Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पेट्रोल पम्पका नाममा पाँच करोड ठगीः नबिल बैंकका कर्मचारीसहित संगठित गिरोहको जालोबारे खुलासा

प्राप्त जाहेरी विवरणअनुसार बाराको कोल्हवी नगरपालिका–८, नयाँबस्ती निवासी राकेश सहनी र उनकी पत्नी रूपा कुमारीले आफ्नो नाममा पेट्रोल पम्प सञ्चालन गर्ने उद्देश्यले नबिल बैंकको जीतपुर शाखामा दुई करोड रुपैयाँ कर्जाका लागि आवेदन दिएका थिए । सोही क्रममा तत्कालीन बैंक कर्मचारी निरज प्रसाद गुप्ताले छिटो र सहज रूपमा ऋण उपलब्ध गराइदिने आश्वासन दिएको पीडित पक्षको भनाइ छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १४, २०८३
पेट्रोल पम्पका नाममा पाँच करोड ठगीः नबिल बैंकका कर्मचारीसहित संगठित गिरोहको जालोबारे खुलासा

वीरगंज (पर्सा), १४ कात्तिक । बैंकिङ क्षेत्रप्रतिको सर्वसाधारणको विश्वासमाथि गम्भीर प्रश्न उठाउने घटना सार्वजनिक भएको छ । नबिल बैंक लिमिटेडको जीतपुर शाखामा तत्कालीन कर्जा विभागमा कार्यरत कर्मचारी निरज प्रसाद गुप्तासहित विभिन्न व्यक्तिहरू संलग्न रहेको आरोपमा पाँच करोड रुपैयाँभन्दा बढीको आर्थिक ठगीसम्बन्धी विवाद बाहिर आएको छ ।

पेट्रोल पम्प तथा अन्य व्यवसाय सञ्चालनका लागि बैंकबाट ऋण मिलाइदिने प्रलोभन देखाएर सर्वसाधारणलाई आर्थिक जालमा फसाइएको पीडितहरूको आरोप छ । यस घटनामा पीडितहरूले जिल्ला प्रहरी कार्यालय बारादेखि नेपाल राष्ट्र बैंकको वीरगंज कार्यालयसम्म उजुरी दिँदै निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् ।

प्राप्त जाहेरी विवरणअनुसार बाराको कोल्हवी नगरपालिका–८, नयाँबस्ती निवासी राकेश सहनी र उनकी पत्नी रूपा कुमारीले आफ्नो नाममा पेट्रोल पम्प सञ्चालन गर्ने उद्देश्यले नबिल बैंकको जीतपुर शाखामा दुई करोड रुपैयाँ कर्जाका लागि आवेदन दिएका थिए । सोही क्रममा तत्कालीन बैंक कर्मचारी निरज प्रसाद गुप्ताले छिटो र सहज रूपमा ऋण उपलब्ध गराइदिने आश्वासन दिएको पीडित पक्षको भनाइ छ ।

पीडितहरूका अनुसार ऋण प्रक्रियालाई सहज बनाइदिने बहानामा विभिन्न बैंकका चेकमा खाली हस्ताक्षर गराइएको थियो भने आईपीएससम्बन्धी फाराममा समेत हस्ताक्षर गराइएको थियो । यही प्रक्रियाको दुरुपयोग गर्दै विभिन्न बहानामा पीडित, उनीहरूको फर्म तथा बैंक खाताबाट पटक–पटक गरी पाँच करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको जाहेरीमा दाबी गरिएको छ ।

पीडित पक्षले यस घटनामा एक व्यक्तिमात्र नभई विभिन्न व्यक्तिहरू संलग्न रहेको संगठित सञ्जालको आशंका व्यक्त गरेको छ । उनीहरूका अनुसार विभिन्न व्यक्तिको नाममा ऋण निकाल्ने, रकम अन्य बैंक खातामा स्थानान्तरण गर्ने र पछि मिटरब्याज तथा अन्य आर्थिक दबाब सिर्जना गर्ने गतिविधि भएको आरोप छ ।

यस प्रकरणमा मुख्य आरोपित भनिएका निरज प्रसाद गुप्ताले वीरगंजमा करोडौँ मूल्यको घर, दुई बिघाभन्दा बढी जग्गा, ठूलो परिमाणमा सुन तथा महँगा सवारीसाधन जोडेको पीडित पक्षको दाबी छ । उक्त सम्पत्तिको स्रोत, खरिद प्रक्रिया र वैधानिक आयसँगको सम्बन्धबारे सम्बन्धित निकायबाट निष्पक्ष सम्पत्ति छानबिन हुनुपर्ने मागसमेत उठाइएको छ ।

त्यस्तै, खाली हस्ताक्षर गराइएका चेक फिर्ता नगर्ने, चेकको दुरुपयोग गरी बाउन्स गराउने र अदालतमा मुद्दा दायर गर्ने धम्की दिने गरिएको पीडितहरूको गुनासो छ । यसले आफूहरू थप आर्थिक तथा मानसिक तनावमा परेको उनीहरूको भनाइ छ ।

यस प्रकरणमा रोहित वर्णवाल, सुदेव साह कानु, राजीव कुमार गुप्ता, धनञ्जय साह, रोशन गुप्ता, सनी जयसवाल, अमृत कुमार, मनिषा गुप्ता, सुबोध ठाकुर हजाम, अनिश अन्सारी, सीताराम सिंह, ऋतु कुमारी कलवार र उमेर प्रसाद गुप्तालगायतका व्यक्तिहरूको नामसमेत पीडित पक्षले जोडेको छ । यद्यपि, यी व्यक्तिहरूको संलग्नता सम्बन्धित निकायको अनुसन्धान र न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छ ।

पीडित राकेश सहनी र रूपा कुमारीले न्यायका लागि नबिल बैंकको वीरगंज शाखा, नेपाल राष्ट्र बैंक तथा प्रहरी प्रशासनसमक्ष पटक–पटक गुहार लगाउँदा पनि अपेक्षित सुनुवाइ नभएको गुनासो गरेका छन् । उनीहरूले आफूहरूलाई ज्यान मार्ने तथा सम्पत्ति हरण गर्ने धम्कीसमेत आएको आरोप लगाउँदै आफ्नो सुरक्षाको माग गरेका छन् ।

अब उठेका गम्भीर प्रश्न
बैंकको कर्जा विभागमा कार्यरत कर्मचारीमाथि नै ग्राहकको विश्वास दुरुपयोग गरी करोडौँ रकम हिनामिना गरेको आरोप लागेपछि बैंकको आन्तरिक नियन्त्रण प्रणाली र निगरानी संयन्त्रमाथि गम्भीर प्रश्न उठेको छ ।

यदि पीडितका आरोप सत्य हुन् भने बैंकका कर्मचारीको मिलेमतोबिना यति ठूलो आर्थिक कारोबार कसरी सम्भव भयो ? खाली चेक र आईपीएस फाराममा गराइएका हस्ताक्षरको प्रयोग कसरी भयो ? सम्बन्धित बैंक खाताबाट भएको कारोबारको निगरानी कसले गर्‍यो ? आरोपित व्यक्तिहरूको सम्पत्तिको स्रोतबारे छानबिन किन भएको छैन ?

यी प्रश्नको जवाफ सम्बन्धित बैंक व्यवस्थापन, नेपाल राष्ट्र बैंक, प्रहरी प्रशासन तथा अनुसन्धान गर्ने निकायले दिनुपर्ने देखिन्छ । पीडितहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गरी दोषी प्रमाणित हुने व्यक्तिलाई प्रचलित कानुनअनुसार कारबाही गर्न, गैरकानुनी रूपमा आर्जित सम्पत्तिको स्रोत छानबिन गर्न, पीडितको रकम फिर्ता गराउन तथा आवश्यक क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

बैंक जनताको विश्वासमा चल्ने संस्था हो । यदि त्यही विश्वासलाई माध्यम बनाएर आर्थिक शोषण गरिएको हो भने यो केवल केही व्यक्तिमाथिको ठगीको आरोप मात्र होइन, समग्र बैंकिङ प्रणालीको विश्वसनीयतामाथिको गम्भीर चुनौती हो । अब सम्बन्धित निकायले मौनता तोडेर सत्यतथ्य सार्वजनिक गर्ने बेला आएको छ ।

Tags: ऋणको प्रलोभन ठगी: नबिल बैंकको प्रणालीमाथि गम्भीर खेलवाड
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा बेरुजु फछ्र्यौट गर्न नयाँ कार्यविधि, पाँच वर्षसम्म नटुंगिए सरकारी बाँकीसरह असुल गरिने

मधेशमा बेरुजु फछ्र्यौट गर्न नयाँ कार्यविधि, पाँच वर्षसम्म नटुंगिए सरकारी बाँकीसरह असुल गरिने

कार्तिक १४, २०८३
पत्रकार साह हत्या प्रकरणः १९ वर्षपछि मुख्य अभियुक्त हाजिर, पुर्पक्षका लागि कारागार चलान

पत्रकार साह हत्या प्रकरणः १९ वर्षपछि मुख्य अभियुक्त हाजिर, पुर्पक्षका लागि कारागार चलान

कार्तिक १४, २०८३
बेमौसमी वर्षाले किसानको लगानी डुब्ने जोखिम, ठोरीमा तोरी र सुर्ती खेतीमा ठूलो क्षति

बेमौसमी वर्षाले किसानको लगानी डुब्ने जोखिम, ठोरीमा तोरी र सुर्ती खेतीमा ठूलो क्षति

कार्तिक १४, २०८३
पोखरिया नगरपालिकामा ठगी र आर्थिक अनियमितता बढ्दो, निष्पक्ष छानबिनको माग

गलत विवरणबाट अपाङ्गता परिचयपत्र जारी, पोखरियामा दुई कर्मचारीसहित तीन जना दोषी ठहर

कार्तिक १४, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि