Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बेमौसमी वर्षाले किसानको लगानी डुब्ने जोखिम, ठोरीमा तोरी र सुर्ती खेतीमा ठूलो क्षति

पर्सामा सबैभन्दा बढी तोरी खेती हुने ठोरी गाउँपालिका–५ सुवर्णपुरमा पनि वर्षाले व्यापक असर पारेको छ । प्रत्येक वर्ष करिब ६ सय बिघा क्षेत्रफलमा तोरी खेती हुँदै आएको सुवर्णपुरमा यस वर्ष अधिकांश खेती प्रभावित भएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । उनका अनुसार वडाको करिब ९५ प्रतिशत खेतीयोग्य जमिनमा तोरी छरिसकिएको थियो।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १४, २०८३
बेमौसमी वर्षाले किसानको लगानी डुब्ने जोखिम, ठोरीमा तोरी र सुर्ती खेतीमा ठूलो क्षति

वीरगंज (पर्सा), १४ कात्तिक । पाकेको धान भित्र्याउने र हिउँदेबाली हुर्काउने समयमा परेको बेमौसमी अविरल वर्षाले पर्साका किसानलाई दोहोरो मारमा पारेको छ । शुक्रबार बिहानदेखि लगातार परेको वर्षाका कारण ठोरी गाउँपालिकामा तोरी, सुर्ती तथा विभिन्न हिउँदे तरकारीबालीमा ठूलो क्षति पुगेको छ । खेतमा लगाएको बाली नष्ट भएपछि किसानको लगानी डुब्ने जोखिम बढेको छ भने पाकेको धान भित्र्याउनसमेत कठिनाइ भएको छ ।

पर्सामा तोरी खेती र सुर्ती उत्पादनका लागि परिचित ठोरी गाउँपालिकामा वर्षाको असर बढी देखिएको छ । यहाँका किसानले लगाएका तोरी, सुर्ती, राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बाली प्रभावित भएका छन् । वर्षाले एकातिर भर्खरै छरिएको बीउ नष्ट गरेको छ भने अर्कोतिर रोपिसकिएको बालीमा समेत क्षति पुर्‍याएको किसानहरूको गुनासो छ ।

ठोरी गाउँपालिका–४ विजयबस्तीका किसान अर्जुन श्रेष्ठका अनुसार यस क्षेत्रका किसानको प्रमुख नगदेबाली सुर्ती हो । सुर्ती रोपाइँ सम्पन्न भइसकेको अवस्थामा परेको अविरल वर्षाले खेतीमा ठूलो नोक्सानी पुर्‍याएको उनले बताए । अब पुनः रोपाइँ गर्न आवश्यक बिरुवा पाउन कठिन हुने र खेती गर्ने उपयुक्त समयसमेत बितिसकेकाले किसान थप समस्यामा परेको श्रेष्ठको भनाइ छ ।

पर्सामा सबैभन्दा बढी तोरी खेती हुने ठोरी गाउँपालिका–५ सुवर्णपुरमा पनि वर्षाले व्यापक असर पारेको छ । प्रत्येक वर्ष करिब ६ सय बिघा क्षेत्रफलमा तोरी खेती हुँदै आएको सुवर्णपुरमा यस वर्ष अधिकांश खेती प्रभावित भएको वडाध्यक्ष अष्टबहादुर लोप्चनले जानकारी दिए । उनका अनुसार वडाको करिब ९५ प्रतिशत खेतीयोग्य जमिनमा तोरी छरिसकिएको थियो। किसानले दुई पटक खेत जोतेर रासायनिक मलको व्यवस्था गर्दै बीउ छरेका थिए । तर, बीउ उम्रिन नपाउँदै लगातार वर्षा भएपछि लगाइएको तोरी खेती नष्ट भएको उनले बताए ।

किसानले यस वर्ष तोरी खेतीका लागि आवश्यक डीएपी, युरिया र पोटासजस्ता रासायनिक मलसमेत सहज रूपमा पाउन सकेका थिएनन् । मलको अभावबीच जसोतसो बीउ र मल जुटाएर खेती गरेका किसानको मेहनत वर्षाले खेर गएपछि उनीहरू निराश बनेका छन् । वर्षाले पहिलो चरणको खेती नै बिगारेपछि अब पुनः बाली लगाउन किसानले बीउबिजन खरिद, खेत जोताइ र मलखादमा थप खर्च गर्नुपर्ने अवस्था आएको वडाध्यक्ष लोप्चनले बताए । यसले उत्पादन लागत बढाउनुका साथै किसानमाथि थप आर्थिक भार पर्ने देखिएको छ ।

धान भित्र्याउन पनि समस्या, अन्य पालिकामा क्षतिको जोखिम
ठोरीमा देखिएको क्षति अन्य पालिकामा पनि फैलिएको हुन सक्ने भन्दै जिल्लाभरका किसान चिन्तित छन् । विशेषगरी खेतमा पाकेर काट्ने तयारीमा रहेको धान वर्षाका कारण प्रभावित हुने जोखिम बढेको छ । लगातारको पानीले खेतमा चिस्यान र पानी जम्ने अवस्था सिर्जना हुँदा धान काट्न, सुकाउन तथा सुरक्षित रूपमा भित्र्याउन समस्या भएको छ ।

त्यस्तै, जिल्लाका विभिन्न स्थानमा लगाइएका हिउँदे तरकारीबाली पनि अत्यधिक वर्षा र चिस्यानका कारण प्रभावित हुन सक्ने देखिएको छ । ठोरीका किसानले राजमा, आलु, काउली, बन्दा, लसुन, मूला र भन्टालगायतका बालीमा समेत नोक्सानी भएको बताएका छन् ।

बेमौसमी वर्षाले किसानको महिनौँको मेहनत र लगानी जोखिममा पारेको छ । एकातिर नयाँ बाली लगाउने तयारी प्रभावित भएको छ भने अर्कोतिर पाकेको धानसमेत सुरक्षित रूपमा भित्र्याउन नसक्दा किसानको आम्दानीमा असर पर्ने देखिएको छ ।

वर्षाबाट भएको क्षतिको यकिन विवरण संकलन गरी प्रभावित किसानको पहिचान गर्न तथा आवश्यक राहत र कृषि सहयोग उपलब्ध गराउन सम्बन्धित स्थानीय तहले तत्काल पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । विशेषगरी पुनः खेती गर्नुपर्ने किसानलाई बीउबिजन र मलखादको व्यवस्था तथा सम्भावित क्षतिका आधारमा राहत उपलब्ध गराउन ढिलाइ गर्न नहुने देखिन्छ ।

Tags: तोरी र सुर्ती खेतीमा ठूलो क्षति
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

कार्तिक १५, २०८३
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

कार्तिक १५, २०८३
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

कार्तिक १५, २०८३
नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

कार्तिक १५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि