Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चिया पसलदेखि अन्तर्राष्ट्रिय प्रिस्कुलसम्मः ‘बल’ को संघर्ष, आत्मविश्वास र सफलताको प्रेरणादायी यात्रा !

वीरगंजका युवा तथा ‘लिटिल बडी प्रि-स्कुल’का प्रधानाध्यापक ‘विजय कुमार बल’को जीवनयात्रा पनि त्यस्तै प्रेरणादायी उदाहरण हो । उनको जीवनले एउटा सन्देश दिन्छ ‘संघर्ष कहिल्यै व्यर्थ हुँदैन ।’ इमानदार मेहनत, धैर्य, सकारात्मक सोच र सही अवसरको सदुपयोग गर्न सक्ने व्यक्ति सामान्य परिवेशबाट उठेर पनि समाजका लागि प्रेरणा बन्न सक्छ । यही कारण विजय कुमार बलको यात्रा केवल व्यक्तिगत सफलताको इतिहास होइन, भविष्यका पुस्तालाई सपना देख्न, संघर्ष गर्न र आफ्नै देशमा सम्भावनाको नयाँ अध्याय लेख्न प्रेरित गर्ने जीवनदर्शन पनि हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
साउन १९, २०८३
चिया पसलदेखि अन्तर्राष्ट्रिय प्रिस्कुलसम्मः ‘बल’ को संघर्ष, आत्मविश्वास र सफलताको प्रेरणादायी यात्रा !

वीरगंज (पर्सा), १९ साउन । सफलताको कथा सुन्दा धेरैले त्यसको अन्तिम परिणाम मात्र देख्छन्, तर त्यस परिणामसम्म पुग्न व्यक्तिले पार गर्नुपरेका अनगिन्ती संघर्ष, त्याग, असफलता, धैर्य र निरन्तर मेहनतका अध्याय प्रायः ओझेलमा पर्छन् । वास्तवमा प्रत्येक सफलताको जगमा पसिना, पीडा, जिम्मेवारी र आत्मविश्वासका अनगिन्ती इँटा जोडिएका हुन्छन् ।

वीरगंजका युवा तथा ‘लिटिल बडी प्रि-स्कुल’का प्रधानाध्यापक ‘विजय कुमार बल’को जीवनयात्रा पनि त्यस्तै प्रेरणादायी उदाहरण हो । सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मिएर बाल्यकालदेखि आमाबुबाको चिया पसलमा सघाउने बालक, किशोर अवस्थामै ट्युसन पढाएर आफ्नो पढाइको खर्च जुटाउने विद्यार्थी, विभिन्न विद्यालय र संस्थामा शिक्षक, कम्प्युटर अपरेटर तथा लेखापालको जिम्मेवारी निभाउने युवा, व्यवसायमा ठूलो घाटा बेहोरेर पुनः विदेशिन बाध्य बनेका संघर्षशील व्यक्ति, जापानमा कठोर मेहनत गर्दै उत्कृष्ट विद्यार्थी बन्न सफल नेपाली, र अन्ततः आफ्नै देश फर्केर अन्तर्राष्ट्रिय स्तरको प्रिस्कुल स्थापना गरी दर्जनौँ युवालाई रोजगारी दिने उद्यमी-यी सबै परिचय एउटै व्यक्तिका जीवनका फरक-फरक अध्याय हुन् ।

सामान्य परिवारमा जन्म, असाधारण सपनाको सुरुवात
वि.सं. २०४६ साल कार्तिक १६ गते कृष्णबहादुर बल र इन्दिरा देवी बलको परिवारमा जेठो छोराका रूपमा विजय कुमार बलको जन्म भयो । परिवारमा एक दिदी, उनीभन्दा सानी एक बहिनी र एक भाइ गरी चार दाजुभाइ–दिदीबहिनी हुर्किए ।

उनका बुबा कृष्णबहादुर बल वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा मालीका रूपमा सरकारी सेवामा कार्यरत थिए । सरकारी जागिर भएपनि सीमित तलबले परिवार धान्न सहज थिएन । त्यसैले उनका बुबाआमाले बिहान कार्यालय जानुअघि र बेलुका ड्युटी सकेपछि कर्मचारी क्वार्टर नजिकै, पशुपति शिक्षा मन्दिर बोर्डिङ स्कुलअगाडि सानो चिया पसल सञ्चालन गरे । विद्यालयका शिक्षक तथा कर्मचारीलाई दैनिक चिया पुर्‍याउने काम पनि उहाँहरूकै जिम्मेवारी थियो ।

विजय कुमार बलको बाल्यकाल यही संघर्षमय वातावरणमा बित्यो । प्रारम्भिक शिक्षा बाल मन्दिरबाट सुरु भए पनि उनको जीवनको महत्वपूर्ण मोड एउटा सामान्य देखिने घटनाबाट सुरु भयो ।

विजय कुमार बलको परिवार ।

एउटा अवसर जसले बदलिदियो जीवनको दिशा
एक दिन उनका बुबा विद्यालयमा चियाको मासिक रकम लिन पुगेका थिए । त्यही क्रममा विद्यालयका प्राचार्यले उनको पढाइबारे चासो राख्दै एउटा प्रस्ताव गरे । विद्यालयले चियाको रकमबाट शुल्क मिलाउने र बाँकी खर्च छात्रवृत्तिबाट व्यवस्थापन गर्ने सर्तमा विजयलाई विद्यालयमा भर्ना गराउने प्रस्ताव राखियो । आर्थिक रूपमा कमजोर परिवारका लागि त्यो प्रस्ताव केवल छात्रवृत्ति थिएन, भविष्य बदल्ने अवसर थियो । यसरी उनी यूकेजीदेखि पशुपति शिक्षा मन्दिर बोर्डिङ स्कुलमा अध्ययन गर्न थाले ।

विद्यालयमा उनी सदैव मेहनती र अनुशासित विद्यार्थीका रूपमा परिचित थिए । हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउँदै स्थान हासिल गर्नु उनका लागि सामान्य उपलब्धि बन्दै गयो । तर विद्यालय सकिएपछि अन्य साथीहरूजस्तै खेल्ने वा आराम गर्ने समय उनीसँग थिएन । घर फर्किएपछि उनी आमाबुबाको चिया पसलमा सक्रिय रूपमा सघाउने गर्थे । चिया बनाउने, ग्राहकलाई दिने, पसल सम्हाल्ने जस्ता काम उनको दैनिक जिम्मेवारी बनिसकेका थिए ।

पढाइसँगै जिम्मेवारीको अभ्यास
कक्षा ७ सम्म पशुपति शिक्षा मन्दिरमा अध्ययन गरेपछि उनले कक्षा ८ देखि एसएलसीसम्म मिनिल्यान्ड सेकेन्डरी स्कुलमा अध्ययन गरे । यसबीच उनकी आमा इन्दिरा देवी बल वीरगंज पब्लिक कलेज स्थापना भएपछि कार्यालय कर्मचारीका रूपमा कार्यरत थिइन् । त्यसले पछि उनलाई बीबीएस अध्ययनका क्रममा छात्रवृत्ति प्राप्त गर्ने अवसर दिलायो । तर पारिवारिक आर्थिक अवस्थाले पढाइ मात्र गरेर बस्ने सुविधा दिएको थिएन । त्यसैले कक्षा ८ बाटै विजय कुमार बलले घरघरमा गएर ट्युसन पढाउन सुरु गरे । यही समयदेखि उनले कम्प्युटर शिक्षा पनि लिन थाले ।

उनको दैनिक जीवन अत्यन्त व्यस्त थियो । बिहान सात बजे घरबाट निस्कने, कम्प्युटर कक्षा जाने, विद्यालय पुग्ने, घर फर्केर फेरि बेलुका ट्युसन पढाउन जाने र राति अबेरसम्म आफ्नै पढाइ गर्ने—यही जीवनशैली धेरै वर्षसम्म निरन्तर चलिरह्यो । यही अथक मेहनतको परिणामस्वरूप उनले वि.सं. २०६३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे ।

पढाइसँगै रोजगारीको यात्रा
एसएलसीपछि उनी वीरगंज पब्लिक कलेजमा प्लस टु अध्ययनका लागि भर्ना भए । त्यसपछि पनि ट्युसन पढाउने काम निरन्तर जारी रह्यो । बीबीएस पहिलो वर्षमा अध्ययनरत रहँदा उनले आफूले अध्ययन गरेको पशुपति शिक्षा मन्दिर बोर्डिङ स्कुलमै कम्प्युटर शिक्षकका रूपमा करिब एक वर्ष सेवा गर्ने अवसर प्राप्त गरे । त्यसपछि उनी कादम्बरी एकेडेमीमा करिब दुई वर्ष कम्प्युटर अपरेटरका रूपमा कार्यरत रहे ।

जागिर र ट्युसन सँगसँगै चलिरहेको थियो । त्यसपछि उनी बाराको छातापिप्रास्थित एक उत्पादन कम्पनीमा करिब चार वर्ष लेखापालका रूपमा कार्यरत भए । तर उनको सपना केवल जागिरमा सीमित थिएन । आफ्नै व्यवसाय गर्ने चाहना उनीभित्र सधैँ जीवित थियो ।

व्यवसायमा सफलता, त्यसपछि ठूलो झट्का
उनले वीरगंजको माइस्थानमा फेन्सी कपडा पसल सञ्चालन गरे । व्यवसाय विस्तार हुँदै गएपछि थप सम्भावना देखेर हेटौंडामा अर्को शाखा पनि संचालनमा ल्याए । तर कहिलेकाहीँ सफलताको यात्रामा असफलताले पनि ठूलो पाठ सिकाउँछ । हेटौंडा शाखाले अपेक्षाअनुसार व्यापार गर्न सकेन । घाटा बढ्दै गयो । आर्थिक दबाब बढ्दै जाँदा भविष्यका बारेमा नयाँ निर्णय लिनुपर्ने अवस्था सिर्जना भयो ।

विद्यालय संचालन गर्दा साथदिने साथीहरु बायाँतर्फ राहुल श्रीवास्तव एवं बीचमा सृजना श्रेष्ठ ।

यसैबीच वि.सं. २०७२ साल फागुन २४ गते उनको विवाह सुप्रिया पौडेलसँग भयो । वैवाहिक जीवन सुरु भएसँगै परिवारप्रतिको जिम्मेवारी अझ बढ्यो । नेपालको आर्थिक तथा व्यावसायिक अनिश्चितताबीच उनले अन्ततः विदेश जाने निर्णय गरे ।

जापानमा संघर्ष, सम्मान र उपलब्धि
साथीसँग जापानी भाषा परामर्श केन्द्र पुगेको एउटा दिन उनको जीवनको अर्को महत्वपूर्ण मोड बन्यो । त्यहाँका शिक्षकको प्रेरणाले उनले जापानी भाषा अध्ययन सुरु गरे । कडा मेहनतका कारण २१ जना विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थी बन्न सफल भए । त्यसपछि सन् २०१७ अप्रिलमा विद्यार्थीका रूपमा जापान पुगे । जापान जानुअघि वीरगंज पब्लिक कलेजबाट एमबीएसको अन्तिम परीक्षा दिन पाउनु उनका लागि विशेष उपलब्धि थियो ।

जापान पुगेपछि जीवन सहज थिएन । भाषा सिकाइ, नियमित अध्ययन, पार्टटाइम रोजगारी, महँगो जीवनशैली र नेपालबाट लिएको शैक्षिक ऋण यी सबै चुनौतीसँग उनले एकैसाथ सामना गरे । दुई वर्षको भाषा अध्ययन पूरा गर्दा उनी फेरि नेपाली विद्यार्थीमध्ये उत्कृष्ट घोषित भए र स्वर्ण पदक प्राप्त गरे । त्यसपछि उनले सूचना प्रविधि (आईटी) अध्ययन सुरु गरे । विद्यार्थी भिसाबाट वर्किङ भिसामा परिवर्तन गर्ने प्रक्रिया पनि निकै चुनौतीपूर्ण रह्यो । तर निरन्तर प्रयास र धैर्यका कारण त्यो लक्ष्य पनि पूरा भयो ।

विदेशको कमाइ, आफ्नै घरको सपना
वर्षौँको कठिन परिश्रमपछि केही बचत गर्न सफल भएका विजय कुमार बल सन् २०२२ को अक्टोबरमा नेपाल फर्किए । नेपाल फर्किएपछि उनले जीवनभरको एउटा सपना पूरा गरे, ‘वीरगंजमा आफ्नै घर निर्माण गरे’ । त्यसअघि उनको परिवार सधैँ भाडाको घरमा बस्दै आएका थिए । केही समयपछि उनलाई सिमराबाट जापानी भाषा प्रशिक्षकका रूपमा अध्यापन गर्ने अवसर प्राप्त भयो । उनले उक्त जिम्मेवारी पनि सफलतापूर्वक निर्वाह गरे ।

एउटा विश्वास, जसले नयाँ इतिहास लेख्यो
उनलाई जापान पठाउन प्रेरित गर्ने गुरुले पछि हेटौंडामा आफ्नै विद्यालय सञ्चालन गरे । वीरगंजमा शाखा विस्तार गर्ने योजना बनेपछि उनले विजय कुमार बललाई शाखा प्रमुखको जिम्मेवारी प्रस्ताव गरे । पछिल्लो चरणमा विभिन्न कारणले उनले वीरगंज शाखा आफैँ सञ्चालन नगर्ने निर्णय गरे । त्यसपछि उनले आफ्ना दुई साझेदारसँग मिलेर विद्यालय सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाले ।

अन्तर्राष्ट्रिय फ्रेन्चाइज प्रणालीको प्रिस्कुललाई वीरगंजमा स्थापित गर्नु सहज थिएन । नयाँ अवधारणाप्रति अभिभावकको विश्वास जित्नु, गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्नु र सक्षम टोली तयार गर्नु ठूलो चुनौती थियो । तर बाल्यकालदेखि सिकेको संघर्ष, आमाबुबाको त्याग र आफ्नो आत्मविश्वासलाई आधार बनाएर उनी अघि बढिरहे ।

आज ‘लिटिल बडी प्रि–स्कुल’ वीरगंजका विश्वासिला तथा उत्कृष्ट प्रिस्कुलहरूमध्ये स्थापित भइसकेको छ । विद्यालयमा १६ जना शिक्षकीय र ९ जना गैरशिक्षकीय कर्मचारी कार्यरत छन् । एक समय रोजगारीको खोजीमा विदेश पुगेका विजय कुमार बल आज आफ्नै देशमा अरूलाई रोजगारी सिर्जना गर्ने अवस्थामा पुगेका छन् । यही उपलब्धिलाई उनी आफ्नो जीवनको सबैभन्दा ठूलो सन्तुष्टि मान्छन् ।

विजय कुमार बल आफ्‌नो श्रीमतीसँगै दुईवटै छोराहरुको साथमा ।

शिक्षासँगै सामाजिक नेतृत्व
विद्यालय सञ्चालनसँगै उनी विभिन्न सामाजिक तथा शैक्षिक संस्थामा पनि सक्रिय छन् । उनी नेपाल इनोभेटिभ सोसाइटी, वीरगंजका सह–सचिव, प्याब्सन वीरगंजका कार्यसमिति सदस्य तथा उज्यालो पाना अनलाइनका सम्पादकका रूपमा जिम्मेवारी निर्वाह गरिरहेका छन् ।

पारिवारिक जीवनमा उनकी जीवनसाथी सुप्रिया पौडेल र दुई छोरा छन् । जेठो छोरा गौतम स्कुल, वीरगंजमा कक्षा ४ मा अध्ययनरत छन् भने कान्छो छोरा बाल्यावस्थामै छन् । पारिवारिक जिम्मेवारी र व्यावसायिक सफलतालाई समान रूपमा सन्तुलन गर्दै उनले आफ्नो यात्रा निरन्तर अघि बढाइरहेका छन् ।

संघर्ष कहिल्यै व्यर्थ हुँदैन
विजय कुमार बलको जीवनकथा केवल एउटा व्यक्तिको सफलताको कथा होइन । यो सामान्य परिवारमा जन्मिएका, सीमित स्रोतसाधनबीच ठूलो सपना देख्ने र कठिन परिस्थितिसँग हार नमानी निरन्तर अघि बढ्ने प्रत्येक युवाको प्रतिनिधि कथा हो । चिया पसलमा आमाबुबालाई सघाउने बालकदेखि अन्तर्राष्ट्रिय प्रिस्कुलका प्रधानाध्यापकसम्मको यात्रा सहज थिएन । त्यस यात्रामा अभाव थियो, जिम्मेवारी थियो, असफलता थियो, विदेशको कठोर संघर्ष थियो, तर ती सबैभन्दा माथि थियो अटल आत्मविश्वास, इमानदार परिश्रम र कहिल्यै हार नमान्ने दृढ इच्छाशक्ति ।

उनी आफ्नो सफलताको श्रेय विशेषगरी बुबा कृष्णबहादुर बल, आमा इन्दिरा देवी बल, जीवनसाथी सुप्रिया पौडेल, विद्यालयका साझेदार तथा प्याब्सन वीरगंजका अध्यक्ष राहुल श्रीवास्तव, दाजु भोला पराजुली र विद्यालयकी साझेदार श्रीजना श्रेष्ठलगायत आफूलाई साथ दिने सम्पूर्ण शुभेच्छुकलाई दिन्छन् । उनको जीवनले एउटा सन्देश दिन्छ ‘संघर्ष कहिल्यै व्यर्थ हुँदैन ।’ इमानदार मेहनत, धैर्य, सकारात्मक सोच र सही अवसरको सदुपयोग गर्न सक्ने व्यक्ति सामान्य परिवेशबाट उठेर पनि समाजका लागि प्रेरणा बन्न सक्छ । यही कारण विजय कुमार बलको यात्रा केवल व्यक्तिगत सफलताको इतिहास होइन, भविष्यका पुस्तालाई सपना देख्न, संघर्ष गर्न र आफ्नै देशमा सम्भावनाको नयाँ अध्याय लेख्न प्रेरित गर्ने जीवनदर्शन पनि हो ।

Tags: संघर्षको विद्यालयबाट सफलताको शिखरसम्म !
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि