Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

डुम समुदायलाई बाँसको सामाग्री बनाउने चटारोः बाँसका सामग्री बेचेर पनि लागत उठाउन मुस्किल

छठ पर्वमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । अर्घ्यको प्रसाद राख्नेदेखि पूजाका सामग्री सजाउनसम्म नाङ्लो, डालो र छिटीलगायतका सामग्री प्रयोग गरिन्छ । बाँसको चोयाबाट हातैले बुनिएका यी सामग्रीले छठ पर्वको धार्मिक महत्वसँगै मिथिलाको मौलिक संस्कृति र परम्परालाई समेत झल्काउँछन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०८३
डुम समुदायलाई बाँसको सामाग्री बनाउने चटारोः बाँसका सामग्री बेचेर पनि लागत उठाउन मुस्किल

जनकपुरधाम (धनुषा), १९ कात्तिक । मिथिलाञ्चलमा आस्थाको पर्व छठ नजिकिएसँगै डुम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ छ । छठ पर्वमा प्रयोग हुने नाङ्लो, डालो, छिटी, पनपतियालगायत सामग्री बनाउन उनीहरू बिहानैदेखि व्यस्त छन् । तर, बाँसको मूल्य र उत्पादन लागत बढ्दै गए पनि तयार सामग्रीको बिक्री मूल्यमा खासै वृद्धि नहुँदा उनीहरूको आम्दानीमा अपेक्षित सुधार हुन सकेको छैन ।

छठ पर्वमा सूर्यदेवलाई अर्घ्य अर्पण गर्दा बाँसबाट बनेका सामग्रीको विशेष महत्व हुन्छ । अर्घ्यको प्रसाद राख्नेदेखि पूजाका सामग्री सजाउनसम्म नाङ्लो, डालो र छिटीलगायतका सामग्री प्रयोग गरिन्छ । बाँसको चोयाबाट हातैले बुनिएका यी सामग्रीले छठ पर्वको धार्मिक महत्वसँगै मिथिलाको मौलिक संस्कृति र परम्परालाई समेत झल्काउँछन् ।

छठ नजिकिएसँगै डुम समुदायका घरआँगनमा बाँसका सामग्री बनाउने चटारो बढेको छ । उनीहरू बिहानैदेखि बाँस चिरेर चोया निकाल्ने, त्यसलाई आवश्यक आकारमा तयार पार्ने र विभिन्न सामग्री बुन्ने काममा जुट्छन् । दिनभरि मेहनत गरेर सामग्री तयार पारेपछि बिक्रीका लागि बजारसम्म पुग्ने गरेका छन् । छठका बेला बढ्ने मागलाई लक्षित गरी उनीहरूले पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीपलाई जीविकोपार्जनको माध्यम बनाउँदै आएका छन् ।

तर, पछिल्लो समय बाँसका सामग्रीको प्रयोगमा आएको परिवर्तनले यो पेसा संकटमा पर्न थालेको छ । पहिले छठमा बाँसबाट बनेका सामग्रीको माग बढी हुने गरे पनि अहिले पित्तल तथा अन्य धातुबाट बनेका सामग्री प्रयोग गर्ने क्रम बढेको छ । त्यस्तै, बाहिरबाट उत्पादित सामग्री बजारमा आउन थालेपछि परम्परागत रूपमा बाँसका सामग्री बनाउने डुम समुदायले प्रतिस्पर्धाको चुनौतीसमेत सामना गर्नुपरेको छ ।

अर्कोतर्फ बाँसको मूल्य बढ्दै जाँदा सामग्री उत्पादनको लागत पनि बढेको छ । एउटा बाँस खरिद गर्न दुई सयदेखि दुई सय ५० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था छ । एउटा बाँसबाट चार वटासम्म नाङ्लो बनाउन सकिए पनि तयार भएका सामग्री बिक्री हुने सुनिश्चितता छैन । उत्पादन लागत बढे पनि बिक्री मूल्यमा खासै अन्तर नआउँदा दिनभरि मेहनत गरेर सामग्री बनाउँदा समेत उनीहरूले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।

छठ पर्वका बेला केही दिन माग बढे पनि बाँकी समय यही पेसाबाट परिवारको खर्च धान्न कठिन हुने अवस्था छ । पुस्तौँदेखि जोगाउँदै आएको सीप र पेसालाई निरन्तरता दिइरहेका डुम समुदायका लागि बजारको प्रतिस्पर्धा, बढ्दो उत्पादन लागत र परम्परागत सामग्रीप्रतिको घट्दो आकर्षण जीविकोपार्जनकै चुनौती बन्दै गएको छ ।

Tags: डुम समुदायलाई बाँसका सामग्री बनाउन भ्याइनभ्याइ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज बाल सुधार गृहभित्रै बालकमाथि हिंसाः औँला काटिएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न !

कार्तिक २०, २०८३
सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि