Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानीमा पहिलो भेट्रान कप हुँदै, ४० वर्षमाथिका खेलाडी मैदानमा उत्रिँदै

सेढवास्थित मिनी रंगशालामा असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४० वर्ष उमेर पार गरेका खेलाडीहरू प्रतिस्पर्धामा उत्रिनेछन् । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८३
जिराभवानीमा पहिलो भेट्रान कप हुँदै, ४० वर्षमाथिका खेलाडी मैदानमा उत्रिँदै

वीरगंज (पर्सा), १० असोज । गाउँघरमा खेलकुदको माहोल विस्तार गर्दै नयाँ पुस्तालाई फुटबलतर्फ आकर्षित गर्ने उद्देश्यले पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा ‘प्रथम जिराभवानी भेट्रान कप–२०८३’ आयोजना हुने भएको छ । सेढवास्थित मिनी रंगशालामा असोज २४ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ४० वर्ष उमेर पार गरेका खेलाडीहरू प्रतिस्पर्धामा उत्रिनेछन् । जिराभवानी भेट्रान क्लबको आयोजना तथा प्रगति युवा समाज नेपाल, जिराभवानी–२ सेढवाको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगिताको तयारीबारे जानकारी गराउन शनिबार जिराभवानी भेट्रान क्लबले पत्रकार सम्मेलन आयोजना गरेको थियो । क्लबका अध्यक्ष चक्रधारी चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा युवा समाजसेवी कृष्ण चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए । पत्रकार सम्मेलनमा युवा समाजसेवी चौधरीले ग्रामीण क्षेत्रका युवालाई खेलकुदमा जोड्ने र उनीहरूलाई कुलत तथा नकारात्मक गतिविधिबाट टाढा राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

उनका अनुसार ४० वर्ष कटिसकेका खेलाडीहरू स्वयं मैदानमा फर्किएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रतिको आकर्षण र उत्साह बढ्ने अपेक्षा गरिएको छ । ‘खेलकुदले युवालाई अनुशासित बनाउनुका साथै उनीहरूलाई सकारात्मक गतिविधिमा अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छ,’ चौधरीले भने । प्रतियोगितामा १६ वटा भेट्रान क्लबलाई सहभागी गराउने लक्ष्य आयोजकले राखेको छ ।

जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीका अनुसार हालसम्म ११ वटा टोलीको सहभागिता निश्चित भइसकेको छ भने बाँकी टोलीलाई पनि प्रतियोगितामा सहभागी गराउने प्रक्रिया अघि बढिरहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै उपविजेता टोलीलाई २५ हजार रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार भेट्रान कप केवल प्रतिस्पर्धामा सीमित नभई लामो समयदेखि खेलमैदानबाट टाढिएका ४० वर्षमाथिका खेलाडीलाई पुनः सक्रिय बनाउने अवसरसमेत हुनेछ । साथै प्रतियोगिताले स्थानीयस्तरमा फुटबलको वातावरण निर्माण गर्नुका साथै नयाँ पुस्तालाई खेलकुदमा आकर्षित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

गाउँस्तरमा भेट्रान खेलाडीलाई केन्द्रमा राखेर आयोजना हुन लागेको प्रतियोगिताले अनुभवी खेलाडीको खेलप्रतिको लगावलाई निरन्तरता दिनुका साथै युवा पुस्तामा खेलकुदप्रतिको सकारात्मक संस्कार विकास गर्ने आयोजकको विश्वास छ ।

Tags: जिराभवानी भेट्रान कप
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि