Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

जगरनाथपुर गाउँपालिका–५ का स्थायी बासिन्दा तथा हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय मन्सुरीलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । मन्सुरी भैंसी तथा पाडाको व्यापार गर्दै आएका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १५, २०८३
सालीको मृत्यु प्रकरणमा पाँच वर्षपछि एमाले नेता जालिम मियाँका छोरा जाफिर पक्राउ

वीरगंज (पर्सा), १५ असोज । नेकपा एमालेका नेता तथा पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरीलाई प्रहरीले पक्राउ गरेको छ । ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि उनलाई बुधबार वीरगंजबाट पक्राउ गरिएको हो ।

जगरनाथपुर गाउँपालिका–५ का स्थायी बासिन्दा तथा हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय मन्सुरीलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । मन्सुरी भैंसी तथा पाडाको व्यापार गर्दै आएका छन् ।

प्रहरीका अनुसार मन्सुरीमाथि आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोप छ । जगरनाथपुर गाउँपालिका–४ निवासी उनकी अविवाहित सालीको मृत्यु भएको घटनामा यसअघि उनका दाजु नासिर अहमदलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । नासिर हाल प्रहरी हिरासतमा छन् ।

पाँच वर्षअघि गुपचुप शव गाड्ने प्रयास
प्रहरीका अनुसार २०७८ साल असोज २१ गते ती युवतीको शव वीरगंज महानगरपालिका–१३ मुर्लीस्थित कब्रस्तानमा प्रहरीलाई जानकारी नदिई गाड्ने प्रयास गरिएको थियो । शव गाड्न लागिएको सूचना पाएपछि प्रहरीले घटनास्थलबाट नासिर, जाफिरलगायत व्यक्तिलाई नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा युवतीमाथि जबर्जस्ती करणी भएको र त्यसपछि अत्यधिक रक्तश्रावका कारण सिकिस्त अवस्थामा गाउँकै एक क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएको आरोपसमेत प्रहरीले उल्लेख गरेको छ ।

मृत्युपछि घटना लुकाउने उद्देश्यले शवलाई वीरगंज ल्याएर कब्रस्तानमा गुपचुप रूपमा गाड्न खोजिएको आरोप छ । सोही घटनाको अनुसन्धानका क्रममा प्रहरीले संलग्नताको आरोप लागेका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाएको हो ।

पाँच वर्षपछि फेरि अनुसन्धान तीव्र
घटना भएको करिब पाँच वर्षपछि प्रहरीले नासिर र जाफिरलाई पक्राउ गरेर अनुसन्धानलाई पुनः अगाडि बढाएको जनाएको छ । यसअघि राजनीतिक पहुँचका कारण घटनाको अनुसन्धान प्रभावकारी रूपमा अघि नबढाइएको आरोपसमेत लाग्दै आएको थियो ।

प्रहरीले भने अहिले घटनालाई पुनः अनुसन्धानको दायरामा ल्याइएको जनाएको छ । घटनामा संलग्न रहेको आरोप लागेका अन्य व्यक्तिहरू अझै फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी प्रवक्ता मल्लले बताए ।

पक्राउ परेका जाफिरमाथि ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाको वास्तविकता विस्तृत अनुसन्धानपछि थप स्पष्ट हुने प्रहरीको भनाइ छ ।

Tags: जिल्ला प्रहरी कार्यालय पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३
२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

२५० रुपैयाँ दैनिक पारिश्रमिकमा ८ घण्टा ड्युटीः कर्मचारीको पीडा ‘ड्रेस किन्ने कि चुल्हो बाल्ने?’

अशोज १५, २०८३
एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

एक वर्षदेखि सम्पर्कविहीन महिलाको वीरगंजमा भाइसँग पुनर्मिलन

अशोज १५, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि