Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

आकाशबाट ठूलो वर्षा हुँदा रातमा चिन्ताले निन्द्रा नै लाग्दैन,” उहाँ भन्नुहुन्छ, “भारी वर्षा हुँदैछ भन्ने खबर सुन्दा मन अझै तर्सिरहेको छ । दुई वर्षअघिको जस्तै विपद्ले तहल्का मच्चाउने त होइन भन्ने लागिरहन्छ ।” त्यतिबेला मन्दिर बगाएको त्यो दिन सम्झँदा खड्काका पनि मन भारी हुन छाडेको छैन । “हेर्दाहेर्दै मन्दिर पनि लडेको देखियो, त्यता फर्केर हेर्दा पनि अझै उराठ लाग्छ,” उहाँ भन्नुहुन्छ । पन्ध्र वर्षदेखि मासु पसल सञ्चालन गर्दै आउनुभएका रमेश खत्रीका लागि वर्षा अब सामान्य मौसम मात्र रहेन ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ९, २०८३
मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

● प्रगति ढकाल
काठमाडौँ, ९ असोज ।
यतिबेला मौसम धुम्म छ । बेलाबेला आकाशबाट झमझम पानी परिरहेको छ । कतै बाढीपहिरोको त कतै डुबानको त्रास छ । ललितपुरको गोदावारी नगरपालिकास्थित टीकाभैरवका स्थानीय यतिबेला आकाशतिर हेर्छन् । आकाश उज्यालिने छाँडकाँट नहुँदा मन अँध्यारिन्छ । जब आकाशबाट ठूलो पानी पर्न थाल्छ जब स्थानीयको मनमा दुई वर्षअघिको नल्लु बाढीको दृश्य दोहोरिन थाल्छ ।

वर्षौंदेखि आस्थाको केन्द्र बनेको टीकाभैरव मन्दिर बाढीको भेलमा बग्दै गएको, बस्तीमा बाढी पसेको त्यो दृश्य अझै नाचिरहेको छ, स्थानीय कृष्ण श्रेष्ठका आँखामा । “हेर्दाहेर्दै मन्दिरको छानासम्म पानी पुग्यो । आँखै अगाडि मन्दिर बगायो”, उहाँ भन्नुहुन्छ, “मान्छेका घरहरू पनि डुबाउन थाल्यो । मुलधारे वर्षामा भिज्दै कोही बच्चा काखमा च्यापेर भाग्न थाले । कोही कुखुरा त कोही बाख्रा डोहोराएर भागिरहेका थिए ।” नल्लु खोलामा बाढी आएको यो पहिलोपटक भने होइन ।

श्रेष्ठका अनुसार आफूले थाहा पाएदेखि नै यस क्षेत्रमा बेलाबेला बाढी आउने गरेको छ । उमेरले सात दशक पार गरिसक्यो । उहाँको अनुभवमा २०८१ सालको बाढीको स्वरूप भने फरक थियो । उहाँले कहिल्यै त्यति ठूलो बाढी आउला भन्ने कल्पनासमेत गर्नुभएको थिएन । २०८१ असोज १२ गते आएको बाढीले सो क्षेत्रलाई नराम्ररी प्रभावित बनायो । बाढीले मन्दिर मात्रै बगाएन, आसपासका बस्ती, खेत र संरचनामा पनि क्षति पु¥यायो । हराबरा सुन्दर देखिने दृश्य बगरमा परिणत गरायो ।

त्यस दिनको दृश्य सम्झँदा स्थानीयको मन अहिले पनि भारी हुन्छ । ठूलो वर्षाको खबर सुन्नासाथ उनीहरूमा फेरि त्यस्तै विपद् दोहोरिने हो कि भन्ने डर हट्न सकेको छैन । अर्का ७५ वर्षीय स्थानीय कृष्ण खड्काले पनि नल्लुमा त्यति ठूलो बाढी आएर विनास गर्ला भन्ने कहिल्यै लागेको थिएन । यतिबेला सञ्चारमाध्यमबाट आइरहेको भारीदेखि अतिभारी वर्षा हुने पूर्वसूचनाको खबरले चिन्ता थपेको छ । “आकाशमा बादल मडारिँदा पनि मन डराउछ नि ।

आकाशबाट ठूलो वर्षा हुँदा रातमा चिन्ताले निन्द्रा नै लाग्दैन,” उहाँ भन्नुहुन्छ, “भारी वर्षा हुँदैछ भन्ने खबर सुन्दा मन अझै तर्सिरहेको छ । दुई वर्षअघिको जस्तै विपद्ले तहल्का मच्चाउने त होइन भन्ने लागिरहन्छ ।” त्यतिबेला मन्दिर बगाएको त्यो दिन सम्झँदा खड्काका पनि मन भारी हुन छाडेको छैन । “हेर्दाहेर्दै मन्दिर पनि लडेको देखियो, त्यता फर्केर हेर्दा पनि अझै उराठ लाग्छ,” उहाँ भन्नुहुन्छ । पन्ध्र वर्षदेखि मासु पसल सञ्चालन गर्दै आउनुभएका रमेश खत्रीका लागि वर्षा अब सामान्य मौसम मात्र रहेन ।

पानी पर्न थालेपछि उहाँको मनमा अनिश्चितताको डर पस्छ । “पानी परिरहँदा मन पनि अत्तालिन्छ । कतै दुई वर्षअघिको जस्तै बाढीले पसल त डुबाउँदैन भन्ने चिन्ता लाग्छ,” उहाँ भन्नुहुन्छ, “पानी पर्न नरोकिएसम्म ढुक्कले निदाउन सकिएको छैन ।” दुई वर्षअघिको बाढीले छाडेको त्रास खत्रीको मनबाट अझै हटेको छैन । त्यसैले आकाशमा बादल लाग्दा वा लगातार पानी पर्न थालेपछि उहाँको ध्यान पसल र खोलातिर पुग्छ । विगतमा बाढीले पु¥याएको क्षतिको सम्झनाले भविष्यमा फेरि त्यस्तै घटना दोहोरिन्छ कि भन्ने चिन्ता थपिन्छ ।

स्थानीय मीना श्रेष्ठको अनुभव पनि उस्तै छ । दुई वर्षअघि नल्लु खोलाको बाढी उहाँको घरसम्मै पस्यो । रातारात घर छाडेर सुरक्षित स्थानतर्फ दौडिनुपरेको त्यो क्षण अहिले पनि उहाँको स्मृतिमा ताजै छ । “दुई वर्षअघि बाढी घर पस्यो । रातारात घर छाडेर दौडनुप¥यो,” उहाँ भन्नुहुन्छ, “अहिले पनि वर्षा हुँदा कतै बाढीले लखेट्ने त होइन भन्ने लाग्छ ।” वर्षा सुरु हुनेबित्तिकै श्रेष्ठको मनमा पुरानो त्रास फर्किन्छ पानीको मात्रा बढ्दै जाँदा बाढी आउने हो कि भन्ने आशङ्काले मनमा ठाउँ लिन्छ ।

बाहिर पानी परिरहेको हुन्छ, तर उहाँको ध्यान भने खोलाको बहाव र आफ्नो घरको सुरक्षामै केन्द्रित हुन्छ । अर्का स्थानीय सागर श्रेष्ठको सम्झनामा पनि दुई वर्षअघिको बाढीको दृश्य नाचिरहन्छ । बाढीले उहाँको आँगनको ढिल नै बगाएको थियो । अहिले वर्षा सुरु भएपछि पनि श्रेष्ठको मनमा प्रश्न उठ्छ– कतै विगतकै जस्तो बाढी त आउने होइन ? बाढीले बगाएको आँगनको ढिल पुनः बनिसकेको छ । तर बाढीले मनमा छाडेको त्रास भने सजिलै मेटिन सकेको छैन ।

टीकाभैरव मन्दिर नजिकै पूजा सामग्रीको पसल सञ्चालन गर्दै आउनुभएकी शारदा पोखरेलको दैनिकी पनि वर्षायाममा फेरिन्छ । उहाँको पसलभन्दा केही माथि घर छ । पानी पर्न थालेपछि घरभित्रै बसेर पनि उहाँको मन नल्लु खोलामै पुग्छ । “पानी पर्न थालेपछि डर लाग्छ । रातभरि निद्रा लाग्दैन,” उहाँ भन्नुहुन्छ । पानी परेको रात पोखरेललाई निकै लामो लाग्छ । नल्लुमा पानी कति बढ्यो होला ? कतै खोलामा बाढी आएको त छैन ? बिहानसम्म अवस्था कस्तो होला ? भन्ने प्रश्न मनमा खेलिरहन्छ ।

बिहान हुनेबित्तिकै उहाँ नल्लु खोला हेर्न पुग्नुहुन्छ । खोलामा बाढीको भेल नदेखिएपछि मात्रै मन केही ढुक्क हुन्छ । “रातमा पानी परेपछि भोलिपल्ट बिहान नल्लु उर्लिएको छ कि छैन भनेर हेर्नु मेरो दैनिकी नै बनेको छ,” पोखरेल भन्नुहुन्छ । शारदाले आफ्नो जीवनको अवधिमा त्यस क्षेत्रमा दुई पटक बाढी आएको देख्नुभयो । संयोगले दुई पटक नै असोज महिनामा बाढी आएको थियो । “२०५९ सालको असोज र २०८१ सालमा पनि असोज नै बाढी आयो । अहिले पनि असोज लागेपछि नै वर्षा भइरहेका छ ।

यो साल पनि असोजमा नै कतै बाढी त आउने होइन भन्ने क्रास त छ । जे होला । हामीले रोकेर रोक्न सकिदैन । सतर्क रहने हो,” उहाँ भन्नुहुन्छ । पातलिँदै धार्मिक पर्यटन टीकाभैरव मन्दिर यस क्षेत्रको पहिचानलाई अझै उचो बनाएको थियो । धार्मिक आस्था बाकेर मन्दिर आगमन गर्ने धार्मिक पर्यटकहरु झुम्मिँदै थिए । पहिलाभन्दा भीड बाक्लिदै थियो । चैतको अष्टमी र पूर्णिमामा यहाँ ठूलो भीड लाग्ने गथ्र्यो । मन्दिर भत्किएयता सुनसान छ टीकाभैरव ।

काठमाडौँ, पाटन, भक्तपुर र बुङमतीलगायतका ठाउँबाट मानिसहरू पूजा गर्न आउने गरे पनि मन्दिर बगाएको खबरले आन्तरिक पर्यटकहरु ज्यादै पातलिएको बताउनहुन्छ स्थानीय दिलबहादुर श्रेष्ठ । स्थानीयका लागि मन्दिरसँग जोडिएका आफ्नै विश्वास छन् । टीकाभैरवलाई ‘भैरवका महाराज’का रूपमा मान्ने गरिएको बताउनुहुन्छ उहाँ । यसैगरी मछिन्द्रनाथको दायाँपट्टीको चक्कामा टीकाभैरव मन्दिर बस्ने विश्वास रहेको छ । परिसरमा रहेको रामेश्वर नामको ठूलो ढुंगा छ ।

उक्त ढुङ्गामा दल्दा कम्मर दुखाइ निको हुने जनविश्वाससमेत जोडिएको स्थानीय बताउँछन् । सो ढुङ्गा लङ्काबाट हनुमानले ल्याएको जनविश्वास छ । यस्ता धार्मिक तथा सांस्कृतिक विश्वासले टीकाभैरवलाई स्थानीय सीमाभन्दा बाहिर पनि चिनाएको थियो । अहिले भने टीकाभैरव मन्दिरको पुनर्निर्माणका कार्य अगाडि बढिरहेको छ । धार्मिक आस्था र पर्यटकीय सम्भावना बोकेको उक्ता मन्दिरलाई पुरानै स्वरुपमा उभ्याएर गुमेको पहिचानलाई पुर्नजन्म विश्वास छ स्थानीयको ।

फेरि पनि टीकाभैरवमा आउने भक्तजनको लामालस्कर लाइन हेर्न आतुर छन् स्थानीयहरू । फेरिएको भू–दृश्य टीकाभैरव र लेले आसपास क्षेत्रमा जहाँ पहिले खेत थियो, त्यहाँ अहिले ढुङ्गा र बगर देखिन्छ । कुनै समय यही खेतमा धान रोपेर केही महिना परिवार पाल्ने गरेको स्थानीय सम्झन्छन् । “यस्तै तीन–चार महिना खान पुग्थ्यो,” स्थानीय कृष्ण खड्का सम्झनुहुन्छ । बाढीले खेत मात्रै बगाएन, नदीको धारसमेत परिवर्तन गरिदिएको उहाँको अनुभव छ ।

खोलाको किनार आसपासका केही घर र पसलमा पनि पानी तथा माटो पसेको थियो । पानी बढ्न थालेपछि कतिपय परिवारले घर छाडेर सुरक्षित स्थानमा गएर रात बिताएका थिए । पहिले खोलाको छेउमा रहेको विद्यालय अहिले केही माथि सारिएको स्थानीय बताउँछन् । संरचना सारिए पनि दुई वर्षअघिको भन्दा ठूलो वर्षा पो हुने हो कि भन्ने भय मनमा बाँकी नै छ स्थानीयहरूको । ठूलो पानी परेपछि बाढी मात्रै होइन, पहिरोको सम्भावनाले पनि उनीहरूलाई सताउने गरेको छ ।

पानी परेपछि मन लाग्ने डर, खोलातिर हेर्दा देखिने बगर र आँखै अगाडि बगेको मन्दिरको दृश्य उनीहरूका लागि नमिठो र अकल्पिनीय सम्झाना बनिरहेको छ । आइतबारदेखि मौसम क्रमिक रूपमा सुधार हुने नेपाल मौसम विज्ञान विभागका मौसमविद् डेबिट ढकालले शनिबारसम्म मुलुकका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले सतर्क रहनुपर्नेमा सुझाव दिनुभयो । “शुक्रबार वर्षाको गतिविधि अझ बढी हुने सम्भावना छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेकाले ती क्षेत्रमा विशेष सतर्कता आवश्यक रहेको छ,” उहाँले भन्नुभयो । मौसमविद् ढकालले शनिबार भने वर्षाको गतिविधि क्रमशः पश्चिमतर्फ केन्द्रित हुने देखिएको र गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिनुभयो । उहाँका अनुसार ती क्षेत्रमा उच्च सतर्कता आवश्यक रहेको र गण्डकीदेखि पश्चिमका विभिन्न भूभागमा समेत वर्षाको गतिविधि बढ्ने सम्भावना छ ।

आइतबार भने बागमती र गण्डकीदेखि पूर्वी भूभागमा वर्षाको गतिविधि तुलनात्मक रूपमा कम हुने तथा पश्चिमी भूभागमा मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर दैनिक गतिविधि सञ्चालन गर्न सकिने अवस्था देखिएको उहाँले बताउनुभयो । ढकालले विशेषगरी भारी वर्षा हुने सम्भावना भएका क्षेत्रका बासिन्दालाई बाढी तथा पहिरोको जोखिमप्रति सचेत रहन र विभागले जारी गर्ने मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न आग्रह गर्नुभयो । रासस

Tags: गोदावारी नगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

अशोज १०, २०८३
आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

अशोज ९, २०८३
मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

अशोज ९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अशोज ९, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि