वीरगंज (पर्सा), १० असोज । मानव अधिकार एवं कैदी–बन्दी न्यायिक सरोकार मञ्च नेपाल, मधेश प्रदेशको प्रथम अधिवेशनले प्रविण श्रीवास्तवको अध्यक्षतामा नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ । शनिबार वीरगंजमा सम्पन्न अधिवेशनले श्रीवास्तवको नेतृत्वमा प्रदेशस्तरीय नयाँ कार्यसमिति गठन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रुपा पाण्डे, रमन कुमार सिंह र बिक्रम बसनेत चयन भएका छन् । त्यस्तै राधेश्याम साह सोनार महासचिव, सन्दिप कुमार पाठक र संजीता कुमारी मण्डल सचिव तथा मञ्जु कुमारी सिंह र रमेश प्रसाद सरार्फ सहसचिवमा चयन भएका छन् । कोषाध्यक्षको जिम्मेवारी म. सेराख अलीलाई दिइएको छ ।
त्यसैगरी सदस्यहरूमा मन्नु श्रीवास्तव, रबिन श्रीवास्तव, महिरू सेन मिया, नारायण त्रिपाठी, आदित्य श्रीवास्तव, नवनित प्रसाद, रञ्जीता कुमारी साह, प्रमोद कुमार साह, मनोज कुमार साह, प्रिया साह, सुरज पटेल, श्याम जी साह सोनार, मुकेश कुमार मण्डल र महिमा कुमारी चौधरी निर्विरोध चयन भएका छन् ।
अधिवेशनमा मञ्चकी केन्द्रीय अध्यक्ष लक्ष्मी कुमारी खांड, उपाध्यक्ष दामोदर ढकाल शर्मा, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापा, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजु कार्की तथा कारागारका प्रतिनिधि सुनिल चौरसियालगायतको उपस्थिति रहेको थियो ।
अधिवेशनले मधेश प्रदेशमा मानव अधिकारको संरक्षण तथा कैदी–बन्दीका न्यायिक सरोकारका विषयलाई संस्थागत रूपमा अघि बढाउन नयाँ नेतृत्वलाई जिम्मेवारी दिएको छ । सर्वसम्मत रूपमा कार्यसमिति चयन भएपछि मञ्चको प्रदेशस्तरीय गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । 



























प्रतिक्रिया दिनुहोस् !