वीरगंज (पर्सा), ८ असोज । पर्साको ठोरी गाउँपालिका–१ जानकीनगरकी सुमित्रा खत्रीको मृत्यु प्रकरणमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतकका श्रीमान् प्रविन खत्रीकी नाताले दिदी पर्ने गुना भण्डारी रहेकी छन् । उनलाई बिहीबार बिहान आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार भण्डारीमाथि आत्महत्या दुरुत्साहनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । मृतकका माइती पक्षले परिवारका सदस्यबाट मानसिक यातना दिइएको आरोप लगाउँदै प्रविन खत्री र गुना भण्डारीविरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीका अनुसार घटनामा आरोपित प्रविन खत्री हाल विदेशमा रहेकाले उनलाई पनि अनुसन्धानका लागि नेपाल झिकाउने प्रयास भइरहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस् !