Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

सौराहा (चितवन), ७ असोज । चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए । पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए ।

त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२ दिनयता तस्करले गैँडा मार्न पाएका छैनन् । आर्थिक वर्ष २०८०/०८१ को कात्तिक ३० अगाडिका वर्षमा तस्करले गैँडा मारेको तथ्याङ्क छ । निकुञ्जका अनुसार आर्थिक वर्ष २०७७/०७८ मा पाँच वटा, २०७८/०७९ मा दुई र ७९/८० मा दुई वटा गैँडा तस्करले मारेका थिए ।

यसअघि आर्थिक वर्ष २०५८/०५९ मा ३८ गैँडा तस्करले मारेका थिए । सशस्त्र द्वन्द्वको बेला सुरक्षा पोष्ट कटौतीको फाइदा उठाउँदै तस्करहरुले गैँडा मारेका हुन् । त्यसयता सुरक्षा संयन्त्र चनाखो भएपछि एक हजार ७१ दिन शून्य चोरी शिकार भएको थियो । चितवन राष्ट्रिय निकुञ्ज तथा यसको मध्यवर्ती क्षेत्रमा आर्थिक वर्ष २०७५/०७६ मा ४३, २०७६/०७७ मा २६, २०७७/०७८ मा ३५, २०७९/०८० मा २०, २०८०/०८१ मा २१, २०८१/०८२ मा २८ वटा र २०८२/०८३ मा २२ वटा गैँडा प्राकृतिक कारणले मृत्यु भएको थियो ।

निकुञ्जमा नेपाली सेनाको नयाँ गोरख गण दलले सुरक्षा व्यवस्थाको जिम्मेवारी लिएको छ । निकुञ्ज प्रशासन, नेपाली सेना र स्थानीयको सहकार्यबाट चोरीशिकार नियन्त्रण सम्भव भएको थापामगर बताउँछन् । निकुञ्जमा हाल ५३ वटा पोष्ट छन् । उक्त पोष्टमा नेपाली सेना र निकुञ्ज सुरक्षाकर्मी रहेर सुरक्षा दिइरहेको उनले बताए । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा तस्करहरुले गोली हानेर, खाल्डोमा पारेर, विष खुवाएर, करेन्ट लगाएर गैँडा मार्ने गर्दछन् ।

यस्तै प्राकृतिक कारणले बुढो भएर, अन्य जनावरको आक्रमणमा परेर, आपसमा जुधेर तथा बाढीले बगाएर, दलदलमा फसेर, बाघले खाएर गैँडा मर्ने गरेका छन् । पछिल्लो गणनाअनुसार नेपालमा ७५२ वटा गैँडा छन्‌ । यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६९५ वटा गैँडा रहेका छन्‌ । सन् २०२१ यता गैँडा गणना भएको छैन । चितवनसहित पर्सा, बर्दिया र शुक्लाफाँटामा पनि गैँडा रहेका छन्‌ । रासस

Tags: चितवन राष्ट्रिय निकुञ्ज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

जगरनाथपुर गापाको लक्ष्मीपुरमा २० बिघा सार्वजनिक जग्गामा वृक्षरोपण

अशोज ७, २०८३
मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

मासु तथा माछा पसलमा अनुगमन, मापदण्ड उल्लंघन गर्ने १० जना पक्राउ

अशोज ७, २०८३
गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

अशोज ७, २०८३
१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

१५४ ग्राम ब्राउन सुगरजस्तो पदार्थसहित दुई पक्राउ

अशोज ७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि