Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो । विद्यार्थीको नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमता विकाससँगै सामाजिक र शैक्षिक विषयप्रतिको बुझाइ उजागर गर्ने उद्देश्यले आयोजित फेस्टिभलमा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

वीरगंज (पर्सा), १८ असोज । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पर्साको आयोजनामा सम्पन्न ‘प्याब्सन राइम्स फेस्टिबल’मा विद्या सदन स्कुल प्रथम भएको छ । वीरगंजस्थित क्लासिक ब्याङ्क्‌वेट हलमा आयोजित प्रतियोगितामा विद्या सदनले २६९ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । मूनलाइट स्कुल २४१ अंकसहित दोस्रो, लिटल फ्लावर स्कुल २२६.५ अंकसहित तेस्रो, रोयल एकेडेमी २२०.५ अंकसहित चौथो र ज्ञानदा एकेडेमी २१८.५ अंकसहित पाँचौँ भएका छन् ।

उत्कृष्ट पोसाक प्रस्तुतिका लागि गुरुकुल पन्ना मेमोरियललाई ‘बेस्ट कस्ट्युम अवार्ड’ प्रदान गरिएको थियो । विद्यार्थीको नृत्य, सिर्जनशीलता तथा प्रस्तुति क्षमता विकाससँगै सामाजिक र शैक्षिक विषयप्रतिको बुझाइ उजागर गर्ने उद्देश्यले आयोजित फेस्टिभलमा विभिन्न विद्यालयका विद्यार्थीले उत्साहपूर्वक सहभागिता जनाएका थिए । विद्यार्थीहरूले राइम्स तथा प्रस्तुतिमार्फत शिक्षा, शान्ति, मानवता, जंक फुड तथा स्वस्थ खानपानलगायत सामाजिक विषय उठाएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा तथा समन्वय एकाइ पर्साका अध्यक्ष मोती भट्टराईले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आत्मविश्वास, सिर्जनशीलता र सामाजिक विषयप्रतिको चेतना विकास गर्न सहयोग पुग्ने उल्लेख गरे । कार्यक्रमको अध्यक्षता प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी र प्याब्सन वीरगंज महानगर अध्यक्ष राहुल श्रीवास्तवले संयुक्त रूपमा गरेका थिए ।

कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष सुशीला साह, गोपाल साह, गुरुकुलका प्रधानाध्यापक तेजिन्द्र कौर, रोयल एकेडेमी स्कुलका प्रधानाध्यापक विजया ओझैया, क्रियाशील युवा पत्रकार मञ्च नेपालका अध्यक्ष आनन्द पटेल, महासचिव राकेशकुमार साह, पत्रकार जगत राई,प्याब्सन पर्साका सचिव अशोक संग्रौला तथा मिडिया संयोजक दिपु वर्णवाललगायतको उपस्थिति थियो ।

कार्यक्रमको संयोजन प्याब्सन महानगर सदस्य विजयकुमार बलले गरेका थिए भने सञ्चालन प्याब्सन महानगर सचिव अमित आलोकले गरेका थिए । प्रतियोगिताको निर्णायक मण्डलमा रानी खरेल, पिंकी जोशी र द्विवेश गुप्ता रहेका थिए । विद्यार्थीहरूको प्रस्तुति मनोरञ्जनमा मात्र सीमित नभई शिक्षा, सामाजिक चेतना र स्वस्थ जीवनशैलीसँग जोडिएको सन्देशमूलक कार्यक्रमका रूपमा प्रस्तुत भएको थियो ।

Tags: प्याब्सन राइम्स फेस्टिबल
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३
वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

वीरगंजमा पहिलोपटक ‘प्याब्सन राइम्स फेस्ट’ हुँदै, २० विद्यालयका बालबालिका सहभागी

अशोज १७, २०८३
नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

नेपालबाट भारततर्फ लैजाँदै गरेको ११० किलो गाँजासहित तीनजना पक्राउ

अशोज १७, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि