वीरगंज (पर्सा), २ असोज । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहले नगर प्रहरी प्रमुख प्रहरी तथा नगर प्रहरी निरीक्षक हरि भुसाल र प्रहरी सहायक निरीक्षक असई लक्ष्मण लुइटेललाई जिम्मेवारीबाट हटाएका छन् । प्रहरी निरीक्षक भुसाललाई यसअघि वीरगंज महानगरपालिकाका तत्कालीन प्रमुख विजयकुमार सरावगीको कार्यकालमा नगर प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो ।
भुसालले लामो समयदेखि महानगरको नगर प्रहरी प्रमुखका रूपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । महानगर प्रमुख राजेशमान सिंह आफ्नो पदमा पुनर्बहाली भएपछि भुसाल र लुइटेललाई जिम्मेवारीबाट हटाएका हुन् । उनीहरूलाई हटाउनुको कारण भने महानगरपालिकाले सार्वजनिक गरेको छैन ।
यसैबीच वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको निर्देशनपछि नगरको मुख्य सडक सरसफाइ तथा व्यवस्थित बनाउने अभियानले तीव्रता पाएको छ । दसैँअघि मुख्य सडकलाई पूर्ण रूपमा सफा, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरपालिकाले अभियान सञ्चालन गरेको हो ।
सडकको अवस्था सुधार तथा सरसफाइ कार्यलाई प्रभावकारी बनाउन महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ । दसैँअघि मुख्य सडकलाई पूर्ण रूपमा सफा, सुन्दर र व्यवस्थित बनाउने लक्ष्यसहित महानगरपालिकाले अभियान सञ्चालन गरेको हो । सडकको अवस्था सुधार तथा सरसफाइ कार्यलाई प्रभावकारी बनाउन महानगरपालिका र सडक डिभिजन कार्यालय हेटौँडाबीच आवश्यक समन्वयसमेत भइरहेको जनाइएको छ ।







प्रतिक्रिया दिनुहोस् !