्ण रूपमा प्रयोग नगरेको उल्लेख छ ।

गाउँपालिकाले आय र व्ययको विवरण तयार गर्दा निर्धारित लेखा प्रणाली पूर्ण रूपमा अवलम्बन नगरेको तथा वित्तीय विवरणमा आवश्यक सबै विवरण समेट्न नसकेको लेखापरीक्षकको निष्कर्ष छ ।

त्यसैगरी, आम्दानी तथा खर्चको लेखा नगदमा आधारित प्रणालीबाट राखिएकाले गाउँपालिकाको सम्पत्ति तथा दायित्वको यकिन विवरणसमेत प्राप्त हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । यसले गाउँपालिकासँग कति सम्पत्ति छ, कति दायित्व बाँकी छ र समग्र वित्तीय अवस्था कस्तो छ भन्ने विषयमा स्पष्ट चित्र प्रस्तुत गर्न कठिनाइ भएको देखाउँछ ।

आन्तरिक नियन्त्रण र वित्तीय व्यवस्थापन कमजोर
महालेखापरीक्षकले गाउँपालिकाको वित्तीय व्यवस्थापनमा अन्य कैफियतसमेत औँल्याएको छ । प्रतिवेदनअनुसार आन्तरिक नियन्त्रण प्रणाली, स्थानीय वित्त व्यवस्थापन, सम्पत्तिको संरक्षण, स्रोतसाधनको प्राप्ति तथा उपयोग, शासकीय प्रबन्ध, बजेट व्यवस्थापन र विकास प्रशासनका विषयमा सुधार आवश्यक देखिएको छ ।

त्यस्तै, स्रोत सुनिश्चितता, बजेट कार्यान्वयन, अनुदान वितरण तथा अनुगमन, सेवा प्रवाह, स्थानीय प्रशासन, जवाफदेहिता र सुशासनका क्षेत्रमा समेत सुधार गर्नुपर्ने उल्लेख गरिएको छ ।

प्रतिवेदनले वित्तीय विवरण तयार गर्ने जिम्मेवारी स्थानीय तहकै हुने स्पष्ट पारेको छ । वित्तीय विवरणमा जालसाजी वा अन्य गल्तीका कारण गलत आँकडा प्रस्तुत हुन नदिन आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी गाउँ कार्यपालिका र प्रमुख प्रशासकीय अधिकृतको हुने उल्लेख छ ।

बेरुजु फछ्र्यौटमा चुनौती, जिम्मेवार को ?
महालेखापरीक्षकको प्रतिवेदनले बेरुजु वर्गीकरण, अद्यावधिक बेरुजुको स्थिति र बेरुजु सम्परीक्षणको विवरणसमेत प्रस्तुत गरेको छ । अघिल्लो वर्षको ठूलो रकम फछ्र्यौट हुन नसक्नु र नयाँ आर्थिक वर्षमा थप बेरुजु देखिनुले गाउँपालिकाको आर्थिक प्रशासनमाथि थप निगरानी आवश्यक रहेको संकेत गरेको छ ।

विशेषगरी असुल गर्नुपर्ने रकम कसबाट र कहिलेसम्म असुल गरिन्छ, प्रमाण कागजात पेस गर्नुपर्ने रकमको अवस्था के छ, नियमित गर्नुपर्ने खर्चको कानुनी आधार के हो र बाँकी पेस्की कसले फछ्र्यौट गर्ने भन्ने विषयमा गाउँपालिकाले स्पष्ट जवाफ दिनुपर्ने देखिन्छ ।

महालेखापरीक्षकले लेखापरीक्षणका क्रममा प्राप्त प्रमाण र कागजातका आधारमा प्रतिवेदन तयार गरेको उल्लेख गर्दै लेखापरीक्षणबाट सबै प्रकारका सम्भावित त्रुटि वा जालसाजी पत्ता लाग्ने निश्चित नहुनेसमेत स्पष्ट पारेको छ । गाउँपालिकाले २४ करोड १० हजार रुपैयाँको अद्यावधिक बेरुजु कसरी फछ्र्यौट गर्छ भन्ने प्रमुख चुनौतिको रुपमा देखिएको छ ।

सार्वजनिक बजेटबाट सञ्चालन हुने स्थानीय सरकारको आर्थिक कारोबार पारदर्शी हुनु र प्रत्येक खर्चको औचित्य पुष्टि हुनु अनिवार्य छ । त्यसैले बेरुजुको अंक सार्वजनिक गरेर मात्र पुग्दैन, यसको कारण, जिम्मेवार पदाधिकारी, असुलीको अवस्था र फछ्र्यौटको समयसीमा पनि सार्वजनिक गर्न आवश्यक छ । कालिकामाई गाउँपालिकाले महालेखापरीक्षकले औँल्याएका कैफियत सच्याउँदै आर्थिक अनुशासन कायम गर्न सक्छ कि सक्दैन भन्ने विषय अब चासोको केन्द्र बनेको छ ।

Tags: कालिकामाईमा वित्तीय बेथिति: एक वर्षमै थपियो साढे ४ करोड बेरुजु
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालिकामाईकाे बजेट खर्चमा कैफियतै कैफियतः २४ करोड बेरुजु, एक वर्षमै ४ करोड ६० लाख

कालिकामाईकाे बजेट खर्चमा कैफियतै कैफियतः २४ करोड बेरुजु, एक वर्षमै ४ करोड ६० लाख

मंसिर ११, २०८३
राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहको पदक, क्लासिक बडीबिल्डिङमा जिते कास्य

राष्ट्रिय खेलकुदमा वीरगंजका हरिनारायण साहको पदक, क्लासिक बडीबिल्डिङमा जिते कास्य

मंसिर ११, २०८३
पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन

पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन

मंसिर ११, २०८३
ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

मंसिर ११, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि