Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिराभवानीका दुई विद्यालयमा शिक्षक नियुक्तिमा ‘आर्थिक चलखेल’को आरोप, छानबिनको माग

जिराभवानी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा निम्न माध्यमिक तहको राहत करार शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो । तर, परीक्षा सम्पन्न हुनुअघि नै शिक्षक नियुक्तिका नाममा रकम लेनदेन भएको दाबी सार्वजनिक भएपछि उक्त नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ५, २०८३
जिराभवानीका दुई विद्यालयमा शिक्षक नियुक्तिमा ‘आर्थिक चलखेल’को आरोप, छानबिनको माग

वीरगंज (पर्सा), ५ असोज । पर्साको जिराभवानी गाउँपालिकाका दुई विद्यालयमा राहत करार शिक्षक नियुक्तिका क्रममा लाखौँ रुपैयाँको आर्थिक चलखेल भएको आरोप सार्वजनिक भएको छ । शिक्षक नियुक्तिका लागि परीक्षार्थीसँग रकम असुली गरिएको दाबी गर्दै जिराभवानी गाउँपालिकाका युवा समाजले निष्पक्ष छानबिन गरी दोषी देखिएमा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरेको छ ।

जिराभवानी गाउँपालिका–स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सेढवा बिर्तामा निम्न माध्यमिक तहको राहत करार शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको थियो । तर, परीक्षा सम्पन्न हुनुअघि नै शिक्षक नियुक्तिका नाममा रकम लेनदेन भएको दाबी सार्वजनिक भएपछि उक्त नियुक्ति प्रक्रियामाथि प्रश्न उठेको हो ।

परीक्षार्थीहरूले सम्बन्धित निकायमा दिएको निवेदनमा विद्यालयका प्रधानाध्यापक खेमराज प्रसाद महतोले परीक्षा हुनुभन्दा करिब तीन महिनाअघि नै एक परीक्षार्थीसँग नियुक्तिका लागि ६ लाख रुपैयाँ लिएको आरोप लगाइएको छ । त्यस्तै, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक महतोबाट समेत १ लाख रुपैयाँ रकम लिइएको जानकारी प्राप्त भएको जिराभवानी गाउँपालिकाका युवा समाजले जनाएको छ ।

शिक्षक नियुक्तिजस्तो संवेदनशील प्रक्रियामा आर्थिक कारोबार भएको आरोप लागेपछि युवा समाजले छानबिनको माग अघि सारेको हो । समाजले नियुक्ति प्रक्रियामा आर्थिक चलखेल भए त्यसले योग्य उम्मेदवारको अधिकार कुण्ठित गर्नुका साथै निष्पक्ष छनोटको आधारमाथि नै गम्भीर प्रश्न खडा गर्ने जनाएको छ ।

युवा समाजले सम्बन्धित निकायमा बुझाएको निवेदनमा शिक्षक नियुक्तिका क्रममा रकम लिइएको वा नलिइएको विषयमा गहिरो अनुसन्धान गर्न माग गरिएको छ । सम्भावित आर्थिक कारोबारको विवरण परीक्षण गर्न तथा आरोप पुष्टि भएमा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्नसमेत आग्रह गरिएको छ ।

त्यसैगरी, विद्यालयमा सञ्चालन गरिएको शिक्षक छनोट परीक्षाको प्रक्रिया, परीक्षा सञ्चालनसम्बन्धी निर्णय, उत्तरपुस्तिका, मूल्याङ्कन प्रणाली तथा नियुक्तिसँग सम्बन्धित आर्थिक कारोबारको समेत निष्पक्ष छानबिन गर्न युवा समाजले माग गरेको छ । नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्दै योग्य उम्मेदवारको निष्पक्ष छनोट सुनिश्चित गर्न स्थानीय तह र सम्बन्धित शिक्षा निकायको ध्यानाकर्षण गराइएको समाजले जनाएको छ ।

जितपुर नौकाटोलाको शिक्षक नियुक्तिमा पनि लाखौँको लेनदेनको आरोप
जिराभवानी गाउँपालिका–३ स्थित बितो महतो जनता माध्यमिक विद्यालय, जितपुर नौकाटोलामा समेत राहत करार शिक्षक नियुक्तिका क्रममा आर्थिक लेनदेन भएको आरोप लागेको छ । स्रोतका अनुसार माध्यमिक तहको राहत करार नेपाली विषयको शिक्षक नियुक्तिका क्रममा ७ लाख रुपैयाँसम्म रकम लेनदेन भएको दाबी गरिएको छ ।

स्रोतले उक्त रकम विद्यालयका प्रधानाध्यापक रामाशंकर प्रसाद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सिताराम राय थारु, गाउँपालिकाको शिक्षा शाखाका कर्मचारी तथा शिक्षा विकास तथा समन्वय इकाइ पर्साका प्रतिनिधिबीच बाँडफाँट भएको दाबी गरेको छ । दुई विद्यालयमा शिक्षक नियुक्तिका क्रममा आर्थिक अनियमितताको आरोप उठेपनि जिराभवानी गाउँपालिकाको शिक्षा शाखाले भने यस विषयमा औपचारिक उजुरी प्राप्त नभएको जनाएको छ ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिवराज फ्यूयालले शिक्षक नियुक्तिमा आर्थिक लेनदेन भएको सम्बन्धमा कार्यालयमा कुनै निवेदन वा उजुरी नआएको बताए । उनले अनुमानका आधारमा कसैमाथि आरोप लगाउन नहुने धारणा राख्दै आर्थिक लेनदेन भएको तथ्य र प्रमाण फेला परे सम्बन्धित व्यक्तिमाथि कानुनअनुसार कारबाही हुने स्पष्ट पारे । फ्यूयालले आफूलाई यससम्बन्धी कुनै गुनासो प्राप्त नभएको समेत बताए ।

शिक्षक नियुक्तिमा लाखौँ रुपैयाँको चलखेल भएको आरोप सार्वजनिक भएपछि अब सम्बन्धित निकायले छानबिन अघि बढाउँछ वा आरोपहरू आरोपमै सीमित हुन्छन् भन्ने विषय चासोको केन्द्रमा परेको छ । आरोपहरूको सत्यतथ्य छानबिनपछि मात्रै यथार्थ बाहिर आउनेछ ।

Tags: जिराभवानी गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अघि बढाउन सरकारसँग माग

अशोज ५, २०८३
बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

बाढीमा बेपत्ता परिवारको घरमै पुगे सांसद अन्सारी

अशोज ५, २०८३
घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

घरभित्रै महिला मृत फेला, गरगहना चोरीको आशंका

अशोज ५, २०८३
चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

चिकित्सकमाथि हातपात गरेको आरोपमा दुईजना पक्राउ

अशोज ५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि