Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, किसानलाई सिँचाइको चिन्ता

रातिको समयमा योजनाबद्ध रूपमा हुने यस्ता चोरीका घटनाले कृषि उत्पादनसँगै ग्रामीण सुरक्षाप्रति पनि गम्भीर चिन्ता बढाएको छ । हालै महोत्तरीको एकरहियामा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको भोलिपल्टै धनुषाको बिसपिट्टीमा डिप बोरिङ सञ्चालनका लागि राखिएको ट्रान्सफर्मर चोरी भएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८३
मधेशमा ट्रान्सफर्मर चोरी बढ्दै, किसानलाई सिँचाइको चिन्ता

जनकपुरधाम (धनुषा), २३ साउन । मधेश प्रदेशमा पछिल्ला केही वर्षयता डिप बोरिङ सञ्चालनका लागि जडान गरिएका ट्रान्सफर्मर चोरी हुने घटना तीव्र रूपमा बढ्न थालेपछि किसानहरू सिँचाइ सुविधाबाट वञ्चित हुन थालेका छन् । रातिको समयमा योजनाबद्ध रूपमा हुने यस्ता चोरीका घटनाले कृषि उत्पादनसँगै ग्रामीण सुरक्षाप्रति पनि गम्भीर चिन्ता बढाएको छ । हालै महोत्तरीको एकरहियामा विद्युतीकरणका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी भएको भोलिपल्टै धनुषाको बिसपिट्टीमा डिप बोरिङ सञ्चालनका लागि राखिएको ट्रान्सफर्मर चोरी भएको थियो । स्थानीयका अनुसार बिसपिट्टीमा दुई वर्षको अवधिमा तीनवटा ट्रान्सफर्मर चोरी भइसकेका छन् भने एकरहियामा पनि एक वर्षभित्र तीन पटक यस्तै घटना दोहोरिएको छ ।

धनुषा, महोत्तरी र सिरहासहित मधेशका विभिन्न जिल्लामा पछिल्लो एक महिनामै आठभन्दा बढी ट्रान्सफर्मर चोरी भएका घटनाहरू सार्वजनिक भएका छन् । नहर वा अन्य स्थायी सिँचाइ सुविधा नपुगेका क्षेत्रमा डिप बोरिङ किसानका लागि भरपर्दो विकल्प बनेको भए पनि ट्रान्सफर्मर चोरीपछि ती प्रणाली पूर्ण रूपमा ठप्प भएका छन् । सिँचाइ बन्द भएपछि खेतमा लगाइएको धानबाली सुक्न थालेको छ । पानी अभावका कारण कतिपय खेतमा चिरा पर्न थालेको भन्दै किसानहरूले तत्काल सुरक्षा व्यवस्था कडा बनाउन र चोरी भएका ट्रान्सफर्मर प्रतिस्थापन गर्न माग गरेका छन् ।

संघीय तथा प्रदेश सरकारले भूमिगत जलस्रोत सिँचाइ कार्यक्रमअन्तर्गत गाउँ–गाउँमा डिप बोरिङ जडान गर्दै आएका छन् । करिब पाँच लाख रुपैयाँ मूल्य पर्ने ५० केभीए क्षमताका ट्रान्सफर्मर प्रयोग हुने यस्ता आयोजनाको कुल लागत झण्डै एक करोड रुपैयाँ पुग्ने गर्छ। तर ट्रान्सफर्मरभित्रको तामाको तार निकालेर बिक्री गर्ने उद्देश्यले हुने चोरीका कारण करोडौं रुपैयाँको सरकारी लगानी निष्प्रभावी बन्दै गएको छ । मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा ट्रान्सफर्मर चोरीका ६३ वटा घटना अभिलेखमा रहेका छन् । तीमध्ये २२ वटा घटनामा मात्र मुद्दा दर्ता भएको छ भने एक व्यापारीसहित १९ जना पक्राउ परेका छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी महोत्तरीमा २८ वटा ट्रान्सफर्मर चोरी भएका छन्, तर हालसम्म कुनै पनि आरोपी पक्राउ परेका छैनन् । प्रहरीले अधिकांश घटना संगठित समूहबाट हुने गरेको आशंका गरेको छ । स्थानीयवासीका अनुसार सुनसान स्थानमा जडान गरिएका ट्रान्सफर्मरलाई लक्षित गरी सक्रिय गिरोहले भारतीय नम्बर प्लेट भएका सवारीसाधनसमेत प्रयोग गर्ने गरेको देखिएको छ । लगातार बढिरहेका यस्ता घटनाले किसानको आजीविकामात्र होइन, प्रदेशको कृषि उत्पादन र ग्रामीण सुरक्षा व्यवस्थामाथि पनि गम्भीर चुनौती खडा गरेको छ ।

५ वर्षमा ९९ ट्रान्सफर्मर चोरी
पछिल्ला पाँच वर्षमा ९९ वटा ट्रान्सफर्मर चोरी भएको नेपाल विद्युत् प्राधिकरण मधेस प्रादेशिक कार्यालय जनकपुरधामका प्रशासन प्रमुख कालिचरण यादवले जानकारी दिए । उनले ट्रान्सफर्मरभित्र प्रयोग हुने तामाको तार महँगो मूल्यमा बिक्री हुने भएकाले चोरीको घटना बढेको बताए । महोत्तरीबाट ३५, बारामा १५, धनुषामा १४, रौतहटमा १०, सर्लाही र सिरहामा नौ–नौ वटा, सप्तरीमा तीन वटा तथा पर्सामा दुई वटा ट्रान्सफर्मर चोरी भएका हुन् । चोरी भएका ट्रान्सफर्मरको क्षमता १५ केभिएका देखि २०० केभिएका छन् । ट्रान्सफर्मर चोरीले किसानलाई प्रत्यक्ष प्रभाव परेको छ । भनेको बेलामा सिँचाइ गर्न नपाएकाले उनीहरु प्रभावित भएका हुन् ।

Tags: ट्रान्सफर्मर चोरी बढ्दै
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

सगरमाथा एकेडेमीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २५ हजार सहयोग

अशोज १३, २०८३
मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

मधेश प्रदेश अन्तर्गतका कर्मचारीहरु दुई महिनादेखि पाएनन् तलब

अशोज १३, २०८३
लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

लोककल्याणकारी विज्ञापनको रोक्का बजेट फुकुवा गर्न पत्रकार महासंघको माग

अशोज १३, २०८३
जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

जीतपुरमा प्रहरीको नाम जोडेर रकम मागेको आरोप, प्रमाण भए कारबाही गर्ने बारा प्रहरीको चेतावनी

अशोज १३, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि