Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अवैध रुपमा नेपाल प्रवेश गर्न खोजेका बंगलादेशी नागरिक पक्राउ

मंगलबार राति नियमित गस्ती तथा सघन जाँच अभियानका क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि एसएसबीले रोकेर कागजात जाँच गरेको थियो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार २४, २०८३
अवैध रुपमा नेपाल प्रवेश गर्न खोजेका बंगलादेशी नागरिक पक्राउ

वीरगंज (पर्सा), २४ असार । भारत–नेपाल सीमा क्षेत्रअन्तर्गत रक्सौलस्थित इन्डो–नेपाल मैत्री पुलबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोजिरहेका एक बंगलादेशी नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । मंगलबार राति नियमित गस्ती तथा सघन जाँच अभियानका क्रममा ती व्यक्तिको गतिविधि शंकास्पद देखिएपछि एसएसबीले रोकेर कागजात जाँच गरेको थियो ।

जाँचका क्रममा उनीसँग बंगलादेशको राहदानी फेला परेपछि उनी बंगलादेशी नागरिक भएको पुष्टि भएको सुरक्षा स्रोतले जनाएको छ । पक्राउ पर्ने व्यक्ति २७ वर्षीय एमडी शियाम हुसेन रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । उनी बंगलादेशको मुन्सीगञ्ज जिल्ला निवासी रहेको उनको राहदानीबाट खुलेको छ । एसएसबीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा उनले आफ्नो वास्तविक परिचय लुकाउने प्रयास गर्दै हिन्दु नाम बताएको पाइएको छ । उनीसँग भारत प्रवेशका लागि आवश्यक भिसा वा अन्य वैध कागजात नभएको पनि सुरक्षा निकायले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनी यसअघि पनि भारत–नेपाल सीमा क्षेत्रमा आवतजावत गरेको हुन सक्ने आशंका गरिएको छ । यद्यपि, त्यसको आधिकारिक पुष्टि भइसकेको छैन । सुरक्षा निकायले उनको मोबाइल फोन, यात्रा मार्ग, नेपालमा सम्भावित बसाइ, भारतमा रहेका सम्पर्क तथा नेपाल प्रवेशको उद्देश्यबारे विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ । आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि एसएसबीले उनलाई हरैया थाना प्रहरीको जिम्मा लगाएको छ ।

प्रहरीले उनी वैध अनुमति बिना भारतमा कसरी बसिरहेका थिए, नेपाल प्रवेशको उद्देश्य के थियो र यस घटनामा कुनै संगठित नेटवर्कको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान अघि बढाएको छ । हरैया थाना प्रमुख किशन कुमारका अनुसार पक्राउ परेका व्यक्तिमाथि गहन सोधपुछ तथा आवश्यक कानुनी प्रक्रिया जारी छ । हालका दिनहरूमा भारत–नेपाल सीमाबाट अवैध प्रवेशका घटनाहरू बढ्न थालेपछि एसएसबीले सीमा क्षेत्रमा निगरानी, गस्ती तथा कागजात जाँचलाई थप कडाइ गरेको जनाएको छ ।

Tags: बंगलादेशी नागरिक पक्राउ
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

सिरहामा डकैतीसहित विभिन्न मुद्दाका फरार अभियुक्त पक्राउ

अशोज १२, २०८३
प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

प्रमुख प्रशासकीय अधिकृत नआएपछि नगरप्रमुखले नगरपालिका र वडा कार्यालयमा लगाए ताला

अशोज १२, २०८३
दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

दुई सय घर निर्माणको लक्ष्यसहित ‘वास्तु विहार’ परियोजना निर्माण कार्य तीब्र

अशोज १२, २०८३
जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

जागिरको प्रलोभनमा ‘जब सेन्टर’को ठगी धन्दाः युवाहरुसँग शुल्क असुल्दै ‘गोलचक्कर’ घुमाइँदै

अशोज १२, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि