Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

दोस्रो चरणको स्तरोन्नतिले नेपालको पेट्रोलियम भण्डारण, ट्याङ्कर लोडिङ तथा वितरण प्रणालीमा ठूलो प्राविधिक सुधार ल्याएको छ । अमलेखगञ्ज आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोक साहका अनुसार परियोजनामा कुल ६६३ करोड रुपैयाँ खर्च भएको छ । भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज टर्मिनलको पुनःइन्जिनियरिङ गर्दै भण्डारण संरचना, ट्रान्समिक्स ट्याङ्की र अग्नि नियन्त्रण प्रणालीलाई आधुनिक बनाएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर ९, २०८३
मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

अमलेखगञ्ज (बारा), ९ मंसिर । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति प्रणालीलाई थप सुरक्षित, सहज र आधुनिक बनाउने लक्ष्यसहित निर्माण गरिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको सोमबार औपचारिक उद्घाटन गरिएको छ । प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीबाट संयुक्त रूपमा डिजिटल उद्घाटन गरेसँगै अमलेखगञ्जस्थित नेपाल आयल निगमको टर्मिनल अत्याधुनिक तथा पूर्ण स्वचालित स्मार्ट टर्मिनलका रूपमा सञ्चालनमा आएको छ ।

उद्घाटनपछि बाराको अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयमा नेपाल र भारतका सरकारी अधिकारीहरूले संयुक्त रूपमा परियोजनाको शिलालेख अनावरण गरेका थिए । दोस्रो चरणको स्तरोन्नतिले नेपालको पेट्रोलियम भण्डारण, ट्याङ्कर लोडिङ तथा वितरण प्रणालीमा ठूलो प्राविधिक सुधार ल्याएको छ । अमलेखगञ्ज आयल निगम प्रादेशिक कार्यालयका प्रमुख अशोक साहका अनुसार परियोजनामा कुल ६६३ करोड रुपैयाँ खर्च भएको छ । भारतीय आयल कर्पोरेसनले अमलेखगञ्ज टर्मिनलको पुनःइन्जिनियरिङ गर्दै भण्डारण संरचना, ट्रान्समिक्स ट्याङ्की र अग्नि नियन्त्रण प्रणालीलाई आधुनिक बनाएको हो ।

परियोजनाअन्तर्गत भारतीय आयल कर्पोरेसनले करिब १०० करोड रुपैयाँ लगानीमा ४ हजार किलो लिटर क्षमताको पेट्रोल ट्याङ्की, २५० किलो लिटर क्षमताका दुईवटा ट्रान्समिक्स ट्याङ्की तथा अग्नि नियन्त्रण प्रणालीको पुनःसंरचना गरेको छ । त्यसैगरी नेपाल आयल निगमले करिब १४६ करोड रुपैयाँ खर्चेर थप ४ हजार किलो लिटर क्षमताको पेट्रोल ट्याङ्की, २४ वटा स्वचालित ट्याङ्कर लोडिङ ग्यान्ट्री, टर्मिनल अटोमेसन सिस्टम, गुणस्तर नियन्त्रण प्रयोगशाला र अन्य आवश्यक पूर्वाधार निर्माण गरेको साहले जानकारी दिए ।

दैनिक ३०० ट्याङ्कर लोड, आपूर्ति व्यवस्थापनमा ठूलो सुधार
स्तरोन्नतिपछि अमलेखगञ्ज टर्मिनलबाट दैनिक करिब ३०० वटा पेट्रोलियम ट्याङ्करमा इन्धन लोड गर्न सकिने भएको छ । स्वचालित प्रणालीबाट सञ्चालन हुने नयाँ संरचनाले ट्याङ्कर लोडिङमा लाग्ने समय घटाउनुका साथै इन्धनको गुणस्तर नियन्त्रण र वितरण प्रक्रियालाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

यसअघि विभिन्न चरणमा सम्पन्न गर्नुपर्ने लोडिङ तथा व्यवस्थापनका काम अब आधुनिक स्वचालित प्रणालीबाट सञ्चालन हुनेछन् । यसले पेट्रोलियम पदार्थको ढुवानी लागत घटाउन र बजारमा इन्धनको नियमित आपूर्ति कायम राख्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

दैनिक २३३ ट्याङ्कर सडकबाट हट्ने, वार्षिक ३४ हजार ६०० टन कार्बन उत्सर्जन घट्ने
पाइपलाइनबाट पेट्रोलियम पदार्थ ढुवानी विस्तार हुँदा सडकमा ट्याङ्करको निर्भरता उल्लेख्य रूपमा घट्नेछ । डिजेल, पेट्रोल र मट्टीतेलको ढुवानीमा पाइपलाइनको प्रयोग बढेसँगै दैनिक करिब २३३ वटा ट्याङ्कर सडकबाट हट्ने र वार्षिक करिब ३४ हजार ६०० टन कार्बन उत्सर्जन न्यूनीकरण हुने जनाइएको छ ।

यसबाट इन्धन ढुवानीका क्रममा हुने सडक चाप, दुर्घटनाको जोखिम तथा वातावरणीय प्रदूषण घटाउनसमेत मद्दत पुग्ने अपेक्षा गरिएको छ । ऊर्जा आपूर्तिसँगै वातावरणीय सुरक्षाका दृष्टिले पनि परियोजनालाई महत्वपूर्ण मानिएको छ ।

दक्षिण एसियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइनको क्षमता विस्तार
नेपाल र भारतबीचको ऊर्जा सहकार्यको महत्वपूर्ण परियोजनाका रूपमा रहेको ६९ किलोमिटर लामो मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सन् २०१९ मा दुवै देशका तत्कालीन प्रधानमन्त्रीबाट संयुक्त रूपमा उद्घाटन गरिएको थियो । यो दक्षिण एसियाकै पहिलो सीमापार पेट्रोलियम पाइपलाइन हो ।

दोस्रो चरणको स्तरोन्नतिपछि पाइपलाइनमार्फत डिजेल, पेट्रोल तथा मट्टीतेलको आपूर्ति थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ । सन् २०२५ जनवरीमै निर्माण सम्पन्न भएको यस परियोजनाको कार्यान्वयनका क्रममा १० लाखभन्दा बढी सुरक्षित मानव–घण्टा काम सम्पन्न भएको थियो भने करिब १ लाख ५० हजार मानव–दिन बराबरको रोजगारी सिर्जना भएको जनाइएको छ ।

हाल टर्मिनलको सञ्चालन तथा मर्मतसम्भारमा करिब १३५ जनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी पाएका छन् । भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत अघि बढाइएको यो परियोजनाले नेपालको पेट्रोलियम आपूर्ति प्रणालीलाई थप भरपर्दो बनाउनुका साथै ऊर्जा सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । साथै, दुई देशबीचको पूर्वाधार विकास, ऊर्जा साझेदारी र आर्थिक सहकार्यलाई थप मजबुत बनाउने आधारका रूपमा समेत यसलाई हेरिएको छ ।

Tags: ट्याङ्करको चाप घटाउँदै पाइपलाइनः अमलेखगञ्जमा स्मार्ट टर्मिनल सञ्चालन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मोतिहारी-अमलेखगञ्ज पाइपलाइनः इन्धन आपूर्तिमा नयाँ गति, दैनिक तीन सय ट्याङ्कर लोड गर्न सकिने

मंसिर ९, २०८३
भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

भंगहामा थारु सांस्कृतिक तथा पर्यटन केन्द्रको भवन उद्घाटन

मंसिर ९, २०८३
चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

चन्द्रनगर गाउँपालिकाले मदरसाकालागि स्वयंसेवक शिक्षक माग्यो

मंसिर ९, २०८३
प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

प्रेस स्वतन्त्रता र पत्रकारको हकहितको माग गर्दै सामूहिक गिरफ्तारी आन्दोलन

मंसिर ९, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि