Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

विशेषगरी नवविवाहिताले माइतीमा मनाउने यो पर्वमा उनीहरूसँगै परिवार तथा छरछिमेकका महिलाहरूको पनि सहभागिता रहने गर्छ । पूजा, कथा वाचन, लोकगीत, फूल टिप्ने परम्परा र विभिन्न विधिले पर्वलाई धार्मिकसँगै सांस्कृतिक तथा सामाजिक महत्वको बनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

जनकपुरधाम (धनुषा), ३१ साउन । मिथिलाको विशिष्ट लोकपर्व मधुश्रावणी शनिबार विधिपूर्वक सम्पन्न भएको छ । साउन कृष्णपक्षको पञ्चमीबाट सुरु भएको पर्व साउन शुक्लपक्षको तृतीयाका दिन सम्पन्न भएको हो । यस अवधिमा मिथिलाका नवविवाहित महिलाले माता गौरी, महादेव तथा नागदेवता विषहराको पूजा आराधना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गरे । मधुश्रावणी मिथिलाको मौलिक लोकपरम्परासँग जोडिएको पर्व हो । विशेषगरी नवविवाहिताले माइतीमा मनाउने यो पर्वमा उनीहरूसँगै परिवार तथा छरछिमेकका महिलाहरूको पनि सहभागिता रहने गर्छ । पूजा, कथा वाचन, लोकगीत, फूल टिप्ने परम्परा र विभिन्न विधिले पर्वलाई धार्मिकसँगै सांस्कृतिक तथा सामाजिक महत्वको बनाएको छ ।

पर्वको सुरुवातसँगै नवविवाहिताले स्नान गरी चोखो भएर पूजा गर्ने स्थानमा विशेष अरिपन बनाउने र त्यसमा नागदेवताका आकृति स्थापना गर्ने परम्परा छ । त्यसपछि माता गौरी र महादेवको विधिपूर्वक पूजा गर्दै प्रत्येक दिन निर्धारित कथा सुन्ने गरिन्छ । पूजा अवधिभर गोसाउनि गीत, गौरीगीत, शिवनचारी, महेशवाणी र कोहबरलगायतका मैथिली लोकगीत गाइन्छन् । मधुश्रावणीको अर्को आकर्षण फूललोढी हो । पर्व सुरु हुनुअघि नवविवाहितासहित महिलाहरू समूहमा फूल टिप्न जाने गर्छन् । लोकगीत गाउँदै र रमाइलो गर्दै फूल टिप्ने यो परम्पराले महिलाहरूलाई एकआपसमा घुलमिल हुने र सामूहिक रूपमा समय बिताउने अवसरसमेत प्रदान गर्छ ।

पर्वका क्रममा माता गौरीलाई बेसारबाट तयार पारिएको प्रतिक बनाएर पूजा गर्ने गरिन्छ । महादेवसँगै नागदेवता विषहराको समेत विशेष पूजा गरिन्छ । नागलाई महादेवको सन्ततिका रूपमा मानिने भएकाले विषहराको पूजा गरे सर्पको भयबाट मुक्ति मिल्ने धार्मिक विश्वास मिथिला समाजमा रहँदै आएको छ । मधुश्रावणीमा हरेक दिन फरक–फरक धार्मिक तथा लोककथा सुनाउने परम्परा छ । मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मंगला गौरी, पृथ्वी जन्म, समुद्र मन्थन तथा सतीका कथालगायतका प्रसङ्ग व्रतालु महिलालाई सुनाइन्छ । यी कथामा धार्मिक आस्था मात्र नभई दाम्पत्य जीवन, पारिवारिक सम्बन्ध, कर्तव्य, सहिष्णुता, सहयोग र सामाजिक व्यवहारका विषयसमेत समेटिएका हुन्छन् ।

संस्कृतिविद् रमेशरञ्जन झाका अनुसार मधुश्रावणी मनोरञ्जन र धार्मिक आस्थाको पर्व मात्र नभई जीवनोपयोगी शिक्षा दिने परम्परा पनि हो । पर्वका कथामार्फत नवविवाहितालाई गृहस्थ जीवन, पारिवारिक जिम्मेवारी, दाम्पत्य सम्बन्ध र सामाजिक व्यवहारबारे अप्रत्यक्ष रूपमा ज्ञान दिने गरिएको उनको भनाइ छ । ‘परम्परागत मिथिला समाजमा विवाहपश्चात् नवविवाहितालाई प्रौढ महिलाहरूले कथाका माध्यमबाट जीवनका गम्भीर तथा आवश्यक पक्षबारे ज्ञान दिने परम्परा थियो,’ झा भन्छन्, ‘यस अर्थमा मधुश्रावणी महिलालाई मानसिक र सामाजिक रूपमा गृहस्थ जीवनका लागि तयार पार्ने मौलिक माध्यमसमेत हो ।’

मधुश्रावणी नवविवाहिताका लागि एकअर्कासँग नजिक हुने अवसर पनि बन्दै आएको छ । जनकपुरधामकी नवविवाहिता पूजा झाका अनुसार व्यस्त दैनिकीका कारण एकै ठाउँमा भएर पनि कुराकानी गर्न नपाउने महिलालाई पर्वले सामूहिक रूपमा समय बिताउने अवसर दिन्छ । फूललोढीका क्रममा साथीसँगै लोकगीत गाउँदै फूल टिप्न जाने, पूजा गर्ने र कथा सुन्ने गतिविधिले पर्वमा मनोरञ्जनको वातावरणसमेत सिर्जना गर्ने नवविवाहिताहरू बताउँछन् । साथै, यसबाट मैथिली संस्कार र परम्पराका विभिन्न विधिबारे सिक्ने अवसर मिल्ने उनीहरूको अनुभव छ ।

पर्वको अन्तिम दिन विशेष विधिका साथ पूजा सम्पन्न गरी १३ दिनसम्म एकत्रित गरिएका फूल अर्थात् निर्माल विसर्जन गर्ने गरिन्छ । त्यसअघि नवविवाहिताले गौरीको नैवेद्य तयार पार्ने तथा परम्पराअनुसार टेमी विधिमा सहभागी हुने चलन छ । टेमी विधिमा दियोको टुप्पीले नवविवाहिताको देब्रे गोडामा प्रतीकात्मक रूपमा स्पर्श गराइन्छ र त्यस स्थानमा चन्दनको लेप लगाउने गरिन्छ । गर्भवती महिलाका लागि भने शीतल टेमी दिने परम्परा रहेको छ । मधुश्रावणीको विधि र परम्परामा जाति तथा स्थानअनुसार केही भिन्नता पनि पाइन्छ । मिथिला क्षेत्रमा मुख्यतः ब्राह्मण, कायस्थ, भूमिहार र सोनार समुदायमा यो पर्व विशेष रूपमा मनाइन्छ । कतिपय समुदायमा पर्व अवधिभर माइती तथा ससुरालीबाट आएका सामग्री प्रयोग गर्ने र खानपानसम्बन्धी छुट्टाछुट्टै परम्परा रहेको पाइन्छ ।

मधुश्रावणीको धार्मिक पक्ष माता गौरी र महादेवसँग जोडिएको छ । मिथिला समाजमा माता गौरीलाई अखण्ड सौभाग्य र दाम्पत्य सुख प्रदान गर्ने देवीका रूपमा पूजा गर्ने गरिन्छ । जनकपुरधामसँग जोडिएको धार्मिक विश्वासअनुसार सीताले समेत गौरीको पूजा गरेकी थिइन् । गौरी पूजाका क्रममा फूल टिप्ने क्रममा सीताको भगवान् रामसँग पहिलो भेट भएको प्रसङ्ग रामायणसँग जोडेर सुनाउने गरिन्छ ।

त्यस्तै, नागदेवता विषहराको पूजा पनि पर्वको महत्वपूर्ण पक्ष हो । लोककथाअनुसार भगवान् शिवसँग सम्बन्धित सर्परूपी सन्तानको कथाबाट विषहराको पूजा परम्परा सुरु भएको विश्वास गरिन्छ । साउन महिनामा नागको पूजा गर्ने व्यक्तिलाई सर्पको भय नहुने वरदान शिवले दिएको कथनसँग मधुश्रावणीमा विषहराको पूजा जोडिएको पाइन्छ । मधुश्रावणीको सुरुवातबारे विभिन्न धार्मिक आख्यान पाइन्छन् । शिवपुराणसँग जोडिएको एक प्रसङ्गमा मधुश्रावणी नामकी नवविवाहिताले आफ्ना पति कुष्ठरोगबाट पीडित भएपछि भगवान् शिवसँग दुःख व्यक्त गरेको र शिवकै सुझावअनुसार व्रत गरेपछि उनका पति निको भएको कथा सुनाइन्छ । त्यसै समयदेखि नवविवाहिताले पतिको दीर्घायु तथा दाम्पत्य सुखको कामनासहित यो व्रत गर्दै आएको जनविश्वास छ ।

समयसँगै मधुश्रावणीको स्वरूपमा केही परिवर्तन आए पनि यसको मूल सांस्कृतिक भावना भने मिथिला समाजमा अझै जीवित छ । धार्मिक अनुष्ठानसँगै लोकगीत, कथा, सामूहिक सहभागिता र पारिवारिक सम्बन्धलाई जोड्ने भएकाले यो पर्व मिथिलाको सांस्कृतिक पहिचानको महत्वपूर्ण हिस्सा बनेको छ । शनिबार पर्व सम्पन्न भएसँगै यस वर्षको मधुश्रावणी पनि विधिवत् रूपमा टुंगिएको छ । तर केही दिनका लागि माइतीमा भेला भएका नवविवाहिता र महिलाहरूबीच सिर्जना भएको आत्मीयता, पुस्तान्तरण हुँदै आएको लोकपरम्परा र कथामार्फत दिइने जीवनोपयोगी शिक्षाले मधुश्रावणीलाई केवल एउटा धार्मिक पर्वभन्दा माथि उठाएर मिथिलाको जीवनशैली र सांस्कृतिक स्मृतिसँग जोडिएको पर्वका रूपमा स्थापित गरेको छ ।

Tags: मधुश्रावणी पर्व
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

मिथिलाञ्चलमा सुरु भयो झुलोनोत्सव, जनकपुरधामका मठमन्दिरमा विशेष रौनक

साउन ३१, २०८३
एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

एन्टिबायोटिकको जथाभावी प्रयोग नियन्त्रण गर्न सचेतना अभियान

साउन ३१, २०८३
नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

नवविवाहिताका लागि संस्कार, शिक्षा र मनोरञ्जनको पर्व ‘मधुश्रावणी’

साउन ३१, २०८३
वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

वीरगंजमा भरततालजस्तै ताल बनाउन पर्यटनमन्त्रीसँग सांसद पन्तको आग्रह

साउन ३१, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि