Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अनुगमनका क्रममा पसलको सरसफाइ, खाद्य स्वच्छता, मासु तथा माछाको गुणस्तर, भण्डारणको अवस्था र व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पालना भए–नभएको निरीक्षण गरिएको थियो । नियमविपरीत व्यवसाय सञ्चालन तथा अन्य कसुरमा संलग्न १० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको टोलीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

जनकपुरधाम (धनुषा), ७ असोज । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न मासु तथा माछा पसलमा गरिएको संयुक्त अनुगमनका क्रममा १० जना पक्राउ परेका छन् भने मापदण्ड उल्लंघन गर्ने पाँच वटा पसलमाथि दण्ड तथा जरिवाना गरिएको छ ।

मधेश प्रदेशका गृहमन्त्री फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जनकपुरधाम उपमहानगरपालिकाको कृषि तथा पशुपन्छी सेवा शाखासहितको संयुक्त टोलीले विभिन्न मासु तथा माछा पसलको अनुगमन गरेको हो ।

अनुगमनका क्रममा पसलको सरसफाइ, खाद्य स्वच्छता, मासु तथा माछाको गुणस्तर, भण्डारणको अवस्था र व्यवसाय सञ्चालनका लागि आवश्यक मापदण्ड पालना भए–नभएको निरीक्षण गरिएको थियो । अनुगमन टोलीमा जनकपुरधाम उपमहानगरपालिकाका तर्फबाट डा. अमरकुमार साहसमेत सहभागी थिए ।

निर्धारित मापदण्ड तथा प्रचलित नियम उल्लंघन गरेको पाइएपछि पाँच वटा पसललाई दण्ड तथा जरिवाना गरिएको जनाइएको छ । त्यस्तै, नियमविपरीत व्यवसाय सञ्चालन तथा अन्य कसुरमा संलग्न १० जनालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाइएको टोलीले जनाएको छ ।

उपभोक्ताले दैनिक उपभोग गर्ने मासु तथा माछाको स्वच्छता र गुणस्तरमा प्रत्यक्ष प्रभाव पर्ने भएकाले व्यवसायीले तोकिएको मापदण्ड अनिवार्य रूपमा पालना गर्नुपर्ने गृहमन्त्री महतोले बताए । उनले मापदण्डविपरीत सञ्चालन हुने पसलमाथि निगरानी र कारबाहीलाई निरन्तरता दिइने बताए ।

खुला रूपमा मासु राख्ने, सरसफाइमा ध्यान नदिने, अस्वस्थकर वातावरणमा मासु तथा माछा बिक्री गर्ने र व्यवसाय सञ्चालनसम्बन्धी मापदण्ड पालना नगर्ने प्रवृत्तिमाथि निगरानी बढाइने जनाइएको छ । संयुक्त टोलीले आगामी दिनमा पनि बजार तथा पसलको नियमित अनुगमन गरी उपभोक्तालाई सुरक्षित र गुणस्तरीय मासु तथा माछा उपलब्ध गराउने वातावरण निर्माण गर्ने जनाएको छ ।

Tags: जनकपुरधाम उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि