Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा-बारामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, एकैपटक फेरिए स्थानीय तहका प्रशासकीय नेतृत्व

पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । उनको ठाउँमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ । त्यस्तै, धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडालाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको छ । जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८३
पर्सा-बारामा प्रमुख प्रशासकीय अधिकृतको सरुवा, एकैपटक फेरिए स्थानीय तहका प्रशासकीय नेतृत्व

वीरगंज (पर्सा), ३० भदौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ठूलो संख्याको कर्मचारी सरुवाको असर पर्सा र बाराका स्थानीय तहमा समेत परेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको ९ उपसचिव र ५२ अधिकृतको सरुवा अन्तर्गत पर्सा र बाराका विभिन्न गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन् ।

सरुवा सूचीअनुसार पर्साको सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार यादवलाई धोबिनी गाउँपालिकामा सरुवा गरिएको छ । उनको स्थानमा सर्लाहीको चक्रघट्टा गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत रामबाबु कुशवाहालाई सखुवा प्रसौनी पठाइएको छ । कुशवाहाको स्थानमा भने जिल्ला प्रशासन कार्यालय पर्सामा कार्यरत शाखा अधिकृत विनय गुप्तालाई चक्रघट्टा गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

त्यस्तै, धोबिनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण खतिवडालाई जिराभवानी गाउँपालिकामा सरुवा गरिएको छ । जिराभवानीका प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरीको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । उनको ठाउँमा रौतहटको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद नवाज हुसैनलाई पठाइएको छ ।

पर्साकै जगरनाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादवलाई बाराको विश्रामपुर गाउँपालिकामा सरुवा गरिएको छ । विश्रामपुरका प्रमुख प्रशासकीय अधिकृत सुनिल प्रसाद केशरीलाई भने जगरनाथपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

यसैगरी छिपहरमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव कुमार साहको सर्लाहीस्थित पर्सा गाउँपालिकामा सरुवा भएको छ । उनको ठाउँमा सर्वजित कुमार झालाई पठाइएको छ । पर्साको पकहाँ मैनपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहको पनि गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनको स्थानमा जिल्ला समन्वय समिति पर्सामा कार्यरत सुमित कुमार सिंहलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।

बारामा पनि व्यापक हेरफेर
बाराका स्थानीय तहमा पनि सरुवाले प्रशासकीय नेतृत्वमा उल्लेख्य परिवर्तन ल्याएको छ । परवानीपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना कुमार रौनियारलाई फेटा गाउँपालिकामा सरुवा गरिएको छ । फेटाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझाको सिरहाको नवराजपुर गाउँपालिकामा सरुवा भएको छ ।

परवानीपुर गाउँपालिकाको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा बाराकै देवताल गाउँपालिकामा कार्यरत कृष्णनन्दन रायलाई पठाइएको छ । रायको स्थानमा रौतहटको बौद्धिमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरीलाई देवताल गाउँपालिकाको जिम्मेवारी दिइएको छ । बाराको प्रसौनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तवको गृह मन्त्रालयअन्तर्गत सरुवा भएको छ । उनको स्थानमा रौतहटको देवाही गोनाही नगरपालिकामा कार्यरत पवन कुमार केशरीलाई पठाइएको छ ।

त्यस्तै, करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवको भूमि व्यवस्था तथा अभिलेख विभाग, काठमाडौंमा सरुवा गरिएको छ । करैयामाईको नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा रमेश अधिकारीलाई पठाइएको छ । पर्सा र बाराका स्थानीय तहमा भएको यो सरुवासँगै विकास योजना कार्यान्वयन, प्रशासनिक सेवा प्रवाह, बजेट कार्यान्वयन तथा कार्यालय व्यवस्थापनमा समेत नयाँ नेतृत्वको प्रभाव पर्ने देखिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत स्थानीय तहको प्रशासनिक संयन्त्रका प्रमुख हुने भएकाले उनीहरूको फेरबदलले पालिकाको दैनिक प्रशासनदेखि विकास निर्माण र आर्थिक गतिविधिसम्म प्रत्यक्ष प्रभाव पार्ने गर्छ । एकैपटक ठूलो संख्यामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भएपछि अब नयाँ जिम्मेवारी पाएका अधिकारीहरूले स्थानीय तहको प्रशासनलाई कति प्रभावकारी, पारदर्शी र परिणाममुखी बनाउन सक्छन् भन्ने विषयमा समेत चासो बढेको छ ।

Tags: एकैपटक फेरिए पर्सा-बाराका दर्जन बढी प्रमुख प्रशासकीय अधिकृत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सखुवाप्रसौनी अध्यक्ष यादवको आत्मालोचना, ‘कमी–कमजोरीका लागि जनतासँग क्षमा चाहन्छु’

सखुवाप्रसौनी अध्यक्ष यादवको आत्मालोचना, ‘कमी–कमजोरीका लागि जनतासँग क्षमा चाहन्छु’

भदौ ३०, २०८३
१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

१४ वर्ष पुल अलपत्र पार्नेः पप्पु-महादेव खिम्ती जेभीमाथि २ अर्ब जरिवाना, सम्पत्ति रोक्कासहित असुली प्रक्रिया

भदौ ३०, २०८३
भ्रष्टाचार मुद्दामा सफाइपछि मेयर सिंहको ‘सत्यको जित’ घोषणा, पुनः महानगरको नेतृत्वमा फर्किए

भ्रष्टाचार मुद्दामा सफाइपछि मेयर सिंहको ‘सत्यको जित’ घोषणा, पुनः महानगरको नेतृत्वमा फर्किए

भदौ ३०, २०८३
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अग्रगामी युवा मोर्चाको आन्दोलन घोषणा

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध अग्रगामी युवा मोर्चाको आन्दोलन घोषणा

भदौ ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि