Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज राष्ट्रिय स्वतन्त्र पार्टी वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो । पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १५, २०८३
नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

काठमाडौँ, १५ कात्तिक । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सले लगातार दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्नेक्रममा जनकपुर बोल्ट्सले आइतबार सम्पन्न खेलमा पोखरा एभेन्जर्सलाई नौ रनले हरायो । पोखराले भने प्रतियोगितामा हारको श्रृङ्खला तोड्न सकेको छैन । पोखरा पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग पनि पराजित भएको थियो ।

आफ्नो दोस्रो खेलमा जनकपुरबाट प्राप्त १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा नौ गुमाएर १३८ रन बनायो । पोखराका लागि कुशल भूर्तेलले २४ बलमा पाँच चौकासहित सर्वाधिक ३५ रन बनाए । यस्तै, विपिन आचार्यले २०, विपिन खत्रीले अविजित १७ र किरण ठगुन्नाले १५ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा पनि रन जोड्न सकेनन् । बलिङतर्फ जनकपुर बोल्ट्सका लागि मोइन अलीले चार ओभरमा एक मेडनसहित १३ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, हरमित सिंह र सैफ हसनले समान दुई–दुई तथा जिमी निशम र ललितनारायण राजवंशीले एक–एक विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १४७ रन बनायो । जनकपुरका लागि प्रारम्भिक ब्याटर तृतराज दासले अर्धशतकीय इनिङ खेले । उनले ५५ बलमा सात चौका र दुई छक्काको मद्दतमा ६१ रनको इनिङ खेलेका हुन् । जारी एनपिएल करिअरमा तृतराजको यो पहिलो अर्धशतक हो । यस्तै, मोइन अलीले १६ बलमा तीन चौका र एक छक्कासहित २१ रन बनाए ।

अविजित रहेका अभिषेक तिवारीले १० बलमा २ छक्का र १ चौकासहित २४ रनको उत्कृष्ट पारी खेले । जिमी निशम ११ रनमा आउट भए । बलिङतर्फ पोखरा एभेन्जर्सका लागि शाकिब अल हसनले चार ओभरमा १५ रन दिएर सर्वाधिक तीन विकेट लिए । यस्तै, चमिका करुणारत्नेले दुई, मेहदी हसन र मोहम्मद सैफउद्दिनले समान एक–एक विकेट हात पारे । आजको जितपछि जनकपुर अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले तीन खेलबाट चार अङ्क जोडेको छ । अङ्कविहीन पोखरा भने तालिकाको पुछारमा रहेको छ । रासस

Tags: नेपाल प्रिमियर लिग
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

चाडपर्वमा चम्किन्छ माटाका भाँडाको बजार, वर्षभरि सुस्ताउँछ कारोबार

कार्तिक १५, २०८३
महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

महेन्द्रनगरमा दुई आकाशे पुल निर्माण सम्पन्न, तेस्रो निर्माणाधीन

कार्तिक १५, २०८३
पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

पोलियो पूर्ण उन्मूलन गर्ने उद्देश्यले वीरगंजमा जनचेतनामूलक र्‍याली

कार्तिक १५, २०८३
नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

नपिएलः पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सको जित

कार्तिक १५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि