जनकपुरधाम (धनुषा), १९ भदौ । विनाशकारी बाढीपछिका दिन घर्किँदै जाँदा सम्पर्कविहीनका परिवारमा निराशा बढ्दैगएको छ । यता मधेश प्रदेशका जिल्लाहरूमा आफ्ना आफन्त सम्पर्कविहीन भएको भन्दै आउने क्रम पनि थपिँदै छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको विवरण अनुसार बिहान १० बजेसम्म रसुवाको बाढीमा सम्पर्कविहीन भएका भन्दै रिपोर्ट गरिएकाको संख्या २२० पुगेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार दुई दिन अघिसम्म सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकाको संख्या १९५ जना मात्र थियो । मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालका अनुसार सम्पर्कविहीन भन्दै रिपोर्ट गरिएकामध्ये हालसम्म ३८ जना सम्पर्कमा आएका छन् ।
अन्य दुईजनाको मृत्यु भएको पुष्टि भएको छ । सप्तरी र बाराका एक एकजनाको मृत्यु भएको एसएसपी ढकालले बताए । अझै पनि बाढीपछि १ सय ८० जना सम्पर्कविहीन रहेका छन् ।







प्रतिक्रिया दिनुहोस् !