वीरगंज (पर्सा), २ असोज । जिल्ला प्रहरी कार्यालय पर्साले भदौ महिनामा विभिन्न प्रकृतिका १५४ वटा अपराधसम्बन्धी मुद्दा दर्ता गरेको जनाएको छ । सो अवधिमा चालु मुद्दाका १३८ जना प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनतर्फ १०७ जना पक्राउ गरी २४ वर्ष ३ महिना २८ दिन कैद तथा १ करोड १४ लाख ८१ हजार ७ सय ५० रुपैयाँ जरिवाना असुल गरिएको छ ।
यस्तै, लागूऔषधसम्बन्धी मुद्दामा ४१ जना पक्राउ परेका छन् । प्रहरीले २२९ किलो ९ सय ३५ ग्राम गाँजा, ३ सय ५६ ग्राम ५ सय १८ मिलिग्राम ब्राउन सुगर, ९ किलो ५ सय ७८ ग्राम चरेस र अफिमसमेत बरामद गरेको जनाएको छ ।
यसैगरी, भन्सार छली नियन्त्रणतर्फ करिब १ करोड ९ लाख रुपैयाँ बराबरका सामान बरामद गरिएको तथा अवैध मदिरातर्फ ३ हजार १ सय १५ लिटर मदिरा र १० हजार ६५ लिटर कच्चा पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !