Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले उक्त रकम दाखिला गर्न निर्माण व्यवसायीलाई ३५ दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र रकम सरकारी राजस्व खातामा जम्मा नगरे निर्माण कम्पनीको चल–अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८३
१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

जनकपुरधाम (धनुषा), ३० भदौ । हुलाकी राजमार्गअन्तर्गत झापाको कन्काइ पुल निर्माणमा १४ वर्षसम्म चरम ढिलासुस्ती गरेको पप्पु–महादेव खिम्ती संयुक्त उपक्रम (जेभी)माथि सरकारले करिब २ अर्ब रुपैयाँ असुल गर्ने प्रक्रिया अघि बढाएको छ । निर्माण सम्झौता तोडिएपछि सरकारले सार्वजनिक खरिद ऐनअनुसार निर्माण कम्पनीबाट १ अर्ब ९९ करोड १२ लाख ५८ हजार ७ सय ७५ रुपैयाँ सरकारी राजस्वमा दाखिला गराउन ताकेता गरेको हो ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले उक्त रकम दाखिला गर्न निर्माण व्यवसायीलाई ३५ दिनको समयसीमा तोकेर सार्वजनिक सूचना जारी गरेको छ । तोकिएको अवधिभित्र रकम सरकारी राजस्व खातामा जम्मा नगरे निर्माण कम्पनीको चल–अचल सम्पत्ति रोक्का गरी सरकारी बाँकीसरह असुलउपर गर्ने चेतावनीसमेत दिइएको छ ।

योजना कार्यालयका अनुसार निर्धारित म्यादमा रकम नबुझाए निर्माण व्यवसायीको नाममा लगत कसी तहसिल कार्यालयमार्फत असुलीको कानुनी प्रक्रिया अघि बढाइनेछ । यसका साथै सडक विभागअन्तर्गतका विभिन्न कार्यालयबाट उक्त निर्माण व्यवसायीले प्राप्त गर्ने सबै प्रकारका भुक्तानी रोक्का राख्न सम्बन्धित निकायलाई पत्राचारसमेत गरिएको छ । कारबाही यतिमै सीमित छैन । योजना कार्यालयको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु–महादेव खिम्ती जेभीलाई तीन वर्षका लागि कालोसूचीमा राख्ने निर्णय यसअघि नै कार्यान्वयन गरिसकेको छ ।

३४ करोडको ठेक्का, १४ वर्षमा पनि पुल अधुरै
कन्काइ नदीमाथि ७२३ मिटर लामो पुल निर्माणका लागि २०६८ जेठ ३१ गते ३४ करोड ९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०७२ जेठ ३० गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने थियो । तर निर्माण व्यवसायीको निरन्तर लापरबाही र ढिलासुस्तीका कारण निर्धारित समयमा पुल पूरा हुन सकेन । आयोजना कार्यालयले पटक–पटक गरी पाँच पटक म्याद थप्दा पनि भौतिक प्रगति ५६ प्रतिशतमा मात्रै सीमित रह्यो ।

वर्षौंसम्म पुल निर्माणले गति नलिएपछि स्थानीयस्तरमा निर्माण कम्पनीविरुद्ध आक्रोश बढ्दै गएको थियो । अन्ततः गत वर्ष मंसिरमा आयोजनाले पप्पु–महादेव खिम्ती जेभीसँगको ठेक्का सम्झौता रद्द गर्ने निर्णय गरेको थियो ।

पुल नबन्दा हजारौँ स्थानीय जोखिममा
निर्माण कम्पनीको ढिलासुस्तीको प्रत्यक्ष मार झापा गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका हजारौँ स्थानीय बासिन्दाले वर्षौंदेखि खेप्दै आएका छन् । पुल बन्न नसक्दा कन्काइ नदी वारपार गर्न स्थानीयले अझै जोखिमपूर्ण विकल्प प्रयोग गर्नुपरेको छ । वर्षायाममा नदीमा पानीको बहाव बढ्दा काठको डुङ्गामार्फत जोखिम मोलेर वारपार गर्नुपर्ने अवस्था छ ।

हिउँदमा समेत समस्या समाधान नभएपछि स्थानीयहरू निजी लगानीमा बनाइएका बाँसका अस्थायी साँघु प्रयोग गर्न बाध्य छन् । त्यस्ता अस्थायी साँघुबाट नदी पार गर्दा समेत स्थानीयले शुल्क तिर्नुपर्ने अवस्था छ । वर्षौंअघि सम्पन्न हुनुपर्ने पुल आजसम्म अधुरै रहँदा विकास आयोजनामा हुने ठेकेदारको लापरबाहीको प्रत्यक्ष मूल्य स्थानीय नागरिकले चुकाउनुपरेको छ ।

अब सरकारले निर्माण कम्पनीमाथि करिब २ अर्ब रुपैयाँ असुलीको प्रक्रिया अघि बढाएसँगै लामो समयदेखि अलपत्र कन्काइ पुल निर्माणले नयाँ चरण प्रवेश गरेको छ । तर अधुरो पुल कहिले पूरा हुन्छ र स्थानीयको वर्षौंदेखिको सास्ती कहिले अन्त्य हुन्छ भन्ने प्रश्न भने अझै कायमै छ ।

Tags: पप्पु-महादेव खिम्ती जेभी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भोटेकोशी बाढीको कहरः २२औँ दिन माथिल्लो त्रिशूली सुरुङभित्रै भेटिए ८ शव र एक मानव अंग

भदौ ३१, २०८३
मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

मनोज ग्यास उद्योगद्वारास्वास्थ्य चौकीलाई एसी, विद्यालयलाई १ लाख ४४ हजार सहयोग

भदौ ३१, २०८३
मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

मधेशका विद्यालयको बेहाल अवस्थाः शिक्षा मन्त्रीसँग आम विद्यार्थी मोर्चाका पाँच खुला प्रश्न

भदौ ३१, २०८३
ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

ताकेता गर्दासमेत सम्पत्ति विवरण बुझाएनन् रास्वपाका २४ सांसदः सूचीमा पर्साका रामाकान्त चौरसिया

भदौ ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि