पोखरा (कास्की), १९ भदौ । कास्कीको पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बर प्लेटको कार फेवातालमा खस्दा वीरगंजका छिमेकी भारतीय सहर रक्सौलका दुई जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा भारतको बिहार राज्यको रक्सौल घर भएका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४० वर्षीय अर्को एक पुरुष रहेका छन् । उद्धारका क्रममा कारमा सवार भारतको बिहार राज्यको रक्सौल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिब ४ः५० बजे सेदीबाट लेकसाइडतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ बी बी ६७५९ नम्बर को कार चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको थियो ।







प्रतिक्रिया दिनुहोस् !