वीरगंज (पर्सा), ११ मंसिर । राष्ट्रिय स्तरको खेलकुद प्रतिस्पर्धामा वीरगंजका खेलाडी हरिनारायण साहले आफ्नो प्रतिभा प्रमाणित गर्दै कास्य पदक जितेका छन् । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत क्लासिक बडीबिल्डिङको Men’s Classical Open विधामा साहले तेस्रो स्थान हासिल गर्दै Bronze Medal आफ्नो नाममा पारेका हुन् ।
वीरगंजस्थित मसल बैंक क्लब (Muscle Bank Club) मा नियमित प्रशिक्षण गर्दै आएका साहले निरन्तरको अभ्यास, अनुशासन र मेहनतको परिणामस्वरूप राष्ट्रिय प्रतियोगितामा पदक हासिल गरेका हुन् । राष्ट्रिय स्तरको प्रतिस्पर्धामा प्राप्त यस सफलताले वीरगञ्ज र समग्र पर्सा जिल्लाको खेलकुद क्षेत्रलाई गौरवान्वित बनाएको छ ।
बडीबिल्डिङमा आफ्नो क्षमता प्रदर्शन गर्दै साहले स्थानीय खेलाडीहरूका लागि समेत प्रेरणाको उदाहरण प्रस्तुत गरेका छन् । उनको यस उपलब्धिलाई वीरगञ्जको खेलकुद क्षेत्रका लागि महत्वपूर्ण सफलताका रूपमा लिइएको छ ।



























प्रतिक्रिया दिनुहोस् !