Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

गहना बनाइदिने नाममा ५ लाखबढी कतारी रियाल ठगी, दुई नेपाली ज्वैलरी सञ्चालक फरार

कतारको चर्चित गोल्ड सुक क्षेत्रमा रहेको ‘गोल्डेन स्टोन ज्वैलरी’ सञ्चालन गर्दै आएका रौतहटको जिंगडवा–९ घर भएका मो. मोजाज आलम र मोहम्मद रैनमाथि गहना तयार पारिदिने भन्दै ग्राहकबाट रकम लिएर सम्पर्कविहीन भएको आरोप लागेको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २४, २०८३
गहना बनाइदिने नाममा ५ लाखबढी कतारी रियाल ठगी, दुई नेपाली ज्वैलरी सञ्चालक फरार

गौर (रौतहट), २४ साउन । कतारमा गहना बनाइदिने आश्वासन दिएर पाँच लाखभन्दा बढी कतारी रियाल अग्रिम रकम उठाएपछि दुई जना नेपाली सुनचाँदी पसल सञ्चालक फरार भएको आरोप लागेको छ । घटनामा करिब ५० जना नेपाली श्रमिक पीडित बनेका छन् । कतारको चर्चित गोल्ड सुक क्षेत्रमा रहेको ‘गोल्डेन स्टोन ज्वैलरी’ सञ्चालन गर्दै आएका रौतहटको जिंगडवा–९ घर भएका मो. मोजाज आलम र मोहम्मद रैनमाथि गहना तयार पारिदिने भन्दै ग्राहकबाट रकम लिएर सम्पर्कविहीन भएको आरोप लागेको हो ।

पीडितहरूका अनुसार उनीहरूले विभिन्न प्रकारका सुनचाँदीका गहना बनाउन अग्रिम रकम बुझाएका थिए । पसल सञ्चालकहरूले अर्डर धेरै भएकाले गहना तयार हुन समय लाग्ने भन्दै पटक–पटक समय सार्दै आएका थिए । लामो समयसम्म गहना नपाएपछि ग्राहकहरूले खोजी गर्दा पसल नै बन्द रहेको र सञ्चालकहरू सम्पर्कमा नआएको थाहा पाएपछि आफूहरू ठगिएको महसुस गरेको बताएका छन् । ठगीको कुल रकम पाँच लाखभन्दा बढी कतारी रियाल रहेको पीडितहरूको दाबी छ । रकम बुझाएपनि गहना नदिइएपछि उनीहरूले कतारका सम्बन्धित प्रहरी निकायमा औपचारिक उजुरी दर्ता गराएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष कृष्ण पन्थीका अनुसार पीडितहरू संघको सम्पर्कमा आएपछि घटनाबारे जानकारी प्राप्त भएको हो । उनले पीडितलाई आवश्यक सहयोग उपलब्ध गराउन एनआरएनए कतारले नेपाली दूतावास तथा कतारका ठगी र अपराधसम्बन्धी निकायसँग समन्वय गरिरहेको बताए । उजुरीमा उल्लेख भएअनुसार मोजाज आलम र मोहम्मद रैनले करिब सात वर्षदेखि साझेदारीमा उक्त ज्वैलरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । लामो समयदेखि व्यवसाय गरिरहेका उनीहरू अचानक पसल बन्द गरी सम्पर्कविहीन भएपछि पीडितहरूको चिन्ता बढेको छ ।

हाल कतार प्रहरीले दुवै फरार सञ्चालकको खोजी तीव्र पारेको बताइएको छ । पीडितहरूले आफूहरूको रकम फिर्ता गराइदिन र दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । घटनाले वैदेशिक रोजगारीका क्रममा विदेशमा व्यवसाय सञ्चालन गर्ने नेपालीप्रति विश्वास गरेर ठूलो रकम अग्रिम बुझाउँदा आवश्यक कानुनी सुरक्षा र लिखित प्रमाणको महत्वलाई समेत उजागर गरेको छ ।

Tags: ५ लाखबढी कतारी रियाल ठगेर दुई नेपाली फरार
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि