Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

संघीयता र गणतन्त्रको रक्षाका लागि मधेशी फेरी जाग्नुपर्छ, आन्दोलनमा उत्रिन तयार रहनुस्‌: यादव

यादवका अनुसार आठ जिल्लामा सीमित वर्तमान मधेस प्रदेशमा शासन र प्रशासनमा मधेशबाहिरका व्यक्तिको प्रभाव रहेको छ । उनले प्रदेशको प्रहरी, न्यायालय तथा प्रशासनिक संयन्त्रमा मधेसमै जन्मिएका मधेसी समुदायको निर्णायक सहभागिता हुनुपर्ने धारणा राखे । उनले संघीयताको वास्तविक मर्म प्रदेशमा आफ्नै शासन र प्रशासन तथा केन्द्रमा समान हिस्सेदारी सुनिश्चित हुनु रहेको तर्क गरे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३, २०८३
संघीयता र गणतन्त्रको रक्षाका लागि मधेशी फेरी जाग्नुपर्छ, आन्दोलनमा उत्रिन तयार रहनुस्‌: यादव

वीरगंज (पर्सा), ३ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनतालाई ‘मधेस राज्य’ निर्माणका लागि पुनः आन्दोलन गर्न तयार रहन आह्वान गरेका छन् । वीरगंजमा शनिबार आयोजित ९ दलीय अग्रगामी मोर्चाको मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा सम्बोधन गर्दै यादवले अहिलेको मधेश प्रदेशले आफूहरूले खोजेको स्वशासन र प्रशासनिक अधिकार सुनिश्चित गर्न नसकेको दाबी गरे ।

यादवका अनुसार आठ जिल्लामा सीमित वर्तमान मधेस प्रदेशमा शासन र प्रशासनमा मधेशबाहिरका व्यक्तिको प्रभाव रहेको छ । उनले प्रदेशको प्रहरी, न्यायालय तथा प्रशासनिक संयन्त्रमा मधेसमै जन्मिएका मधेसी समुदायको निर्णायक सहभागिता हुनुपर्ने धारणा राखे । उनले संघीयताको वास्तविक मर्म प्रदेशमा आफ्नै शासन र प्रशासन तथा केन्द्रमा समान हिस्सेदारी सुनिश्चित हुनु रहेको तर्क गरे । यही अधिकार प्राप्तिका लागि अब मधेसी जनता फेरि संघर्षको बाटोमा उत्रिनुपर्ने उनको भनाइ थियो ।

‘अधिकार कसैले किस्तामा सजाएर दिँदैन, अधिकार लडेरै लिनुपर्छ,’ यादवले कार्यकर्तालाई सम्बोधन गर्दै भने । यादवले मुलुकको वर्तमान राजनीतिक संकटका लागि नेपाली कांग्रेस र कम्युनिष्ट दलहरू जिम्मेवार रहेको आरोपसमेत लगाए । विगतमा यी शक्तिहरूले सत्ता सहकार्य गर्दै मधेशी समुदायको माग र संघीयतालाई पर्याप्त रूपमा सम्बोधन नगरेको उनको दाबी थियो ।

मधेश आन्दोलनकै दबाबका कारण कांग्रेस र कम्युनिष्ट शक्तिहरू संघीय गणतन्त्र स्वीकार गर्न बाध्य भएको दाबी गर्दै यादवले अहिले पनि केही राजनीतिक शक्तिबाट संघीयता र गणतन्त्रविरुद्धका गतिविधि भइरहेको आरोप लगाए । उनले नेपालमा आफूलाई कम्युनिष्ट भन्ने दलहरू सिद्धान्तबाट विचलित भएको टिप्पणी पनि गरे ।

यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र त्यसका नेताहरूमाथि पनि संघीयताका विषयमा दोहोरो धारणा राखेको आरोप लगाए । उनका अनुसार रास्वपाका नेताहरूले मधेशमा संघीयता सुदृढ गर्नुपर्ने धारणा राख्ने तर अन्य क्षेत्रमा प्रदेश संरचना खारेज गर्नुपर्ने अभिव्यक्ति दिने गरेको उनको दाबी थियो ।

‘रास्वपाभित्रैको असहयोगले सरकार कमजोर’ : प्रभु साह
कार्यक्रममा आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संसद्को संख्यात्मक बलका हिसाबले शक्तिशाली भएपनि व्यवहारमा कमजोर देखिएको टिप्पणी गरे । उनले सरकारलाई विपक्षीभन्दा पनि रास्वपाभित्रैबाट असहयोग भइरहेको दाबी गरे । यस्तै धारणा शनिबार वीरगंजमा आयोजित सोही कार्यक्रमबारे प्रकाशित अन्य समाचारमा पनि उल्लेख छ ।

साहले सुनसरीको देवानगञ्जमा भएको धार्मिक तनावदेखि रसुवाको भोटेकोशी बाढीपछिको विपत्तिसम्मका घटनामा रास्वपा नेतृत्वले प्रधानमन्त्रीलाई ‘बाइपास’ गर्दै गतिविधि गरेको आरोप लगाए । विदेश सम्बन्ध तथा कूटनीतिक अभ्यासमा समेत प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेबीच फरक दिशामा गतिविधि भइरहेको उनको दाबी थियो ।

लामिछानेले समानान्तर रूपमा सरकार सञ्चालन गर्न खोज्दा कार्यसम्पादनमा असर परेको भन्ने गुनासो आउन थालेको साहले बताए । उनले प्रधानमन्त्री शाहलाई जनताको भरोसामा रहेर संविधान र विधिको आधारमा सरकार सञ्चालन गर्न सुझावसमेत दिए ।

कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, प्रगतिशील लोकतान्त्रिक मोर्चाका नेता जनार्दन शर्मा लगायतले पनि सम्बोधन गरेका थिए । ९ दलीय अग्रगामी मोर्चाले मधेशमा संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आफ्ना राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्‍याउने उद्देश्यसहित प्रदेशस्तरीय कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

Tags: मधेश राज्य निर्माणका लागि संघर्षमा उत्रिन यादवको आह्वान
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

प्याजको भाउमा अचाक्ली वृद्धि, एक महिनामै दोब्बर, महँगीले उपभोक्ता मारमा

अशोज ४, २०८३
चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

चार वर्षदेखि अलपत्र जनकपुरको बसपार्क, यात्रु चोकचोकबाट बस चढ्न बाध्य

अशोज ४, २०८३
प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

प्याब्सन वाणी प्रतिभामा गौतम माविकी रीत रौनियार प्रथम

अशोज ४, २०८३
दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

दिनदहाडै खाजा पसलमा चक्कुले घाँटी रेटेर युवकको हत्या

अशोज ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि