Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशका ७६ जना लेखा अधिकृतको सरुवा, ‘एक कर्मचारी-एक कार्यालय’ नीति लागू

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईका अनुसार दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत तथा निरन्तर आकर्षक मानिएका अड्डा वा कार्यालयमा बस्दै आएका कर्मचारीलाई सरुवा प्रक्रियामा समेटिएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १२, २०८३
मुख्यमन्त्री यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब निकासा, १४ जनाले पाए सुविधा

जनकपुरधाम (धनुषा), १२ भदौ । मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले लामो समयदेखि एउटै कार्यालयमा कार्यरत लेखा समूहका ७६ जना लेखा अधिकृत तथा लेखापालको सरुवा गरेको छ । प्रदेशमा आर्थिक सुशासन कायम गर्न, प्रशासनिक दक्षता अभिवृद्धि गर्न तथा लामो समयदेखि एउटै कार्यालयमा कार्यरत कर्मचारीबाट सिर्जना भएको एकाधिकार अन्त्य गर्ने उद्देश्यले सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मधेश प्रदेशका अर्थमन्त्री युवराज भट्टराईका अनुसार दुई वर्षभन्दा बढी समयदेखि एउटै कार्यालयमा कार्यरत तथा निरन्तर आकर्षक मानिएका अड्डा वा कार्यालयमा बस्दै आएका कर्मचारीलाई सरुवा प्रक्रियामा समेटिएको हो । मन्त्री भट्टराईले लामो समयसम्म एउटै कार्यालयमा बस्ने र निश्चित कार्यालयमा मात्रै सीमित हुने प्रवृत्तिले वित्तीय सुशासनमा चुनौती सिर्जना गरेको बताए । यस्तो बेथिति अन्त्य गर्दै प्रशासनिक सुधार गर्ने उद्देश्यले सरुवा गरिएको उनको भनाइ छ ।

मन्त्रालयका अनुसार विगतमा जनशक्ति अभावको कारण देखाउँदै एउटै कर्मचारीलाई तीनदेखि चारवटासम्म कार्यालयको जिम्मेवारी दिने गरिएको थियो । अब यस्तो व्यवस्था पूर्ण रूपमा अन्त्य गरी रिक्त स्थानमा ‘एक कर्मचारी, एक कार्यालय’ को नीति कडाइका साथ लागू गरिने भएको छ । अर्थ मन्त्रालय मातहत वा अन्य निकायमा कुनै लेखा अधिकृत वा कर्मचारीले एकभन्दा बढी कार्यालयको जिम्मेवारी सम्हालिरहेको भए त्यसको समेत पुनरवलोकन गरिने मन्त्रालयले जनाएको छ । त्यस्ता कर्मचारीलाई तत्काल एउटै कार्यालयको जिम्मेवारीमा सीमित गरिनेछ ।

सरुवा भएका कर्मचारीले सरुवा आदेशअनुसार सात दिनभित्र साविक कार्यालयबाट रमाना लिई नयाँ पदस्थापना भएको कार्यालयमा हाजिर भइसक्नुपर्ने व्यवस्था गरिएको छ । तोकिएको अवधिभित्र रमाना नलिई साविककै कार्यालयमा बस्ने कर्मचारीको खाता सञ्चालन अधिकार रोक्का गर्न प्रदेश कोष नियन्त्रक कार्यालयलाई निर्देशन दिइएको मन्त्री भट्टराईले बताए ।

Tags: मधेश प्रदेश सरकार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भोटेकोशीको बाढीले मच्चायो महाविनाशः ५५३ शव फेला, ९७७ अझै बेपत्ता, भारतसम्म बाढीको असर

भदौ १२, २०८३
मुख्यमन्त्री यादवको सचिवालयका कर्मचारीको रोकिएको तलब निकासा, १४ जनाले पाए सुविधा

मधेशका ७६ जना लेखा अधिकृतको सरुवा, ‘एक कर्मचारी-एक कार्यालय’ नीति लागू

भदौ १२, २०८३
रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

रसुवा बाढीपछि मधेशका १० जना सम्पर्कमा, अझै ११६ जना बेपत्ता

भदौ १२, २०८३
भोटेकोशीको कहरः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

भोटेकोशीको कहरः जलविद्युत् आयोजनाको सुरुङबाट १९१ जनाको उद्धार

भदौ १२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि