Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

आइतबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुर पुगेर बेपत्ता व्यक्तिका परिवारसँग भेट गरेका छन् । उनीहरूले परिवारका सदस्यसँग बेपत्ताको अवस्था, अहिलेसम्म भएका खोजी प्रयास तथा परिवारले भोगिरहेका समस्या र कठिनाइबारे जानकारी लिएका थिए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

वीरगंज (पर्सा), ४ असोज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका वीरगंज महानगरपालिका–२२ जगरनाथपुरका ६ जनाका परिवारलाई महानगरपालिकाले राहत तथा आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । बाढी आएको लामो समय बितिसक्दा पनि एउटै टोलका ६ जना सम्पर्कविहीन रहेपछि पीडित परिवारको पीडामा साथ दिन महानगरपालिका अघि सरेको हो ।

आइतबार वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादव जगरनाथपुर पुगेर बेपत्ता व्यक्तिका परिवारसँग भेट गरेका छन् । उनीहरूले परिवारका सदस्यसँग बेपत्ताको अवस्था, अहिलेसम्म भएका खोजी प्रयास तथा परिवारले भोगिरहेका समस्या र कठिनाइबारे जानकारी लिएका थिए ।

भेटका क्रममा मेयर सिंहले बेपत्ता परिवारको दुःखमा महानगरपालिका साथमा रहेको बताउँदै तत्काल उपलब्ध गराउन सकिने राहत तथा आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए । बेपत्ताको खोजी, शवको पहिचान र परिवारलाई आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने आश्वासनसमेत उनले दिएका छन् ।

‘आफ्नो परिवारको सदस्यको अवस्थाबारे अनिश्चित भएर बस्नुपर्दाको पीडा निकै गम्भीर हुन्छ । यो दुःखको घडीमा वीरगंज महानगरपालिका बेपत्ता परिवारसँगै छ। महानगरपालिकाको तर्फबाट तत्काल गर्न सकिने सहयोग उपलब्ध गराउनेछौँ र आवश्यक समन्वय पनि गर्नेछौँ,’ मेयर सिंहले भने ।

एउटै टोलका ६ युवा बेपत्ता, परिवारमा छटपटी कायमै
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीपछि जगरनाथपुरको एउटै टोलका ६ जना सम्पर्कविहीन भएका थिए । बेपत्ता हुनेमा २१ वर्षीय साहबुद्दिन मन्सुरी, २० वर्षीय राहुल मियाँ, १४ वर्षीय सरताज मियाँ, १७ वर्षीय समिम आलम, २० वर्षीय सर्फराज मियाँ र १६ वर्षीय रिजवान अन्सारी रहेका छन् ।

साहबुद्दिन, राहुल, सरताज, समिम र सर्फराज टिमुरेस्थित मोटरसाइकल ग्यारेजमा काम गर्न पुगेका थिए । रिजवान भने बेत्रावती–१० स्थित अन्सारी मोटरसाइकल वर्कसपमा कार्यरत थिए । बाढी आएको दिनदेखि उनीहरू परिवारको सम्पर्कमा आएका छैनन् । लामो समय बितिसक्दा पनि बेपत्ताको अवस्था पत्ता नलागेपछि परिवारमा अन्योल र पीडा झनै गहिरिएको छ ।

छोराको खोजीमा टिमुरेसम्म पुगे, शव राखिएको स्थानसमेत छानबिन गरे
समिम आलमका बुवा तैयब मियाँ मन्सुरीले छोराको खोजीका लागि परिवारका सदस्य टिमुरेसम्म पुगेपनि कुनै जानकारी प्राप्त गर्न नसकेको बताए । ‘छोरा भेटिन्छ कि भनेर टिमुरेसम्म पुग्यौँ । शव राखिएको ठाउँमा समेत पुगेर खोज्यौँ, तर छोराको कुनै अत्तोपत्तो भएन,’ तैयबले भने ।

तैयबका दाजु उजिर मियाँ मन्सुरीका छोरा सर्फराजसमेत बाढीमा बेपत्ता छन् । एउटै परिवारका दुई दाजुभाइका एक–एक छोरा बेपत्ता भएपछि परिवारमा थप पीडा थपिएको छ । उनीहरूकै आफन्त अहमद मियाँका छोरा २० वर्षीय राहुल मियाँ पनि बेपत्ता भएका छन् । बेपत्ताको पहिचानका लागि फेला परेका शवसँग डीएनए परीक्षणमार्फत मिलान गर्न परिवारका सदस्यहरूले रगतको नमुनासमेत बुझाएका छन् । तर अहिलेसम्म आफ्ना आफन्तबारे कुनै निश्चित जानकारी प्राप्त हुन नसकेको उजिरले बताए ।

मोटरसाइकल मर्मत सिक्न गएका किशोरदेखि रोजगारीका लागि पुगेका युवासम्म बेपत्ता
१४ वर्षीय सरताज मियाँ बाढी आउनुभन्दा करिब दुई महिनाअघि मात्रै मोटरसाइकल मर्मत गर्ने सीप सिक्न टिमुरे पुगेका थिए । साहबुद्दिन र सर्फराज पनि टिमुरे गएको करिब दुई साता मात्रै भएको परिवारजनले बताएका छन् । रोजगारी तथा सीप सिक्ने उद्देश्यले घरबाट टाढा पुगेका उनीहरू विपत्तिपछि सम्पर्कविहीन बनेका हुन् ।

साहबुद्दिनका बुवा अली मियाँ अझै पनि छोराको मोबाइल नम्बरमा फोन गरिरहेका छन् । छोरासँग सम्पर्क होला र उनी घर फर्किएलान् भन्ने आशा आफूले नछाडेको उनले बताए । ‘बाढी आएको दिनदेखि नै नम्बरमा फोन गरिरहेको छु । कतै फोन लागिहाल्छ कि, छोरा फर्केर आउँछ कि भन्ने आशा अझै छ,’ अलीले भने ।

पीडित परिवारलाई राज्यका सबै तहबाट सहयोग आवश्यक : यादव
भेटका क्रममा पूर्वमन्त्री प्रदीप यादवले विपत्तिका कारण आफन्त बेपत्ता भएका परिवारलाई राज्यका सबै तहबाट सहयोग र समन्वय आवश्यक रहेको बताए । उनले पीडित परिवारको अवस्था बुझेर राहत तथा आवश्यक सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने प्रतिबद्धता जनाए । बेपत्ता परिवारले लामो समयसम्म अनिश्चितताको पीडा भोग्नुपर्ने अवस्था दुःखद रहेको भन्दै खोजी, पहिचान र राहतको कामलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

वीरगंजका बेपत्ता परिवारको समस्या समाधानका लागि आफ्नो तर्फबाट समेत पहल गर्ने यादवले बताए । भोटेकोशी बाढीमा बेपत्ता भएको लामो समय बितिसक्दा पनि जगरनाथपुरका ६ परिवारले आफ्ना आफन्तको अवस्थाबारे कुनै निश्चित जानकारी पाउन सकेका छैनन् । महानगरपालिकाले सहयोगको प्रतिबद्धता जनाए पनि बेपत्ताको खोजी र पहिचानको काम प्रभावकारी रूपमा अघि बढाउनु परिवारका लागि अझै प्रमुख चुनौती बनेको छ ।

Tags: वीरगंज महानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

बाराका प्रजिअसँग वीरगंज उद्योग वाणिज्य संघको भेटघाट तथा छलफल

अशोज ४, २०८३
बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

बाढीमा बेपत्ता ६ परिवारलाई महानगरको सहयोग, २३ दिन बित्दा पनि आफन्तको अत्तोपत्तो छैन

अशोज ४, २०८३
२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

२३ दिनसम्म छोराको अत्तोपत्तो भएन, अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार

अशोज ४, २०८३
आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

आर्थिक हिसाब माग्दा विवाद ! आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

अशोज ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि