Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुल क्षेत्रमा गएराति करिब १ बजे सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद अवस्थामा दुईवटा सवारीसाधन फेला पारेको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो पिकअप र त्यसलाई पछाडिबाट स्कर्टिङ गर्दै अघि बढिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८३
११ क्विन्टलभन्दा बढी गाँजा बरामद, पिकअप र मोटरसाइकल नियन्त्रणमा

सुखीपुर (सिरहा), १५ असोज । सिरहाको सुखीपुरबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध गाँजा बरामद गरेको छ । विशेष सूचनाका आधारमा गरिएको कारबाहीमा ११ क्विन्टलभन्दा बढी गाँजासहित ओसारपसारमा प्रयोग भएको बोलेरो पिकअप र मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोक नजिक गागन खोलाको पुल क्षेत्रमा गएराति करिब १ बजे सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले शंकास्पद अवस्थामा दुईवटा सवारीसाधन फेला पारेको थियो । सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण, सुरक्षा बेस गोलबजार र सुरक्षा बेस सुखीपुरबाट परिचालित संयुक्त टोलीले बा १४ च २९४ नम्बरको बोलेरो पिकअप र त्यसलाई पछाडिबाट स्कर्टिङ गर्दै अघि बढिरहेको स ६ प ४८५९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

गस्ती टोलीले सवारीसाधन रोक्न संकेत गरेपछि दुवै सवारीका चालकले प्रहरीलाई देख्नेबित्तिकै सवारीसाधन त्यहीँ छाडेर फरार भएको सशस्त्र प्रहरीले जनाएको छ । त्यसपछि बोलेरो पिकअपको खानतलासी गर्दा पछाडिको भागमा २६ वटा जुटका बोरा फेला परेका थिए । ती बोराभित्र लुकाएर राखिएको अवस्थामा १ हजार १०२ दशमलव ६५५ किलोग्राम अर्थात् ११ क्विन्टल २ किलोभन्दा बढी गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

रातको समयमा ठूलो परिमाणमा गाँजा सवारीसाधनमार्फत ओसारपसार भइरहेको भेटिएपछि प्रहरीले यसलाई सीमापार तस्करीसँग जोडेर अनुसन्धान अघि बढाएको छ । प्रारम्भिक अनुसन्धानमा बरामद गाँजा भारततर्फ लैजाने उद्देश्यले ओसारपसार गरिएको हुनसक्ने प्रहरीको अनुमान छ ।बरामद गाँजा, बोलेरो पिकअप र मोटरसाइकललाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा नेपाल प्रहरीको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

घटनापछि फरार भएका दुवै चालकको खोजी तीव्र पारिएको छ । साथै गाँजा ओसारपसारमा संलग्न सम्भावित व्यक्ति तथा समूहको पहिचानका लागि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Tags: सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि