Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

यसमा कर्मचारीको लापरबाही मात्रै हो वा योजनाबद्ध मिलेमतोमा प्रतिबन्धित वस्तु भित्र्याउने प्रयास भएको हो भन्ने विषय पनि अनुसन्धानबाट स्पष्ट हुनुपर्छ । भन्सार जाँचपासदेखि गेटपास जारी गर्दासम्म संलग्न कर्मचारी, आयातकर्ता, एजेन्ट तथा अन्य सम्भावित बिचौलियाको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक २०, २०८३
सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

वीरगंज (पर्सा), २० कात्तिक । सुन्तला आयातको भन्सार प्रज्ञापनपत्र बनाएर सोही ट्रकमा प्रतिबन्धित केरा लुकाएर नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगंज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ । भन्सारबाट सम्पूर्ण प्रक्रिया पूरा गरी गन्तव्यतर्फ लागेको ट्रकमा कागजातमा उल्लेख नभएको ठूलो परिमाणको केरा फेला पर्नुले जाँचपासमा भएको सम्भावित लापरबाही, मिलेमतो र राजस्व चुहावटको आशंकालाई थप बलियो बनाएको छ ।

वीरगंज भन्सार कार्यालयबाट जाँचपास भई काठमाडौँतर्फ गइरहेको भारतीय नम्बर प्लेटको ट्रकलाई काठमाडौँको जडीबुटीमा प्रहरीले नियन्त्रणमा लिएपछि अवैध आयातको रहस्य बाहिरिएको हो । वीरगंज महानगरपालिका–२५ श्रीसियास्थित आरोही इन्टरप्राइजेजका नाममा जाँचपास भएको यूपी २५ एफटी ३६५९ नम्बरको भारतीय ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाएको छ ।

ट्रकको भौतिक परीक्षण गर्दा बाहिर सुन्तलाका क्यारेट देखाएर भित्र केरा लुकाइएको अवस्थामा फेला परेको थियो । भन्सार प्रज्ञापनपत्रमा ७.६ मेट्रिक टन अर्थात् ४०० क्यारेट सुन्तला उल्लेख गरिएको भएपनि वास्तविक जाँचका क्रममा थप २०० क्यारेट केरा भेटिएको बताइएको छ । बरामद केराको परिमाण करिब एक हजार ८०० दर्जन रहेको जनाइएको छ ।

यो घटना एउटा ट्रकमा अवैध सामान फेला परेको विषयमा मात्र सीमित देखिँदैन । पहिलो ट्रक प्रहरी नियन्त्रणमा परेको सूचना सार्वजनिक हुनासाथ सोही आयातकर्ता आरोही इन्टरप्राइजेजकै नाममा भन्सार जाँचपास गराएर गेटपाससमेत लिइसकेका अन्य दुई भारतीय ट्रक आईसीपी परिसरको पार्किङमै छाडिएको बताइएको छ ।

एमएच ३० सीई ००८३ र यूके ०४ सीसी २८३१ नम्बरका ती ट्रकका चालक तथा प्रतिनिधि गाडी छाडेर फरार भएको स्रोतको दाबी छ । यसले एउटै आयातकर्ताको नाममा भन्सार प्रक्रिया पूरा भएका तीनवटै ट्रकको कारोबार शंकास्पद रहेको आशंका जन्माएको छ ।

घटनापछि आईसीपी प्रशासनले ती दुई ट्रकलाई निगरानीमा राखेर पुनः भौतिक परीक्षण, नापजाँच र तौल यकिन गर्ने तयारी गरेको जनाएको छ । तर ती ट्रकभित्र कुन वस्तु र कति परिमाणमा सामान लोड गरिएको छ भन्ने तथ्य अझै सार्वजनिक भएको छैन । नियन्त्रणमा परेको पहिलो ट्रकका चालक भारतको उत्तर प्रदेश निवासी धनिराम राजपुतलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ भने बरामद फलफूल लिलामी गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको बताइएको छ ।

कागजातमा सुन्तला, ट्रकमा केरा : जाँचपास कसरी भयो ?
यस प्रकरणको सबैभन्दा गम्भीर पक्ष भन्सार कागजात र वास्तविक सामानबीच देखिएको फरक हो । सुन्तलाको नाममा जाँचपास भएको ट्रकमा ठूलो परिमाणमा केरा भेटिँदासमेत वीरगंज भन्सारको जाँच प्रणालीले किन पत्ता लगाउन सकेन भन्ने प्रश्नको जवाफ सम्बन्धित निकायले दिनुपर्ने देखिन्छ ।

भौतिक परीक्षणको जिम्मेवारी पाएका कर्मचारीले सामानको प्रकृति, परिमाण र कागजातबीचको विवरण यकिन नगरी कसरी गेटपास जारी गरे ? परीक्षणका क्रममा केरा लुकाइएको अवस्था किन पहिचान भएन ? एउटै आयातकर्ताका नाममा जाँचपास भएका अन्य दुई ट्रकसमेत किन शंकाको घेरामा परे ? यी प्रश्नको निष्पक्ष छानबिन आवश्यक छ ।

यसमा कर्मचारीको लापरबाही मात्रै हो वा योजनाबद्ध मिलेमतोमा प्रतिबन्धित वस्तु भित्र्याउने प्रयास भएको हो भन्ने विषय पनि अनुसन्धानबाट स्पष्ट हुनुपर्छ । भन्सार जाँचपासदेखि गेटपास जारी गर्दासम्म संलग्न कर्मचारी, आयातकर्ता, एजेन्ट तथा अन्य सम्भावित बिचौलियाको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने देखिन्छ ।

चालकलाई पक्राउ गरेर वा बरामद फलफूल लिलामी गरेर मात्रै प्रकरणको वास्तविकता बाहिर आउँदैन । बरु भन्सार प्रणालीभित्रैबाट यस्तो अवैध कारोबार सम्भव भएको हो भने त्यसको जरो पहिचान गर्नु आवश्यक छ । विशेषगरी थप दुई ट्रकको सामान परीक्षण गरी तीनवटै गाडीको आयात विवरण, भन्सार मूल्यांकन, जाँचपास प्रक्रिया र गेटपास जारी गर्ने कर्मचारीको अभिलेख भिडाउनुपर्ने देखिन्छ ।

वीरगंज भन्सार मुलुकको प्रमुख व्यापारिक नाकामध्ये एक भएकाले यहाँको जाँचपास प्रणालीमा हुने कमजोरीले राज्यको राजस्वमा प्रत्यक्ष असर पार्नुका साथै अवैध आयातलाई समेत प्रोत्साहन गर्न सक्छ । त्यसैले यो घटनालाई सामान्य भन्सार अनियमितताका रूपमा सीमित नगरी सम्भावित राजस्व चुहावट र संगठित अवैध आयातको सञ्जाल पहिचान गर्ने अवसरका रूपमा लिनुपर्ने आवश्यकता छ ।

Tags: वीरगंज भन्सार कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज बाल सुधार गृहभित्रै बालकमाथि हिंसाः औँला काटिएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न !

कार्तिक २०, २०८३
सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि