Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

धोबिनी गाउँपालिकाको लंगडी चोक, छिपहरमाई गाउँपालिकाको भिस्वा, जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक र पोखरिया नगरपालिकालगायतका ग्रामीण बजारमा माछामासुको कारोबार अव्यवस्थित तथा अस्वच्छ अवस्थामा भइरहेको उपभोक्ताको आरोप छ । कतिपय पसलमा सुरक्षित बिक्रीस्थलको व्यवस्था नगरी सडकछेउमै मासु काट्ने र बिक्री गर्ने गरिएको छ । बिक्रीका लागि राखिएको मासुमा झिँगा, लामखुट्टे तथा अन्य कीरा भन्किने, सडकको धुलो र सवारीसाधनको धुवाँ पर्ने गरेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ११, २०८३
ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

वीरगंज (पर्सा), ११ मंसिर । पर्साका ग्रामीण बजारमा माछामासुको नाममा उपभोक्ताको स्वास्थ्यसँग गम्भीर खेलवाड भइरहेको पाइएको छ । खाद्य स्वच्छता, गुणस्तर र सुरक्षित भण्डारणका सामान्य मापदण्डसमेत पालना नगरी खुला तथा फोहोर वातावरणमा माछामासु बिक्री भइरहेको स्थानीय उपभोक्ताले गुनासो गरेका छन् । झिँगा भन्किएको, धुलो–धुवाँ परेको मासुदेखि पानी, पम्प र कृत्रिम रङ प्रयोग गरेर मासुको स्वरूप परिवर्तन गर्ने गतिविधिसम्म सार्वजनिक हुँदा पनि सम्बन्धित स्थानीय सरकार र नियमनकारी निकायको प्रभावकारी अनुगमन नदेखिनु थप चिन्ताको विषय बनेको छ ।

धोबिनी गाउँपालिकाको लंगडी चोक, छिपहरमाई गाउँपालिकाको भिस्वा, जगरनाथपुर गाउँपालिकाको जानकीटोला चोक र पोखरिया नगरपालिकालगायतका ग्रामीण बजारमा माछामासुको कारोबार अव्यवस्थित तथा अस्वच्छ अवस्थामा भइरहेको उपभोक्ताको आरोप छ । कतिपय पसलमा सुरक्षित बिक्रीस्थलको व्यवस्था नगरी सडकछेउमै मासु काट्ने र बिक्री गर्ने गरिएको छ । बिक्रीका लागि राखिएको मासुमा झिँगा, लामखुट्टे तथा अन्य कीरा भन्किने, सडकको धुलो र सवारीसाधनको धुवाँ पर्ने गरेको छ ।

अझ गम्भीर पक्ष, सार्वजनिक भिडियोमा मासुमा पानी छर्किने, पानी हाल्ने तथा पम्पको प्रयोग गरी हावा भर्ने गतिविधिसमेत देखिएको छ । मासुमा चम्पई रङ लगाएर बाहिरी स्वरूप आकर्षक बनाउने गरिएको आरोपले खाद्य सुरक्षामाथि थप प्रश्न उठाएको छ । यस्ता रङ तथा पदार्थ खाद्य प्रयोजनका लागि अनुमतिप्राप्त हुन् वा होइनन् भन्ने विषयमा परीक्षणसमेत आवश्यक देखिएको छ । अखाद्य वा अनुमतिबिनाका रसायन प्रयोग भएको पुष्टि भए उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम छ ।

मासु पसलमा सरसफाइको अवस्था पनि दयनीय रहेको गुनासो छ । मासु काट्ने टेबुल, चक्कु, खुकुरी तथा अन्य उपकरणको नियमित सफाइ र निःसंक्रमण नहुने, सफा पानीको सट्टा फोहोर पानी प्रयोग गर्ने, बिक्रीस्थलमै रगत तथा फोहोर जम्ने र मासु सुरक्षित राख्न फ्रिज वा डिप फ्रिजको व्यवस्था नगर्ने प्रवृत्तिले खाद्य स्वच्छताको धज्जी उडाएको छ ।

उपभोक्ता मासुको गुणस्तरमा मात्रै होइन, तौलमा समेत ठगिने गरेको आरोप छ । एक किलो मासु माग्दा करिब आठ सय ग्राम मात्रै दिने गरी मापदण्डविपरीतका ढक–तराजु प्रयोग हुने, मासुमा पानी मिसाएर तौल बढाउने तथा खसीको मासु भन्दै पाठीको मासु मिसाएर बिक्री गर्ने गरेको गुनासो सार्वजनिक भएको छ । कतिपय पसल व्यवसाय दर्ताबिनै सञ्चालन भइरहेको आरोपसमेत छ ।

यति गम्भीर समस्या सार्वजनिक भइरहँदा धोबिनी, छिपहरमाई, जगरनाथपुर र पोखरिया क्षेत्रका स्थानीय सरकारको प्रभावकारी उपस्थिति नदेखिएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । वीरगंजको सहरी क्षेत्रमा बेलाबखत बजार अनुगमन भएपनि ग्रामीण बजारमा नियमन र निगरानी कमजोर रहेको उनीहरूको आरोप छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४, उपभोक्ता संरक्षण ऐन, २०७५, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ र पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ ले बजार व्यवस्थापन, खाद्य स्वच्छता र उपभोक्ता हित संरक्षणका लागि कानुनी आधार प्रदान गरेका छन् । तर कानुनमा व्यवस्था हुँदाहुँदै त्यसको प्रभावकारी कार्यान्वयन नहुनु विडम्बना बनेको छ ।

स्थानीय उपभोक्ताले सम्बन्धित गाउँपालिका तथा नगरपालिकाका जनप्रतिनिधि, प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र नापतौलसम्बन्धी निकायको संयुक्त टोलीबाट तत्काल आकस्मिक अनुगमन गर्न माग गरेका छन् । उनीहरूले मासुको नमुना प्रयोगशाला परीक्षण, प्रयोग गरिएका रङ तथा पदार्थको वैधानिकता जाँच, ढक–तराजुको परीक्षण र अस्वच्छ बिक्रीस्थलमाथि कारबाही गर्न माग गरेका छन् ।

जनताको भान्सामा पुग्ने खाद्य वस्तुको स्वच्छता सुनिश्चित गर्नु स्थानीय सरकारको अनिवार्य जिम्मेवारी हो । झिँगा भन्किएको, फोहोरमा राखिएको र शंकास्पद पदार्थ प्रयोग गरिएको आरोपसहितको कारोबारलाई बेवास्ता गर्नु जनस्वास्थ्यप्रतिको गम्भीर लापरवाही हुनेछ ।

Tags: ग्रामीण भेगमा झिँगा भन्किएको मासु बिक्रीः उपभोक्ताको स्वास्थ्य जोखिममा !
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन

पूर्वसशस्त्र प्रहरीको आमाको अन्त्येष्टिमा शोक सलामीः नियम मिचेर टोली खटाएको भन्दै छानबिन

मंसिर ११, २०८३
ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

ग्रामीण बजारमा अस्वस्थकर मासुको कारोबार, उपभोक्ताको स्वास्थ्यसँग खुलेआम खेलवाड !

मंसिर ११, २०८३
क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने धन्दाकाे पर्दाफासः १२ जना प्रहरीकाे नियन्त्रणमा

क्यासिनोमा नेपालीलाई प्रवेश गराएर जुवा खेलाउने धन्दाकाे पर्दाफासः १२ जना प्रहरीकाे नियन्त्रणमा

मंसिर ११, २०८३
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि