Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

किस्ताबन्दीको नाममा करोडौँ उठाएर बेपत्ता ? संचालकविरुद्ध सामूहिक उजुरी

असार २३ गते दर्ता गरिएको उजुरीमा वीरगंजका सोनालाल पटेल, रामजी साह कलवार र जितेन्द्र पाण्डेसहितका पीडितहरूले संस्थाका सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ, विष्णु काफ्ले र ऋषिकान्त गुप्तालाई विपक्षी बनाएका छन् । पीडितहरूका अनुसार करिब तीन वर्षअघि सञ्चालनमा आएको संस्थाले किस्ताबन्दी योजनाअन्तर्गत प्रत्येक सदस्यबाट ३१ हजार ७२५ रुपैयाँका दरले रकम उठाएको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
किस्ताबन्दीको नाममा करोडौँ उठाएर बेपत्ता ? संचालकविरुद्ध सामूहिक उजुरी

वीरगंज (पर्सा), २५ असार । किस्ताबन्दीमा घरायसी तथा विद्युतीय सामग्री उपलब्ध गराउने आश्वासन दिएर सर्वसाधारणबाट करोडौँ रुपैयाँ संकलन गरेको आरोपमा ‘अल्ट्रा अभियान डिजिटल वर्ल्ड’ का सञ्चालकविरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दर्ता भएको छ । सेवाग्राही तथा बजार प्रतिनिधिहरूले आफूहरू आर्थिक रूपमा ठगिएको दाबी गर्दै दोषीमाथि कानुनी कारबाही र रकम फिर्ताको माग गरेका छन् ।

असार २३ गते दर्ता गरिएको उजुरीमा वीरगंजका सोनालाल पटेल, रामजी साह कलवार र जितेन्द्र पाण्डेसहितका पीडितहरूले संस्थाका सञ्चालक दीपेश बर्नवाल, सुशील सर्राफ, विष्णु काफ्ले र ऋषिकान्त गुप्तालाई विपक्षी बनाएका छन् । पीडितहरूका अनुसार करिब तीन वर्षअघि सञ्चालनमा आएको संस्थाले किस्ताबन्दी योजनाअन्तर्गत प्रत्येक सदस्यबाट ३१ हजार ७२५ रुपैयाँका दरले रकम उठाएको थियो । प्रारम्भिक चरणमा केही सदस्यलाई १२ देखि १५ हजार रुपैयाँ बराबरका विद्युतीय तथा घरायसी सामग्री उपलब्ध गराइएपनि अधिकांश सदस्यले भने अहिलेसम्म कुनै सामान प्राप्त गर्न नसकेको गुनासो गरेका छन् ।

उजुरीमा उल्लेख भएअनुसार सञ्चालकमध्ये दीपेश बर्नवाल, सुशील सर्राफ र विष्णु काफ्ले लामो समयदेखि सम्पर्कविहीन रहेको आरोप छ । अर्का साझेदार ऋषिकान्त गुप्ता वीरगंजमै रहेपनि पीडितहरूको समस्या समाधान गर्न वा बाँकी सामान उपलब्ध गराउनेतर्फ कुनै पहल नगरेको आरोप लगाइएको छ । साथै संस्थाका लेखापाल तथा सञ्चालक दीपेश बर्नवालका छोरा योगेश बर्नवालको भूमिकामाथि पनि प्रश्न उठाउँदै उनको नामसमेत उजुरीमा समावेश गरिएको एक बजार प्रतिनिधिले बताएका छन् ।

पीडितहरूको भनाइमा संस्थाभित्र सञ्चालकहरूबीच उत्पन्न भएको विवाद, आर्थिक अपारदर्शिता तथा व्यवस्थापनको कमजोरीका कारण सेवा नै प्रभावित भएको हो । हजारौँ सदस्यबाट रकम संकलन गरिएपनि संस्थाले गरेको प्रतिबद्धताअनुसार सामान वितरण नगर्दा सर्वसाधारण प्रत्यक्ष रूपमा मर्कामा परेको उनीहरूको आरोप छ ।

संस्थासँग आबद्ध बजार प्रतिनिधिहरूले पनि आफूहरू दोहोरो मारमा परेको बताएका छन् । संस्थाको विश्वासमा परेर सदस्य बनाएका सेवाग्राहीलाई अहिले सामान उपलब्ध गराउन नसक्दा उनीहरूले गालीगलौज, धम्की र मानसिक तनाव सहनुपरेको गुनासो गरेका छन् । आफूहरूले संकलन गरेको रकमको हिसाबकिताब तथा वितरण हुनुपर्ने सामानको विवरणसमेत नपाएको उनीहरूको दाबी छ ।

पीडित सेवाग्राही र बजार प्रतिनिधिहरूले आफूहरूबाट उठाइएको रकम फिर्ता गराउन, घटनाको निष्पक्ष छानबिन गर्न तथा संलग्न व्यक्तिमाथि प्रचलित कानुनअनुसार कडा कारबाही गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा सामूहिक उजुरी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्राप्त उजुरीमाथि आवश्यक अनुसन्धान प्रक्रिया सुरु भएको जनाएको छ । प्रशासनका अनुसार घटनाको वास्तविक अवस्था, पीडितको संख्या तथा आर्थिक क्षतिको यकिन विवरण अनुसन्धानपछि मात्रै सार्वजनिक गरिनेछ । अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने प्रशासनको भनाइ छ ।

Tags: अल्ट्रा अभियान डिजिटल वर्ल्ड
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

ब्राउन सुगरजस्तो पदार्थ र गाँजासहित दुईजना पक्राउ

अशोज २६, २०८३
बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

बजेट पारित भएपनि खाता बन्दः तलबदेखि सामाजिक सुरक्षा भत्तासम्म प्रभावित हुने जोखिम

अशोज २६, २०८३
दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

दुई किस्ता तिर्न नसक्दा अढाई कठ्ठा जग्गा लिलामः एनआईसी एसिया बैंकविरुद्ध महिलाहरूको धर्ना

अशोज २६, २०८३
विद्युत प्राद्यिकरण सप्तरीका प्रमुखविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर

सामाजिक सुरक्षा भत्ता अनियमितता प्रकरणः विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा

अशोज २६, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि