Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हतियारधारी समूहद्वारा मोबाइल व्यवसायीमाथि गोली प्रहार गरि लुटपाटको प्रयास

लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि राति करिब ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २५, २०८३
बारा प्रहरीलाई चुनौति दिदै कलैया बजारमा दिनदहाडै गोली हानी युवकको हत्या

लालबन्दी (सर्लाही), २५ असार । सर्लाहीको लालबन्दीमा हतियारधारी समूहले मोबाइल व्यवसायीमाथि लुटपाट गर्ने प्रयासका क्रममा गोली प्रहार भएको छ । बुधबार राति लालबन्दी नगरपालिका–७ र ९ को सीमाक्षेत्रमा पर्ने आइडियल स्कुल नजिकैको एकान्त स्थानमा अज्ञात समूहले मोबाइल पसल सञ्चालकमाथि आक्रमण गरेको हो ।

लालबन्दी नगरपालिका–७ स्थित बजारमा मोबाइल पसल सञ्चालन गर्दै आएका लालबन्दी–९ बस्तीपुरका हरिप्रसाद सापकोटामाथि राति करिब ८ बजेपछि लुटपाटको प्रयास भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रसाद गौतमका अनुसार पसल बन्द गरेर साथीको साथमा मोटरसाइकलमा घर फर्कने क्रममा अर्को मोटरसाइकलमा आएका अपरिचित व्यक्तिले सापकोटालाई रोकेर लुटपाट गर्न खोजेका थिए ।

सो क्रममा सामान्य झडप भएपछि लुटेरा समूहका हतियार बोकेका व्यक्तिले कटुवा पेस्तोलबाट गोली चलाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले पड्किसकेका गोलीका दुईवटा खोका बरामद गरेको छ । गोली प्रहार भएपनि सापकोटा र उनीसँगै मोटरसाइकलमा रहेका व्यक्ति दुवै सुरक्षित रहेको डीएसपी गौतमले जानकारी दिए । घटनामा संलग्न व्यक्तिको पहिचान र खोजीका लागि प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट डीएसपीको नेतृत्वमा प्रहरी टोली लालबन्दी पुगेको थियो । प्रहरीले राति अबेरसम्म खोजी अभियान सञ्चालन गरेपनि संलग्न व्यक्तिहरू पक्राउ पर्न सकेका छैनन् । मोबाइल व्यवसायीमाथि भएको गोली प्रहारको घटनापछि लालबन्दी क्षेत्रका व्यवसायी र स्थानीयवासीमा सुरक्षा चिन्ता बढेको छ । लालबन्दी नगरपालिका–९ का वडा सदस्य विनोद तिमल्सिनाले घटनाले स्थानीयमा असुरक्षाको भावना बढाएको बताए ।

Tags: व्यवसायीमाथि लुटपाटको प्रयास
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

अदालतमा नपुग्दै नाबालकको बयान सामाजिक सञ्जालमा छ्यापछ्याप्तीः अनुसन्धान कि तमासा ?

गरिमा हत्या प्रकरणः प्रहरीको कमजोरी छानविनका लागि समिति गठन

भदौ ९, २०८३
वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

वीचिकालिको सम्भाव्यता अध्ययन गर्न गठित कार्यदलद्वारा कारखानाको निरीक्षण

भदौ ९, २०८३
पम्प जडान गर्ने क्रममा मिस्त्रीको मृत्यु

खोला किनारमा ५० वर्षीय महिलाको शव फेला

भदौ ९, २०८३
पर्सामा करेन्ट लागेर दुईको मृत्यु

मृत अवस्थामा फेला परेको युवकको ट्याक्टरले किचेर मृत्यु भएको पुष्टि

भदौ ९, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि