Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

बाढीको बहाव र जोखिम अझै कायमै रहेकाले सम्भावित थप क्षतिबाट जोगिन विशेष सावधानी अपनाउन पार्टीले अपिल गरेको हो । बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि आएको बाढीले प्रभावित क्षेत्रमा रहेका नागरिक, सुरक्षाकर्मी र कर्मचारीसमेत सम्पर्कविहीन भएको पार्टीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १०, २०८३
भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

वीरगंज (पर्सा), १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । बाढीको बहाव र जोखिम अझै कायमै रहेकाले सम्भावित थप क्षतिबाट जोगिन विशेष सावधानी अपनाउन पार्टीले अपिल गरेको हो । पार्टीका पर्सा जिल्ला संयोजक जयप्रकाश थारूले बुधबार जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट र धादिङका रसुवागढी, टिमुरे, स्याफ्रु, मैलुङ तथा बेत्रावतीलगायत क्षेत्रमा बाढीले व्यापक मानवीय तथा भौतिक क्षति पुर्‍याएको उल्लेख छ ।

बुधबार बिहान करिब सवा ९ बजे तिब्बततर्फबाट भोटेकोशी नदीमा एक्कासि आएको बाढीले प्रभावित क्षेत्रमा रहेका नागरिक, सुरक्षाकर्मी र कर्मचारीसमेत सम्पर्कविहीन भएको पार्टीले जनाएको छ । बाढीका कारण केही व्यक्ति घाइते हुनुका साथै ठूलो संख्यामा घर तथा पसलमा क्षति पुगेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बाढीले बजारदेखि भन्सार र विद्युत् संरचनासम्म क्षति
बाढीको चपेटामा टिमुरे बजारसहितका क्षेत्रका घर, पसल र पशुचौपाया परेका छन् । त्यस्तै, भन्सार कार्यालय, प्रहरी चौकी, टेलिकम टावर, सडक तथा पुलमा समेत क्षति पुगेको पार्टीले जनाएको छ । बाढीले जलविद्युत् आयोजना, विद्युत् गृह तथा सबस्टेसन र खेतबारीमा समेत क्षति पुर्‍याएको उल्लेख गर्दै पार्टीले विपद्को अवस्था गम्भीर रहेको जनाएको छ ।
भोटेकोशीसँगै त्रिशूली नदीमा पनि बाढीको जोखिम अझै कायम रहेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रका नागरिकलाई विशेष सावधानी अपनाउन पार्टीले आग्रह गरेको छ ।

‘जोखिमपूर्ण यात्रा नगर्नुस्, सुरक्षित स्थानमा बस्नुस्‌’
पार्टी संयोजक थारूले नदी आसपास बसोबास गर्ने नागरिकलाई सम्भावित जोखिमलाई बेवास्ता नगर्न आग्रह गरेका छन् । उनले सुरक्षित स्थानमा रहन, जोखिमपूर्ण यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन अनिवार्य रूपमा पालना गर्न अपिल गरेका छन् । विपद्का बेला नागरिकको जीवनरक्षा राज्यको पहिलो प्राथमिकता हुनुपर्ने भन्दै पार्टीले प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा राहतका लागि राज्यका सम्पूर्ण विपद् व्यवस्थापन संयन्त्र, उपलब्ध साधन–स्रोत र आवश्यक वैकल्पिक उपाय परिचालन गर्न सरकारसँग माग गरेको छ ।

उद्धारमा सबै संयन्त्र परिचालन गर्न माग
बाढीमा फसेका नागरिकको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारसम्म राहत पुर्‍याउने कामलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय सरकारबीच तत्काल समन्वय आवश्यक रहेको पार्टीले जनाएको छ । त्यसका लागि जनप्रतिनिधि, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज तथा विभिन्न सामाजिक संघ–संस्थाबीच सहकार्य र समन्वय बढाउन पनि नेकपा पर्साले आग्रह गरेको छ ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउनु अहिलेको प्रमुख आवश्यकता रहेको उल्लेख गर्दै पार्टीले विपद्को समयमा राजनीतिक तथा सामाजिक क्षेत्रका सबै पक्ष एकजुट भएर मानवीय सेवामा केन्द्रित हुनुपर्नेमा जोड दिएको छ । ‘सबै सुरक्षित रहौं, एकजुट भएर उद्धार, राहत र मानवीय सेवामा जुटौं’, विज्ञप्तिमार्फत पार्टीले अपिल गरेको छ ।

Tags: नेपाली कम्युनिष्ट पार्टी पर्सा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भोटेकोशी बाढीको जोखिम कायमैः नागरिकलाई उच्च सतर्कता अपनाउन नेकपा पर्साको अपिल

भदौ १०, २०८३
भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भोटेकोशी बाढीले मच्चायो ताण्डवः सयौं बेपत्ता, ११४ को हवाई उद्धार, तीन जिल्ला ‘विपद् संकटग्रस्त क्षेत्र’

भदौ १०, २०८३
छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

छपकैयामा दुई समुदायबीचको झडपः कांग्रेस नेता शाहबुद्दीन प्रहरी नियन्त्रणमा

भदौ १०, २०८३
पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

पोखरिया अस्पतालमा मेसु रौनियारको दादागिरीः सूचना माग्दा हप्की, ‘हाम्रो एडिटर हो कि अख्तियार?’

भदौ १०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि