Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रेमको विषयलाई लिएर युवती मोबाइल टावरमा चढेपछि तनाव, प्रेमीसँग विवाह गराइदिन माग

युवतीले विवेक आफूलाई स्वीकार गर्न तयार नभएको आरोप लगाउँदै विवाह गराइदिन माग गरेकी थिइन् । प्रेमसम्बन्धको विषयमा उनले परिवार तथा जनप्रतिनिधिसँग समेत सहयोग मागे पनि समस्या समाधान नभएपछि मंगलबार बिहान करिब ७ बजे बौद्धी माई मन्दिर नजिकै एक निजी विद्यालयको छेउमा रहेको एयरटेलको मोबाइल टावरमा चढेको बताइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ९, २०८३
प्रेमको विषयलाई लिएर युवती मोबाइल टावरमा चढेपछि तनाव, प्रेमीसँग विवाह गराइदिन माग

रक्सौल (विहार), ९ भदौ । भारतको रक्सौल नगर परिषद् क्षेत्रअन्तर्गत हरैया थाना क्षेत्रमा प्रेमसम्बन्धी विषयलाई लिएर मंगलबार बिहान एक युवती मोबाइल टावरमा चढेपछि तनावको अवस्था सिर्जना भएको छ । प्रेमीले आफूलाई स्वीकार गर्न नमानेको भन्दै युवती हातमा चक्कु लिएर टावरमा चढेकी थिइन् । परेऊँवा निवासी रुबी नामकी युवती आदापुर निवासी विवेकसँग प्रेमसम्बन्धमा रहेको बताइएको छ ।

युवतीले विवेक आफूलाई स्वीकार गर्न तयार नभएको आरोप लगाउँदै विवाह गराइदिन माग गरेकी थिइन् । प्रेमसम्बन्धको विषयमा उनले परिवार तथा जनप्रतिनिधिसँग समेत सहयोग मागे पनि समस्या समाधान नभएपछि मंगलबार बिहान करिब ७ बजे बौद्धी माई मन्दिर नजिकै एक निजी विद्यालयको छेउमा रहेको एयरटेलको मोबाइल टावरमा चढेको बताइएको छ । टावरमा चढेकी युवतीले हातमा चक्कु बोकेर आत्महत्या गर्ने धम्की दिँदै आफूलाई प्रेमीसँग विवाह गराइदिन माग गरिरहेकी थिइन् ।

घटनाको जानकारी पाएलगत्तै हरैया थानाध्यक्ष किशनकुमार प्रहरी टोलीसहित घटनास्थल पुगेका थिए । त्यसपछि सीओ अरविन्दकुमारसमेत घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिन पहल गरेका थिए । प्रहरीले माइकिङ गर्दै युवतीलाई टावरबाट सुरक्षित रूपमा तल झर्न आग्रह गरेको थियो । लामो समयसम्म सम्झाइबुझाइ गरेपछि करिब ९ः३० बजे उनी तल झर्न तयार भएकी थिइन् ।

प्रहरी–प्रशासनले उनको कुरा सुन्ने र आवश्यक पहल गर्ने आश्वासन दिएपछि युवती सामान्य अवस्थामा आएकी थिइन् । त्यसपछि प्रहरी टोलीले उनलाई सुरक्षित रूपमा टावरबाट उद्धार गरेको थियो । घटनास्थलमा युवतीलाई हेर्न ठूलो संख्यामा स्थानीयको भीड जम्मा भएको थियो । करिब साढे दुई घण्टासम्म चलेको उद्धार तथा सम्झाइबुझाइ अभियान सफल भएपछि प्रहरी–प्रशासनले राहतको सास फेरेको थियो ।

समाजसेवी रञ्जित सिंहले प्रहरी–प्रशासनले घटनामा संयमता र सूझबुझका साथ काम गरेको बताए । वडा नं. १ का पार्षद ओमकुमार साहले समेत युवतीलाई सुरक्षित उद्धार गर्न प्रहरी प्रशासनले खेलेको भूमिकाको प्रशंसा गरेका छन् । प्रहरीले युवतीको मानसिक अवस्था तथा प्रेमसम्बन्धसँग जोडिएको घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Tags: प्रेमीसँग विवाहको मागसहित युवती मोबाइलको टावरमाथि चढेपछि..
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि