Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

८० भन्दा बढी विद्यालयमा कानुनी सचेतना फैलाउँदै ‘कानूनी आवाज अभियान’ सम्पन्न

तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा तथा मनकामना कलेजको सहकार्यमा आयोजित ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ सँगै अभियानको औपचारिक समापन गरिएको हो । नमुना संसदीय अभ्यासले विद्यार्थीलाई संसद् सञ्चालन प्रक्रिया, लोकतान्त्रिक पद्धति र नेतृत्व विकासका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १९, २०८३
८० भन्दा बढी विद्यालयमा कानुनी सचेतना फैलाउँदै ‘कानूनी आवाज अभियान’ सम्पन्न

वीरगंज (पर्सा), १९ कात्तिक । विद्यार्थीहरूलाई संसदीय अभ्यास, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी अधिकारबारे व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘कानूनी आवाज अभियान ४.०’ अभियान ८० भन्दा बढी विद्यालयमा कानुनी सचेतना पुर्‍याउँदै सम्पन्न भएको छ ।

तराई मधेश कानून विद्यार्थी समाजको आयोजनामा तथा मनकामना कलेजको सहकार्यमा आयोजित ‘मनकामना नमुना संसदीय अभ्यास–२०८३’ सँगै अभियानको औपचारिक समापन गरिएको हो । नमुना संसदीय अभ्यासले विद्यार्थीलाई संसद् सञ्चालन प्रक्रिया, लोकतान्त्रिक पद्धति र नेतृत्व विकासका विषयमा प्रत्यक्ष अनुभव हासिल गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रमको अध्यक्षता प्रभात लहेराले गरेका थिए भने संविधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहा प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहासहित शिवनाथ पटेल, जयप्रकाश साह, रामविद्या कुशवाहा र आनन्द शर्मालगायतको उपस्थिति थियो ।

त्यसैगरी तराई मधेश कानून विद्यार्थी समाजका संस्थापक अध्यक्ष आकाश महतो, कानुनी अभियान ४.० का संयोजक सिवजी कुशवाहा, पर्सा जिल्ला संयोजक रवि मिश्र, बारा जिल्ला संयोजक राज गुप्तालगायत कानूनका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अभियानका संयोजक सिवजी कुशवाहाले मनकामना कलेजका डाइरेक्टर रामबाबु कुशवाहाले कार्यक्रम सफल बनाउन पुर्‍याएको सहयोग र सहकार्यप्रति आभार व्यक्त गरे ।

अभियानअन्तर्गत विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरूलाई संविधान, मौलिक हक, नागरिक कर्तव्य, निर्वाचन प्रणाली, संसदीय अभ्यास तथा कानुनी अधिकारका विषयमा प्रशिक्षण र सचेतना प्रदान गरिएको संयोजक कुशवाहाले जानकारी दिए ।

उनका अनुसार ८० भन्दा बढी विद्यालयसम्म कानुनी शिक्षा तथा सचेतना विस्तार गर्नु अभियानको महत्त्वपूर्ण उपलब्धि हो । विद्यार्थीलाई आफ्नो अधिकार र कर्तव्यप्रति जानकार बनाउँदै कानुनको सम्मान गर्ने, लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने अभियानको मुख्य लक्ष्य रहेको उनले बताए ।

विद्यालयस्तरबाटै कानुनी चेतना र संसदीय अभ्यासको संस्कार विकास गर्ने प्रयासले भविष्यमा सचेत, जिम्मेवार र लोकतान्त्रिक मूल्यप्रति प्रतिबद्ध नागरिक निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Tags: कानूनी आवाज अभियान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

तिहार र छठमा उच्छृंखल गतिविधि गरे कडा कारबाहीः राति १ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

कार्तिक २०, २०८३
अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

अब नेपाल टेलिकमको सिमकार्ड घरमै आइपुग्नेः पर्सामा हुलाक कार्यालयले थाल्यो वितरण सेवा

कार्तिक २०, २०८३
वीरगंज स्थित बाल सुधारगृहबाट फरार बालकैदीहरु ४८ घण्टामा नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ

वीरगंज बाल सुधार गृहभित्रै बालकमाथि हिंसाः औँला काटिएको घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न !

कार्तिक २०, २०८३
सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

सुन्तलाको प्रज्ञापनपत्रमा केरा तस्करीः वीरगंज भन्सारको जाँचपास प्रणालीमाथि गम्भीर प्रश्न !

कार्तिक २०, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि