Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

सार्वजनिक जग्गालाई हरियालीमा रूपान्तरण गर्दै वातावरण संरक्षण र दीर्घकालीन समृद्धितर्फ गाउँपालिकाको पहल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १३, २०८३
जगरनाथपुरमा ‘समृद्धिका लागि वन’ अभियान तीव्र, ७ बिघा ऐलानी जग्गामा १,५०० बिरुवा रोपियो

वीरगंज (पर्सा), १३ साउन । पर्साको जगरनाथपुर गाउँपालिकाले सार्वजनिक तथा ऐलानी पर्ती जग्गालाई हरियालीमा रूपान्तरण गर्ने अभियानलाई थप तीव्र बनाएको छ । वन तथा वातावरण संरक्षणमा उल्लेखनीय योगदान पुर्‍याएर मधेश प्रदेशबाट संघीय सरकारको सम्मान प्राप्त गरिसकेको गाउँपालिकाले ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत थप क्षेत्रमा वृक्षारोपण विस्तार गरेको हो ।

यस अभियानअन्तर्गत बुधबार वडा नम्बर ६ स्थित औराहाको ७ बिघा सार्वजनिक ऐलानी पर्ती जग्गामा एक हजार ५ सय बिरुवा रोपिएको छ । गाउँपालिकाका वन शाखा प्रमुख पप्पु यादवका अनुसार आँप, लिची, कटहर, जामुन, मेवा, मोहबनी, अम्बा, टीक र सिसौलगायत विभिन्न प्रजातिका बिरुवा रोपिएका छन् । रोपिएका बिरुवाको दीर्घकालीन संरक्षण सुनिश्चित गर्न सम्पूर्ण क्षेत्रलाई तारबारसमेत गरिएको उनले जानकारी दिए ।

वृक्षारोपण कार्यक्रम गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको उद्घाटन पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठ, नेकपा (एमाले)का नेता वीरेन्द्र यादव, गाउँपालिकाकी उपाध्यक्ष बबीता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सन्देश कुमार यादव, गादीमाई साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष सहरुम राउत गद्दी तथा वडाध्यक्षहरू नेपाली कुशवाहा, सुभाष यादव, अयोध्या पटेललगायतको सहभागिता रहेको थियो ।

गाउँपालिका अध्यक्ष यादवका अनुसार ‘समृद्धिका लागि वन’ परियोजनाअन्तर्गत यसअघि वडा नम्बर ४ को सोहपुर–सोहरीमा ६ बिघा, वडा नम्बर १ को पिडारी गुठ्ठीमा ७ बिघा तथा वडा नम्बर २ को दसौतामा १२ र १५ बिघा ऐलानी जग्गामा पनि सफलतापूर्वक वृक्षारोपण सम्पन्न भइसकेको छ ।

उनले आगामी एक साताभित्र वडा नम्बर २ कै लक्ष्मीपुरस्थित २० बिघा ऐलानी जग्गामा पनि वृक्षारोपण गरिने तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । सार्वजनिक तथा ऐलानी जग्गामा वृक्षारोपण विस्तारले जग्गाको संरक्षण, हरियाली प्रवद्र्धन, वातावरणीय सन्तुलन कायम गर्न तथा दीर्घकालीन रूपमा स्थानीय समृद्धि अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास अध्यक्ष यादवले व्यक्त गरे ।

Tags: जगरनाथपुर गाउँपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

‘एउटा रुख काट्दा कम्तीमा १० वटा रुख रोपौँ’ : वनमन्त्री चौधरी

साउन २४, २०८३
पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

पर्सा-बारामा एलपी ग्यासको हाहाकार, घण्टौँ लाइनमा बस्न बाध्य उपभोक्ता

साउन २४, २०८३
राजकुमार हत्या प्रकरण : बीरगंजमा हत्या गरिएको राजकुमारको शव भारतको भागलपुर स्टेशनमा फेला

चोरीको सुन खरिद गरेको आरोपमा मुना भाई ज्वेलर्सका संचालक सर्राफ पक्राउ

साउन २४, २०८३
यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

यस वर्षको सुबोध स्मृति पत्रकारिता पुरस्कार महेशचन्द्र गौतमलाई प्रदान गरिने

साउन २४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि