Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ठोरी र भिस्वा नाकाबाट भारतीय सवारीसाधन प्रवेश सुचारु

ठोरी स्थीत अमृत छोटी भन्सारबाट भारतीय सवारी नेपाल प्रवेश मंगलबार देखि नै सुरु भएको हो भने भिस्वा नाकाबाट बुधवार देखि मात्रै सुचारु भएको हो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २४, २०८३
ठोरी र भिस्वा नाकाबाट भारतीय सवारीसाधन प्रवेश सुचारु

वीरगंज (पर्सा), २४ असार । पर्साको ठोरी र भिस्वा नाकाबाट भारतीय नम्बर प्लेटका सवारीसाधन नेपाल प्रवेश सुचारु भएको छ । ठोरी स्थीत अमृत छोटी भन्सारबाट भारतीय सवारी नेपाल प्रवेश मंगलबार देखि नै सुरु भएको हो भने भिस्वा नाकाबाट बुधवार देखि मात्रै सुचारु भएको हो । यस अघि बन्द रहेको दुवै छोटी भन्सार कार्यालयमा वीरगंज भन्सार कार्यालयले कर्मचारी पठाएर सञ्चालनमा ल्याएको हो ।

दुवै छोटी भन्सार कार्यालयलाई भारतीय सवारीको भन्सार अनुमति दिइएको वीरगंज भंसार कार्यालयले जनाएको छ । भारतबाट नेपाल प्रवेश गर्ने भारतीय सवारीले रात नविताई फर्कने हो भने शुल्क तिर्नु पर्दैन । शुल्क तिर्न नपरे पनि भंसार पुर्जी लिनुपर्ने व्यवस्था छ । नेपाली सवारी भारत प्रवेश गर्दा भने सिमा नजिकको भारतीय बजार, रेल्वे स्टेशन पुग्न वा रात नविताई फर्कनकालागि भारतीय भन्सार पास लिनु नपर्ने व्यवस्था रहिआएको वीरगंज स्थित भारतीय महाबाणिज्य दुतावासले जनाएको छ ।

यस अघि निर्वाध रुपमा नेपाल सीमावर्ती क्षेत्रमा भारतीय सवारी साधन प्रवेश गरि रहेको भएता पनि असार १९ गते शुक्रबारदेखि सशस्त्र सीमा सुरक्षा बलले भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश बन्द गराएको थियो । यसपछि स्थानीय व्यवसायी तथा सर्वसाधारण आन्दोलित भएका थिए । प्रतिनिधिसभाको बैठकमा पर्सा क्षेत्र नं ४ का सांसद टेकबहादुर शाक्यले ठोरी तथा भिस्वा–जानकीटोलाबाट भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेशमा लगाइएको रोकप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए ।

ठोरीका पर्यटन व्यवसायीको टोलीले जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्रसमेत बुझाएको थियो भने भिस्वाका स्थानीय बासिन्दाले नाकामा धर्ना बसी आन्दोलन सुरु गरेको थिए । सो पछि भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश सहजीकरण गर्ने विषयमा सकारात्मक सहमति भएको हो । भन्सार कार्यालयका प्रतिनिधिका अनुसार भारतीय नम्बर प्लेटका सवारीसाधनले ठोरी र भिस्वा छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएपछि नेपाल तर्फका तथा आसपासका पर्यटकीय स्थलहरूको भ्रमण गर्न सक्नेछन् ।

Tags: ठोरी र भिस्वा नाका खुला
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि