Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले वैध तथा नियमसंगत व्यवसायलाई प्राथमिकता दिँदै उद्योगी व्यवसायीलाई सहज वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताए । उनले औद्योगिक क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम गठन गरी आवश्यक अवस्थामा तत्काल सुरक्षा परिचालन गर्ने व्यवस्था मिलाइने जानकारी दिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ४, २०८३
बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

वीरगंज (पर्सा), ४ असोज । वीरगंज उद्योग वाणिज्य संघले बाराका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीसँग भेटघाट तथा छलफल गरेको छ । संघका अध्यक्ष हरि प्रसाद गौतमको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी अधिकारीलाई स्वागत गर्दै उद्योगी व्यवसायीका विभिन्न समस्या तथा औद्योगिक सुरक्षाका विषयमा छलफल गरेको हो ।

कार्यक्रममा संघका अध्यक्ष गौतमले औद्योगिक करिडोरमा उद्योग तथा व्यवसाय सञ्चालनका लागि शान्ति–सुरक्षाको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उद्योगी–व्यवसायीको लगानी र सम्पत्तिको सुरक्षालाई प्राथमिकतामा राख्न प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराए । उनले उद्योग क्षेत्रमा देखिएका सुरक्षा तथा अन्य व्यावहारिक समस्याको समाधानका लागि प्रशासन र निजी क्षेत्रबीच निरन्तर समन्वय आवश्यक रहेको बताए ।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष अनिल अग्रवालले औद्योगिक क्षेत्रमा देखिएका सुरक्षा चुनौती, करसम्बन्धी विषय तथा व्यवसायीले भोग्दै आएका समस्याबारे प्रमुख जिल्ला अधिकारी अधिकारीको ध्यानाकर्षण गराए । उनले उद्योगी व्यवसायी र प्रशासनबीच निरन्तर संवाद तथा समन्वय आवश्यक रहेको बताए ।

संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले उद्योग तथा व्यवसाय क्षेत्रले भोग्दै आएका विभिन्न समस्या प्रस्तुत गर्दै वैध रूपमा सञ्चालन भइरहेका उद्योग व्यवसायलाई सहज वातावरण उपलब्ध गराउन प्रशासनसँग सहकार्य आवश्यक रहेको धारणा राखे । उनले औद्योगिक क्षेत्रको सुरक्षा मजबुत भएमा लगानीको वातावरण थप विश्वासिलो बन्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले वैध तथा नियमसंगत व्यवसायलाई प्राथमिकता दिँदै उद्योगी व्यवसायीलाई सहज वातावरण निर्माण गर्न प्रशासन प्रतिबद्ध रहेको बताए । उनले औद्योगिक क्षेत्रको सुरक्षालाई प्रभावकारी बनाउन क्विक रेस्पोन्स टिम गठन गरी आवश्यक अवस्थामा तत्काल सुरक्षा परिचालन गर्ने व्यवस्था मिलाइने जानकारी दिए । औद्योगिक सुरक्षा कायम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारी अधिकारीले उद्योगी व्यवसायीलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्ने वातावरण बनाउन प्रशासनले आवश्यक सहजीकरण गर्ने बताए ।

प्रजिअ अधिकारीले सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई सहज, सरल र मैत्रीपूर्ण वातावरण उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरे । सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्न नपर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने उनको भनाइ थियो । कार्यक्रममा संघका उपाध्यक्ष आशिष लाठ, सचिव प्रेमचन्द्र गोयल, सहसचिव अनुप अग्रवाल लगायत कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो ।

उद्योग तथा व्यवसायमैत्री वातावरण निर्माण, औद्योगिक सुरक्षा, करसम्बन्धी विषय तथा निजी क्षेत्रले भोग्दै आएका समस्याको समाधानका लागि आगामी दिनमा समेत सहकार्य र समन्वयलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो ।

Tags: वीरगंज उद्योग वाणिज्य संघ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि