Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गुठी जग्गा कब्जाको आरोप तथ्यहीन र भ्रामकः निलार्जुन इन्जिनियरिङ कलेज

कलेजका अनुसार उक्त जग्गामा विगत २५ वर्षदेखि करोडौँ रुपैयाँ लगानी गरी भौतिक पूर्वाधार निर्माण गरिएको छ । सोही पूर्वाधारमा नियमित पठनपाठन सञ्चालन हुँदै आएको र कलेजको छात्रावासमा विद्यार्थीहरू बसोबास गरी अध्ययन गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३१, २०८३
गुठी जग्गा कब्जाको आरोप तथ्यहीन र भ्रामकः निलार्जुन इन्जिनियरिङ कलेज

जनकपुरधाम (धनुषा), ३१ भदौ । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरोप तथ्यहीन र भ्रामक भएको दाबी गरेको छ । कलेज प्रशासनले विज्ञप्ति जारी गर्दै नेपाल सरकार, शिक्षा मन्त्रालयको पहल तथा मन्त्रिपरिषद्को निर्णयअनुसार सम्बन्धित गो.प्र. विद्यालयबाट विधिवत् रूपमा लिजमा प्राप्त करिब १० बिघा जग्गामा कलेज सञ्चालन हुँदै आएको जनाएको हो ।

कलेजका अनुसार उक्त जग्गामा विगत २५ वर्षदेखि करोडौँ रुपैयाँ लगानी गरी भौतिक पूर्वाधार निर्माण गरिएको छ । सोही पूर्वाधारमा नियमित पठनपाठन सञ्चालन हुँदै आएको र कलेजको छात्रावासमा विद्यार्थीहरू बसोबास गरी अध्ययन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । पछिल्लो समय कलेजले गुठीको जग्गा अवैध रूपमा कब्जा गरेको तथा जग्गा प्रयोगविहीन रहेको आशयका समाचार तथा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक भएको भन्दै कलेजले आपत्ति जनाएको छ । ती सामग्रीले कलेजको वास्तविक अवस्था नसमेटेको कलेजको दाबी छ ।

जग्गासम्बन्धी विषयलाई लिएर आफूलाई ‘अभियन्ता’ बताउने एक समूहले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेको कलेज प्रशासनले जनाएको छ । उक्त मुद्दा करिब पाँच वर्षसम्म न्यायिक प्रक्रियामा रहेको र सर्वोच्च अदालतले करिब पाँच महिनाअघि रिट खारेज गरिसकेको कलेजको दाबी छ । कलेजले जग्गा प्राप्ति, लिज तथा त्यससम्बन्धी सरकारी निर्णयका आवश्यक कानुनी कागजात आफूसँग सुरक्षित रहेको जनाएको छ । सर्वोच्च अदालतको फैसलाको प्रमाणित प्रतिलिपिसहितका कागजात आवश्यक परे सम्बन्धित सरकारी निकाय तथा सरोकारवालासमक्ष प्रस्तुत गर्न तयार रहेको कलेज प्रशासनले जनाएको छ ।

कलेजले सार्वजनिक सरोकारका विषयमा सञ्चारमाध्यमले प्रश्न उठाउने अधिकारको सम्मान गर्ने जनाएको छ । तर, शैक्षिक संस्थाको प्रतिष्ठा, विद्यार्थीको भविष्य र शैक्षिक गतिविधिमा प्रत्यक्ष असर पार्ने विषयमा समाचार सम्प्रेषण गर्दा सम्बन्धित पक्षको धारणा तथा आधिकारिक कागजात र प्रमाणसमेत अध्ययन गर्न आग्रह गरेको छ । अनुमान, हल्ला वा अपुष्ट स्रोतका आधारमा एकपक्षीय समाचार सम्प्रेषण गर्दा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीसँगै संस्थाको प्रतिष्ठामा समेत असर पर्न सक्ने कलेजको भनाइ छ ।

कलेजले विद्यार्थी तथा अभिभावकलाई सामाजिक सञ्जाल, ब्लग तथा अन्य माध्यममा प्रकाशित अपुष्ट सामग्रीका आधारमा धारणा नबनाउन आग्रह गर्दै आवश्यक जानकारीका लागि कलेज प्रशासनबाट आधिकारिक सूचना लिन अनुरोध गरेको छ । तथ्यहीन तथा प्रमाणविहीन आरोपमार्फत संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउने कार्य निरन्तर भए कानुनी उपचार तथा सम्बन्धित निकायमार्फत आवश्यक प्रक्रिया अघि बढाउने अधिकार सुरक्षित रहेको पनि कलेजले जनाएको छ ।

कलेज प्रशासनका आधिकारिक प्रवक्ता सुनिल कुमार झाले जारी गरेको विज्ञप्तिमा सञ्चारकर्मी, नागरिक समाज, विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालालाई हल्लाभन्दा प्रमाण र तथ्यका आधारमा धारणा बनाउन आग्रह गरिएको छ ।

Tags: निलार्जुन इन्जिनियरिङ कलेज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भदौ ३१, २०८३
मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

भदौ ३१, २०८३
मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

भदौ ३१, २०८३
ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

भदौ ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि