Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बालबालिकामा लगानी नगरे दिगो विकासको लक्ष्य पूरा हुँदैनः मन्त्री सिंह

सामुदायिक विद्यालयलाई साझा विद्यालय कसरी बनाउन सकिन्छ भन्ने दिशामा काम गर्न आवश्यक रहेको उनको भनाइ थियो । ‘सामुदायिक विद्यालयलाई साझा विद्यालय बनाउने कुरा कानून बनाएर मात्र होइन, व्यवहारमै लागू गरेर पूरा गर्न सकिन्छ,’ मन्त्री सिंहले भने ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३१, २०८३
बालबालिकामा लगानी नगरे दिगो विकासको लक्ष्य पूरा हुँदैनः मन्त्री सिंह

जनकपुरधाम (धनुषा), ३१ भदौ । मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंहले बालबालिका तथा विद्यार्थीमा लगानी नगरे नेपाल निर्माणको सपना र दिगो विकासको लक्ष्य पूरा हुन नसक्ने बताएका छन् । ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री सिंहले बालबालिकामा लगानी नगरे जुनसुकै राजनीतिक दल वा सरकार आए पनि देश विकासको लक्ष्य पूरा हुन नसक्ने स्पष्ट पारे ।

उनले सामुदायिक विद्यालयलाई सबै वर्ग र समुदायको साझा विद्यालय बनाउनुपर्नेमा जोड दिए । सामुदायिक विद्यालयलाई साझा विद्यालय कसरी बनाउन सकिन्छ भन्ने दिशामा काम गर्न आवश्यक रहेको उनको भनाइ थियो । ‘सामुदायिक विद्यालयलाई साझा विद्यालय बनाउने कुरा कानून बनाएर मात्र होइन, व्यवहारमै लागू गरेर पूरा गर्न सकिन्छ,’ मन्त्री सिंहले भने ।

मन्त्री सिंहले विगतमा मधेसले शिक्षाको ज्योति बाल्दै पहाड र हिमालसम्म पुर्‍याएको स्मरण गरे । त्यसबेला मधेसको अर्थतन्त्रमा समेत शिक्षाको महत्वपूर्ण प्रभाव रहेको उल्लेख गर्दै उनले शिक्षकहरूको तलब तराई मधेसका लागि नगदी आम्दानीको महत्वपूर्ण स्रोत रहेको बताए । ‘हिजोका दिनमा मधेस शिक्षाको ज्योति बाल्दै पहाड हिमालसम्म पुग्थ्यो । यसले मधेसको अर्थतन्त्रमा पनि राम्रो प्रभाव पार्थ्यो । हिजोको नगदी आम्दानी तराई मधेसका लागि शिक्षकहरूको तलब नै थियो । तर आज हामी त्यो अवस्थामा छैनौँ,’ उनले भने ।

कार्यक्रममा मन्त्री सिंहले पछिल्लो समय किशोर पुस्ता कुलत तथा लागुऔषधको फन्दामा पर्दै गएकोप्रति चिन्ता व्यक्त गरे । विद्यालय तथा कलेज सञ्चालनमा आए पनि त्यहाँ आउने किशोरकिशोरीलाई कुलत र लागुऔषधबाट जोगाउने दिशामा शिक्षकहरूले समेत भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । आउँदो पुस्तालाई सही दिशामा डोर्‍याउन शिक्षकहरूले नैतिक शिक्षा दिनुपर्नेमा जोड दिँदै उनले सामाजिक तथा राजनीतिक परिवर्तनमा विगतमा गुरुहरूको महत्वपूर्ण भूमिका रहेको र अहिले पनि देशलाई गुरुहरूको सही मार्गदर्शन आवश्यक रहेको बताए ।

कार्यक्रममा हाजिरी जवाफ, वादविवाद सहितका प्रतियोगिताहरुको आयोजना समेत गरिएको थियो । कञ्चनवन बाल क्लवका अध्यक्ष निकिता यादवको अध्यक्षतामा भएको कार्यक्रममा भंगहाका नगर उपप्रमुख शान्ति सिंह, भंगहा ९का वडाध्यक्ष राजाबाबु यादव, गुड नेइवर्स इन्टरनेसनल नेपालका मूल्यांकन तथा अनुगमन अधिकृत किरण श्रेष्ठ, तारा घिमिरे सहितको उपस्थिति रहेको थियो ।

Tags: शिक्षा तथा संस्कृति मन्त्री मनोज सिंह
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भदौ ३१, २०८३
मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

भदौ ३१, २०८३
मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

भदौ ३१, २०८३
ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

भदौ ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि