Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सामसुङको आधिकारिक सर्भिस सेन्टरमै चरम लापरवाही : ‘मोबाइल बनाउन दिएँ, झन् बिगारिदिए’

वीरगंज महानगरपालिका–२३ रामगढवा निवासी अशेसर पटेलले आफ्नो ‘सामसुङ ग्यालेक्सी एस–२५ अल्ट्रा’ मोबाइलको डिस्प्ले मर्मत गराउन करिब एक साताअघि उक्त सर्भिस सेन्टरमा बुझाएका थिए । तर, तोकिएको समयमै मोबाइल मर्मत गरेर नदिई प्रत्येक दिन ‘भोलि आउनुस्‌’ भन्दै झुलाइएको उनको गुनासो छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन २३, २०८३
सामसुङको आधिकारिक सर्भिस सेन्टरमै चरम लापरवाही : ‘मोबाइल बनाउन दिएँ, झन् बिगारिदिए’

वीरगंज (पर्सा), २३ साउन । उपभोक्ताले विश्वासका साथ रोज्ने आधिकारिक सर्भिस सेन्टरमै सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठ्ने घटना वीरगंजमा सार्वजनिक भएको छ । वीरगंजको माइस्थानस्थित सामसुङ कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा मोबाइल मर्मतका नाममा सेवाग्राहीलाई अनावश्यक रूपमा पटक–पटक धाउन बाध्य पारिएको, समयमै सेवा नदिइएको तथा मर्मतका क्रममा मोबाइलको थप क्षति गरिएको आरोप लागेको हो । वीरगंज महानगरपालिका–२३ रामगढवा निवासी अशेसर पटेलले आफ्नो ‘सामसुङ ग्यालेक्सी एस–२५ अल्ट्रा’ मोबाइलको डिस्प्ले मर्मत गराउन करिब एक साताअघि उक्त सर्भिस सेन्टरमा बुझाएका थिए । तर, तोकिएको समयमै मोबाइल मर्मत गरेर नदिई प्रत्येक दिन ‘भोलि आउनुस्‌’ भन्दै झुलाइएको उनको गुनासो छ ।

पटेलका अनुसार मोबाइलको डिस्प्ले परिवर्तन गर्न दिइएको भएपनि मर्मत प्रक्रियाकै क्रममा मोबाइलको पछाडिको सिसा (ब्याक ग्लास) समेत फुटाइएको छ । पहिले नभएको क्षति सर्भिस सेन्टरमै भएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् । उनले एक सातासम्म दैनिकजसो सर्भिस सेन्टर पुग्दा पनि कहिले पार्टपुर्जा नआएको, कहिले काम भइरहेको र कहिले भोलिपल्ट लिन आउन आग्रह गरिएको बताए । पटक–पटक आश्वासन दिए पनि अन्ततः मोबाइल तयार नभएको उनको भनाइ छ । घटनाले शुक्रबार नयाँ मोड लिएको बताइएको छ । पटेलका अनुसार बिहान करिब १० बजे सर्भिस सेन्टरबाट फोन गरी मोबाइल मर्मत भइसकेको र आएर लैजान आग्रह गरिएको थियो । व्यक्तिगत कामका कारण उनी साँझ करिब ४ बजे सर्भिस सेन्टर पुगेका थिए । तर त्यहाँ पुग्दा मोबाइल अझै मर्मत भइनसकेको पाइएको उनले बताए ।

यति मात्र होइन, आफूलाई फोन गरेर बोलाएपछि मोबाइल लिन जाँदा त्यहाँ कार्यरत मिस्त्रीले उल्टै ‘फोन गर्नेबित्तिकै किन आउनुभएन ? अब भोलि आउनुस’ भन्दै असभ्य व्यवहार र हप्कीदप्की गरेको आरोप पटेलले लगाएका छन् । सेवाग्राहीप्रति अपनाइएको यस्तो व्यवहारका कारण दुवै पक्षबीच विवादसमेत भएको बताइएको छ । पटेलले आधिकारिक सर्भिस सेन्टरबाट गुणस्तरीय र जिम्मेवार सेवा पाउने अपेक्षा राखेर मोबाइल बुझाएको भएपनि उल्टै समयको बर्बादी, मानसिक तनाव र मोबाइलमा थप क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् । उनले मर्मतको क्रममा भएको क्षतिको जिम्मेवारी सर्भिस सेन्टरले लिनुपर्ने माग गरेका छन् ।

उनको भनाइअनुसार आधिकारिक सर्भिस सेन्टर भएकै कारण उपभोक्ताले निजी मर्मत पसलभन्दा बढी शुल्क तिर्न तयार हुन्छन् । तर, महँगो सेवा लिएर पनि समयमै मर्मत नहुने, सामानको सुरक्षा सुनिश्चित नहुने र सेवाग्राहीसँग सम्मानजनक व्यवहारसमेत नहुने अवस्था चिन्ताजनक भएको उनको टिप्पणी छ । घटनापछि पटेलले सर्भिस सेन्टरको सेवा, कर्मचारीको व्यवहार तथा मर्मत प्रक्रियामा देखिएको लापरवाहीबारे सञ्चारकर्मीसमक्ष गुनासो राखेका छन् । उनले सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायले घटनाको छानबिन गरी सेवाग्राहीमाथि भएको अन्यायको समाधान गर्नुपर्ने माग गरेका छन् ।

आधिकारिक सर्भिस सेन्टरहरूले मर्मतका क्रममा ग्राहकको सामान सुरक्षित राख्नु, तोकिएको समयभित्र सेवा उपलब्ध गराउनु तथा मर्मतका क्रममा थप क्षति भए त्यसको जिम्मेवारी लिनु उनीहरूको दायित्व हो । यदि सेवाग्राहीका गुनासोलाई आधार मान्ने हो भने यो सेवा प्रवाहमा गम्भीर लापरवाहीको उदाहरण हो । यस विषयमा सामसुङको आधिकारिक सर्भिस सेन्टर वा सम्बन्धित व्यवस्थापनको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन । घटनाबारे उनीहरूको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ ।

Tags: महँगो शुल्क कमजोर सेवा: सामसुङ सर्भिस सेन्टर विवादमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

मुख्यमन्त्री कार्यालय परिसरमा डीडीसीको दुग्धजन्य सामग्री बिक्री स्टल खुल्ने

साउन २३, २०८३
लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

लेनदेन विवादबारे भएको सहमति खारेजको माग गर्दै प्रदर्शन

साउन २३, २०८३
ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

ढल्केबरमै ट्रमा सेन्टर निर्माणको माग गर्दै आन्दोलनको घोषणा

साउन २३, २०८३
ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

ट्याङ्करबाट तेल चोरेको आरोपमा पम्पका सञ्चालकसहित सातजना पक्राउ

साउन २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि