Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म बलात्कार गर्ने अन्सारी पक्राउ, कारागार चलान

अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाइफकाई तथा डरत्रास देखाई अपहरण गरेका थिए । अपहरणपछि बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ८, २०८३
१२ वर्षीया बालिकालाई अपहरण गरी १० दिनसम्म बलात्कार गर्ने अन्सारी पक्राउ, कारागार चलान

कलैया (बारा), ८ असोज । १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ बगही घर भई हाल बाराको कलैया उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका २३ वर्षीय अफरोज अन्सारी रहेका छन् ।

उनलाई प्रहरीले बुधबार कलैया उपमहानगरपालिका–६ स्थित बजार क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । प्रहरीका अनुसार अन्सारीले २०७८ माघ १० गते १२ वर्षीया बालिकालाई ललाइफकाई तथा डरत्रास देखाई अपहरण गरेका थिए । अपहरणपछि बालिकालाई कलैया उपमहानगरपालिका–४ स्थित मैदामिल पछाडिको झाडीमा लगेर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको थियो ।

त्यसपछि अन्सारीले बालिकालाई बसमा राखेर काठमाडौंको वनस्थली पुर्‍याई एउटा कोठामा बन्धक बनाएर राखेका थिए । प्रहरी विवरणअनुसार वनस्थलीमा समेत उनले बालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेका थिए । बालिकालाई करिब १० दिनसम्म नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे पीडित परिवारले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो । अनुसन्धानका क्रममा प्रहरीले २०७८ माघ २० गते बालिकाको उद्धार गरेको थियो । त्यसपछि अन्सारीविरुद्ध अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणीसम्बन्धी कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

मुद्दाको सुनुवाइपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले २०८२ पुस २४ गते अन्सारीलाई १८ वर्ष कैद सजाय सुनाएको थियो । अदालतले उनलाई ६ लाख रुपैयाँ जरिवाना तिराउने तथा पीडित राहत कोषमा २४ हजार रुपैयाँ जम्मा गर्नेसमेत आदेश दिएको थियो । तर अदालतको फैसला कार्यान्वयन हुनुअघि नै अन्सारी फरार रहेका थिए । प्रहरीले उनको खोजी जारी राखेको थियो ।

अन्ततः बुधबार कलैयाबाट पक्राउ परेका अन्सारीलाई आवश्यक कारबाहीका लागि बारा जिल्ला अदालत कलैयामा पेस गरिएको प्रहरीले जनाएको छ । अदालतको आदेशअनुसार उनलाई वीरगंज कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Tags: बालिका बलात्कार गरि फरार रहेका अन्सारी कलैयाबाट पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

मधेशमा नयाँ राजनीतिक अभियान ‘हुंकार मधेश’: नेतृत्वमा उमेर हददेखि कार्यकाल सीमासम्म प्रस्ताव

अशोज १०, २०८३
आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

आधुनिक स्वरूपमा जय नेपाल सिनेमा हलको पुनरागमन

अशोज ९, २०८३
मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

मनसुनजन्य विपद् अझै तर्सिरहन्छ टीकाभैरव

अशोज ९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर

अशोज ९, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि