Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहित सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साहलगायत जनप्रतिनिधिको टोलीले शनिबार मर्यादपुर पुगेर तटबन्ध र कटान प्रभावित क्षेत्रको निरीक्षण गरेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

गौर (रौतहट), ११ असोज । अविरल वर्षापछि लालबकैया नदीमा आएको बाढीले रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरस्थित तटबन्धमा तीव्र कटान गरिरहेको छ । तटबन्ध कमजोर बन्दै गएपछि नदीको पानी बस्ती र खेतीयोग्य जमिनमा पस्ने जोखिम बढेको छ । नदीको बहाव निरन्तर बढिरहेका बेला तटबन्ध आसपासको भू–भागमा कटान तीव्र भएपछि स्थानीय बासिन्दामा त्रास बढेको छ ।

तटबन्ध भत्किए ठूलो क्षेत्रमा बाढी पस्न सक्ने जोखिम देखिएपछि जिल्ला प्रशासन र स्थानीय तहले जोखिम क्षेत्रको स्थलगत निरीक्षण गरी आवश्यक तयारी अघि बढाएका छन् । रौतहटका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद पौडेल, प्रहरी उपरीक्षक सीताराम रिजालसहित सुरक्षा निकायका अधिकारी तथा मौलापुर नगरपालिकाकी नगर प्रमुख रिनादेवी साहलगायत जनप्रतिनिधिको टोलीले शनिबार मर्यादपुर पुगेर तटबन्ध र कटान प्रभावित क्षेत्रको निरीक्षण गरेको हो । टोलीले स्थानीय बासिन्दासँग छलफल गर्दै सम्भावित जोखिमका विषयमा जानकारी लिनुका साथै नआत्तिन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार मर्यादपुरस्थित तटबन्ध भत्किए मौलापुर, गम्हरिया, बरगिनिया, शीतलपुर, सन्तपुर र पेटभरवासहित आसपासका बस्ती प्रत्यक्ष प्रभावित हुन सक्छन् । सम्भावित जोखिमलाई मध्यनजर गर्दै सुरक्षा तथा उद्धार व्यवस्थापनका लागि आवश्यक तयारी गरिएको उनले बताए । पौडेलले जोखिमयुक्त क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोली परिचालन गरी तटबन्धको अवस्था र नदीको बहाव निरन्तर निगरानी गर्न निर्देशन दिइएको जानकारी दिए । उनले प्रभावित क्षेत्रका बासिन्दालाई वर्षाका बेला विशेष सावधानी अपनाउन र जोखिम बढे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरेका छन् ।

यता, जिल्ला प्रशासन कार्यालयले फतुवा पुलनजिक भगवानपुर क्षेत्रमा रहेको तटबन्धसमेत नदीको कटानमा परेको जनाएको छ । उक्त क्षेत्रको तटबन्धमा भइरहेको कटानका कारण आसपासका बस्ती हुँदै सदरमुकाम गौरसम्म जोखिम हुन सक्ने भन्दै प्रशासनले त्यहाँका बासिन्दालाई पनि सतर्क रहन आग्रह गरेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढिरहेकाले तटबन्धको अवस्था र कटानको निगरानीलाई थप तीव्र पारिएको प्रशासनले जनाएको छ ।

Tags: लालबकैया नदीको तटबन्ध
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

अशोज १२, २०८३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

अशोज ११, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

अशोज ११, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि