Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नारायणी नदीको बाढीले सुस्तामा मच्चायो त्रासः एक सय ६५ घर प्रभावित, २९ जनाको सकुशल उद्धार

थारु टोलका ७८ परिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो । बाढी थप बस्तीमा प्रवेश गरेपछि सैनिक टोल र बड्का टोलका थप ८५ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८३
नारायणी नदीको बाढीले सुस्तामा मच्चायो त्रासः एक सय ६५ घर प्रभावित, २९ जनाको सकुशल उद्धार

नवलपरासी, १० असोज । नारायणी नदीको जलस्तर लगातार बढेपछि पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ का बस्तीहरू बाढीको उच्च जोखिममा परेका छन् । नदीको बाढी बस्तीमा पस्दा १६५ घर प्रभावित भएका छन् भने सशस्त्र प्रहरीले डुबानमा परेका २९ जनाको सकुशल उद्धार गरेको छ । केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेपछि शुक्रबारदेखि सुस्ताको थारु टोलमा बाढी पस्न थालेको थियो ।

त्यसपछि सैनिक टोल र बड्का टोलमा समेत पानी पस्दा स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । थारु टोलका ७८ परिवारलाई शुक्रबार दिउँसो नै सुस्तामा निर्माण गरिएको होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको थियो । बाढी थप बस्तीमा प्रवेश गरेपछि सैनिक टोल र बड्का टोलका थप ८५ परिवारलाई समेत सुरक्षित स्थानमा सारिएको सशस्त्र प्रहरी बेस क्याम्प सुस्ताले जनाएको छ ।

यसैबीच डुबानमा परेका स्थानीयको उद्धारका लागि शनिबार बिहान सशस्त्र प्रहरी बल, नेपाल बीओपी सुस्ताबाट उद्धार टोली परिचालन गरिएको थियो । सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमान्डमा खटिएको २१ सदस्यीय टोलीले बाढीमा फसेका २९ जनालाई सकुशल उद्धार गरेको हो। उद्धार टोलीले एक गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ । उद्धार गरिएका मानिस तथा चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ सेन्टरमा राखिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बढ्दो जलस्तरले थप जोखिम
नारायणी नदीमा पानीको सतह अझै बढ्ने क्रममा रहेकाले सुस्ताका अन्य बस्तीसमेत जोखिममा रहेको स्थानीयले बताएका छन् । शनिबार बिहान ७ बजे गण्डक ब्यारेजमा गरिएको मापनअनुसार नदीमा पानीको बहाव प्रतिसेकेन्ड २ लाख ६७ हजार क्युसेक पुगेको थियो ।

स्थानीयका अनुसार नारायणी नदीले धार परिवर्तन गरेर सुस्तातर्फ सोझिएपछि करिब एक लाख क्युसेक पानीको बहाव पुग्नेबित्तिकै बस्तीमा बाढी पस्ने गरेको छ । अहिले नदीको बहाव त्यसभन्दा निकै माथि पुगेकाले जोखिम थप बढेको वडा सदस्य आदम खानले बताए । बाढीका कारण कच्ची घरमा पानी पस्दा स्थानीयको जनजीवन प्रभावित भएको छ । बस्तीका साथै उखु खेतीमा समेत क्षति पुगेको स्थानीयको भनाइ छ ।

१३२ मिटर तटबन्ध अधुरै
सुस्तामा बाढीको जोखिम बढ्नुको अर्को कारण निर्माणाधीन तटबन्धको अधुरो कामलाई स्थानीयले औँल्याएका छन् । निर्माण हुन बाँकी रहेको करिब १३२ मिटर क्षेत्रमा नदीले कटान गर्दै बस्ती नजिकै पुगेको स्थानीय बाबु खानले बताए ।

स्थानीयका अनुसार उक्त तटबन्ध निर्माण भारतीय पक्षबाट रोकिएपछि सो क्षेत्र अझै अधुरो अवस्थामा छ । नदीको बहाव बढेसँगै त्यही क्षेत्रबाट कटानको जोखिम बढेको उनीहरूको भनाइ छ । बाढीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राखेको छ । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जोखिममा परेका परिवारलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आए सुरक्षाकर्मीको टोली परिचालनका लागि तयारी अवस्थामा रहेको बताए ।

यसैबीच बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरीको उद्धार तथा निगरानी कार्य जारी रहेको छ । नदीको जलस्तर अझै बढिरहेको अवस्थामा सुस्ताका बाँकी बस्तीमा समेत बाढी पस्न सक्ने जोखिम रहेकाले स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको सुरक्षा निकायले जनाएको छ ।

Tags: नारायणीको जलस्तर बढ्दो: सुस्ताका बस्ती उच्च जोखिममा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि