Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दुई दशकदेखि रोकिएको ड्राइपोर्टको मुअब्जाः श्रीसियावासीको आक्रोश, तत्काल भुक्तानी गर

ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा प्रक्रिया करिब दुई दशक बितिसक्दा पनि पूर्ण रूपमा टुंगोमा नपुगेको स्थानीयको गुनासो छ । कतिपय जग्गाधनीले अहिलेसम्म आफ्नो जग्गाको पूर्ण मुआब्जा पाउन नसकेको भन्दै स्थानीयवासीले अब ढिलाइ नगरी प्रक्रिया निष्कर्षमा पुर्‍याउन माग गरेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १३, २०८३
दुई दशकदेखि रोकिएको ड्राइपोर्टको मुअब्जाः श्रीसियावासीको आक्रोश, तत्काल भुक्तानी गर

वीरगंज (पर्सा), १३ असोज । वीरगंज महानगरपालिका–२५ श्रीसियाका बासिन्दाले ड्राइपोर्ट निर्माणका लागि वर्षौँअघि अधिग्रहण गरिएको जग्गाको बाँकी मुआब्जा तथा क्षतिपूर्ति तत्काल उपलब्ध गराउन माग गरेका छन् । लामो समयसम्म प्रक्रिया टुंगिन नसक्दा प्रभावित जग्गाधनी आर्थिक तथा सामाजिक समस्यामा परेको भन्दै उनीहरूले सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गाको मुआब्जा प्रक्रिया करिब दुई दशक बितिसक्दा पनि पूर्ण रूपमा टुंगोमा नपुगेको स्थानीयको गुनासो छ । कतिपय जग्गाधनीले अहिलेसम्म आफ्नो जग्गाको पूर्ण मुआब्जा पाउन नसकेको भन्दै स्थानीयवासीले अब ढिलाइ नगरी प्रक्रिया निष्कर्षमा पुर्‍याउन माग गरेका छन् ।

मुआब्जा संघर्ष समिति वीरगंज–२५ श्रीसियाका अध्यक्ष अशोककुमार चौधरीको नेतृत्वमा स्थानीयवासीले वीरगंज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण मैनालीलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमार्फत उनीहरूले वर्षौँदेखि अल्झिएको मुआब्जा प्रक्रिया शीघ्र टुंग्याएर प्रभावितलाई पाउनुपर्ने रकम उपलब्ध गराउन माग गरेका हुन् ।

संघर्ष समितिका अनुसार ड्राइपोर्ट निर्माणका लागि २०६१ सालदेखि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको थियो । तर, प्रक्रिया सुरु भएको लामो समय बितिसक्दा पनि केही जग्गाधनीले आफ्नो सम्पत्तिको पूर्ण मुआब्जा प्राप्त गर्न नसकेको उनीहरूको भनाइ छ ।

स्थानीयवासीले मुआब्जा वितरणमा देखिएको समस्या नापजाँचका क्रममा तयार भएका नक्सा तथा फिल्डबुकमा रहेका त्रुटिसँग जोडिएको बताएका छन् । अभिलेखमा भएको विवरण र वास्तविक जग्गाधनीबीच देखिएको फरकका कारण मुआब्जा निर्धारण तथा वितरणमा समस्या उत्पन्न भएको उनीहरूको दाबी छ ।

उनीहरूले नक्सा, फिल्डबुकलगायत अभिलेखमा देखिएका त्रुटि तत्काल सच्याउन माग गरेका छन् । साथै, वास्तविक जग्गाधनीको पहिचान गरी उनीहरूले पाउनुपर्ने बाँकी मुआब्जा र भौतिक संरचनाको क्षतिपूर्तिसमेत उपलब्ध गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।

लामो समयदेखि रोकिएको मुआब्जा प्रक्रियाका कारण प्रभावित परिवारले आर्थिक भार खेप्नुपरेको स्थानीयको भनाइ छ । वर्षौँअघि राज्यका लागि जग्गा उपलब्ध गराए पनि त्यसको पूर्ण मूल्य पाउन नसक्नु आफूहरूमाथिको अन्याय भएको भन्दै उनीहरूले समस्या तत्काल समाधान गर्न माग गरेका छन् ।

स्थानीयवासीले अब कागजी प्रक्रिया र प्राविधिक त्रुटिको नाममा थप ढिलाइ नगरी वास्तविक जग्गाधनी पहिचान, अभिलेख सच्याउने काम र बाँकी मुआब्जा तथा क्षतिपूर्ति वितरणलाई प्राथमिकताका साथ अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन् ।

Tags: जग्गा अधिग्रहण भएको दुई दशक: मुआब्जा अझै टुंगिएन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आवासीय चिकित्सकहरुलाई छात्रावास खाली गर्न दिइएको निर्देशन तत्कालको लागि स्थगित

रेजिडेन्ट चिकित्सक २४ दिनदेखि आन्दोलनमा, ‘फेक फाइल’ र ‘फेक फ्याकल्टी’ छानबिन गर्न माग

अशोज २२, २०८३
नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

नापी अभिलेखमै नभएको श्रेस्ताबाट लालपुर्जा बनाउने प्रयास, शंका लागेपछि प्रक्रिया रोकियो

अशोज २२, २०८३
एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

एमाले केन्द्रीय सदस्य सरावगीले लिए रास्वपाको सदस्यता, सदस्यता विवरण सार्वजनिक

अशोज २२, २०८३
पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

पाँच वर्षीया बालिकामाथि जबर्जस्ती करणी प्रयासः स्कुल बसका सहचालकविरुद्ध मुद्दा

अशोज २२, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि